मोरङका एक अपाङ्ग वृद्ध दम्पति यसरी चलिरहेको छ जिन्दगि ! (भिडियो)



हाम्रो इकोनोमि

 

“तिमी भयौ बुढि पिपल म त बुढु वर, जिन्दगीको चौतारीमा एक अर्काको भर“ गायक शिशिर योगीको गितले भने जस्तै मोरङको उर्लाबारी नगरपालिका ७ का एक जोडीको अवस्था यस्तै रहेको छ ।

२ छोरा र एक छोरीका धनी ८९ बर्षका कमल श्रेष्ठ यतिखेर श्रीमतीको साहरामा दिन काट्दै आएका छन ।

श्रीमती साईली जन्मजात लाटी छन श्रीमान कमलको दुबै हात खुट्टा चल्दैन ।

श्रीमतीले दिन भरि मागेर ल्याएर श्रिमानलाई खुवाउने गरेकी छन ।

लाटी श्रीमतीको साहारामा बाच्नु परे पनि उनिहरुको माया प्रेम भने निकै गाढा भएको देखिन्छ ।

उनिहरुकोमा पुग्ने जो कोहिको पनि त्यो अवस्था देख्दा आँखा रसाउने गरेको छ ।

अर्काको जमिनमा भएको खालि जग्गामा बस्दै आएका वृद्ध दाम्पतीलाई नजिकै रहेको अनार्थ आश्रमले सहयोग गर्दै आएको कमल बताउछन ।

आश्रम र छिमेकीले दिएको र श्रीमतीले मागेर ल्याएकोले जेनतेन गुजरा चलेको उनी बताउछन ।

 

पाहाडमा १४ बर्षको उमेरमा बाख्रालाई घाँस झार्न रुखमा चढ्दा लडेर शरिरको एक पाडो चल्न छोडेको कमलका २ श्रीमती थिए ।

३ सन्तान जन्मिए पछि श्रीमतीको मृत्यू भए पछी मधेश झरेर कान्छी बिबाह गरेको उनी बताउछन ।

२५ बर्ष अघि देखि दुबै हात खुट्टा चल्न छोडे पछी उनिले बाहिरी संसार देख्न पाएका छैन्न ।

हाल कान्छी लाटि श्रीमती संग बस्दै आएका कमलको कान्छी पटि भने छोरा छोरी छैन्न ।

बेसाहारा वृद्ध दम्पती सन्तान नभए पनि उनिहरुमा माया र प्रेम अथा छ । मिठो मसिनो खान लाउन नपाए पनि संगै मर्न पाए हुने भन्ने कमलको अन्तिम ईच्छा रहेको छ ।

 

https://www.youtube.com/watch?v=wMcyrPH-0lY

प्रतिक्रिया दिनुहोस
क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...

तर्साएर तर्सिन्नँ, फकाएर फकिन्नँ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन...