जनयुद्धका नेता यसरी बने राणा परिवारका सम्धी !



हाम्रो इकोनोमि

 

नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’को नाता सम्बन्ध अब नेपालको कुलीन घराना मानिने राणा परिवारसँग गाँसिएको छ । उनकी छोरी कविता शर्माले चितवनका आलोकप्रताप राणासँग बिहे गरेपछि प्रभाकर अब राणा परिवारका सम्धी बनेका छन् ।

 

कविता र आलोकले दुवै अमेरिकामा बिहे गरेका छन् । बिहेमा दुवै परिवारका अभिभावक सहभागी भए । जनार्दन नेकपाको स्थायी कमिटीको बैठक छाडेर छोरीको बिहेमा सहभागी हुन अमेरिका पुगेका छन् ।

 

कविता-आलोक सम्बन्ध

कविता र आलोकको चिनजान कलेज पढ्दादेखि नै थियो । उनीहरुले ललितपुरको क्यारेबियन कलेजमा सँगै पढेका थिए । तर, पछि आलोक सातदोबाटोस्थित काठमाडौं विश्वविद्यालयको कलेजमा एमबीए पढ्न थाले । यसबीचमा कविताले एमबीबीएस पढ्ने भनेर त्यसको तयारी गर्न थालिन् । तर, सफल भइनन् ।

 

यसबाट कविताको एक वर्ष ‘लस’ भयो, जसले गर्दा सँगसँगैका सहपाठी कविताभन्दा आलोक एक वर्ष सिनियर हुन पुगे ।

 

राणा परिवारका निकट एक सदस्यले अनलाइनखबरसँग भने, ‘सिनियर-जुनियर जस्तो बनाउने काम दुवैका अभिभावकको योजनाअनुसार नै भएको हो । बिहे गर्दा केटीभन्दा केटो जेठो हुनुपर्ने नेपाली समाजका कतिपय व्यक्तिको सोचअनुसार यो काम भएको छ ।’

त्यसपछि आलोक अमेरिकामा पढ्न भनेर टेक्सास गए । कविता पनि उतै लागिन् ।

 

कलेज पढ्दादेखि नै कविता र आलोकको प्रेम सम्बन्ध थियो । यो कुरा दुवैका अभिभावकलाई थाहा थियो । उनीहरु एकअर्काको घरमा आउने-जाने गरिरहन्थे । ‘जनार्दन राजनीतिका खेलाडी र आलोकका बुवा व्यापारी भएकाले उनीहरुबीच एकखालको सम्बन्ध त थियो, तर यो सम्बन्ध कविता र आलोकका कारण झन् गाढा हुँदै गयो,’ पारिवारिक स्रोतले भन्यो ।

 

आलोक र जनार्दनको नामबाट जन्मियो ‘एजे इन्टरनेशनल’

कविता र आलोक प्रेम सम्बन्धमा रमाइरहेका थिए । यो सम्बन्धमा अझ बढी रौनकता त त्यतिबेला थपियो, जतिबेला आलोक र जनार्दनको नामबाट एक कम्पनी खडा भयो ।

 

आलोकको अंग्रेजी नामको अगाडिको अक्षर ‘ए’ र जनार्दनको अगाडिको अक्षर ‘जे’लाई आपसमा जोडेर उनीहरुले एजे इन्टरनेशनल प्रालि नामक इभेन्ट म्यानेजमेन्ट कम्पनी खोले । यसको नामबाट दशैं, होलीलगायतका चाडमा सांगीतिक कार्यक्रमहरु आयोजना गरियो ।

 

इभेन्ट म्यानेजमेन्ट कम्पनी खुलेन मात्र, जनार्दन शर्माकी छोरी कविताले म्युजिक भिडियोमा मोडलिङसमेत गरिन् । तर, म्युजिक भिडियोमा खेल्न थालेपछि उनले आफ्नो वास्तविक नाम ‘कविता’लाई बदलेर ‘काव्यता’ राखिन् ।

अहिलेको उनको नाम फेसबुकमा पनि ‘काव्यता’ नै छ ।उनले अभिनय गरेको ‘कसरी बुझाउँ यो मन…’ बोलको म्युजिक भिडियो युट्युबमा हेर्न सकिन्छ ।

 

कविता र आलोक अमेरिका गएपछि एजे इन्टरनेशनल अहिले निष्कृय जस्तै छ । उनीहरुले अमेरिकामा एमबीए पूरा गरेका छन् । र त्यसको प्रमाणस्वरुप दीक्षित भएको तस्वीर फेसबुकमा सार्वजनिक गरेका छन् ।

 

टेक्सासमा उनीहरु सँगै बस्छन् । आलोक दौरा सुरुवालमा र कविता सारीमा सजिएको फोटो कविताले फेसबुकमा राखेकी छन् ।

त्यसो त उनले डान्सबारमा आलोकसँगै नाचेको, सन् २०१६ मा सँगै होली खेलेको र नायिका वर्षा राउतसँग जन्मदिन मनाएका फोटोहरु पनि सेयर गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...