स्त्रीले सुधार्नु पर्ने पाँच स्वभाब



 

राम्रो स्वभाव भएका स्त्री भयो भने पतिको जिबन एकदम राम्रो हुन्छ । अनि त्यसै गरि राम्रो स्वभाव भएको पति भयो भने पनि स्त्रीको जिबन स्वोर्गीय हुन्छ । तर यी दुइ जना मध्ये एकजना नराम्रो भयो भने दुबैको जिबन नर्ग समान हुन्छ ।

 

कतिपय मानिसहरुको स्वभाव यस्तो हुन्छ, जसले एक अर्काको जीवन नर्क बनाउँछ । हामीले महिलाहरुमा पाइने ५ नराम्रा स्वभावबारे जानकारी गराउँदैछौँ, त्येसो त पुरुषहरु चाही सबै राम्रा हुन्छन भन्ने होइनन् । पुरुषका कारण पनि सम्बन्धमा धेरै समस्या आउन सक्छन् । यहाँ स्त्रीहरुको ५ स्वभावको बारेमा उल्लेख गरिएको छ ।

 

१. पतिलाई आफ्नो मात्रै ठान्ने-

पति आफ्नो मात्रै हो वा उसको अरुसँग कुनै सम्बन्ध छैन भन्ने महिलाले हरेक पुरुषको जीवनलाई संकटमा पारिरहेका हुन्छन् । यस प्रकारको स्वार्थी सोंच राख्ने महिलाले पुरुषको सार्वजनिक जीवन ध्वस्त पारिदिन्छन् । फलस्वरुपः हरेक पुरुष आफ्ना बाबु आमा, इष्टमित्र, साथीभाई तथा सहकर्मीबाट टाढा हुन बाध्य हुन्छन‍् ।

 

२. नमिठो वचन बोल्ने-

वचनको वाण निकै घातक हुने गर्दछ । चर्को र कर्कस स्वरले सम्बन्धमा दरार पैदा गर्न भूमिका खेलिरहेको हुन्छ । जीवनका हरेक पलहरु निकै आघातपूर्ण हुने गर्दछन् । तर यसको ठीक विपरित, मीठो र भद्र वचन बोल्ने महिला जीवनसाथी बनेमा एउटा पुरुषको जीवन अमृतमय बन्छ ।

 

३. मनि माइन्डेड अर्थात पैसालाई मात्र महत्व दिने-

आफ्नो श्रीमानले सधैं पैसा मात्रै कमाओस् भन्ने सोंच भएका महिलाहरुले हरेक पुरुषलाई पैसा कमाउने मेशिनबाहेक अरु केही ठान्दैनन् । दाम्पत्य जीवनमा पैसाले प्रेम, समर्पण र बफादारिताको ठाँउ लिएपछि आत्मीयता भन्ने कुरा हराउछ। पैसाप्रति मात्रै आशक्ति राख्ने आफ्नो पतिको मात्रै होइन आफ्नै जीवन पनि निकै निरस बनाउँछन् ।

 

४.कचकचे र रुञ्चे-

सामान्य कुरामा पनि किचकिच गर्ने र रुञ्चे स्वभावका महिलाले पनि पुरुषको जीवनलाई नराम्रो असर पारिरहेका हुन्छन् । दिनहुँको गनगन कचकच र गुनासोले पुरुषको मनोबल गिर्दै जान्छ । यस प्रकारको स्वभाव भएका महिलाले पुरुषलाई हौसला दिनुको साटो उसको जीवनलाई निराश र कुण्ठाग्रस्त बनाउँछन् ।

 

५. हस्तक्षेपकारी स्वभाव-

कुनै-कुनै महिलाले पुरुषले गरेका हरेक काममा हस्तक्षेप गर्न मन पराउँछन् । यसरी हस्तक्षेप गर्दा आफूले जितेको महसुस गर्दछन् । तर यस्तो कार्यले पुरुषको जीवनको स्वतन्त्रता तथा निजत्व समाप्त हुन्छ भन्ने उनीहरुलाई अलिकति पनि ख्याल हुदैन । अनि स्वतन्त्रताविनाको जीवन निरस हुने नै भयो ।

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको