बिग बासमा चम्किँदै सन्दीप, दोस्रो खेलमा लिए ३ विकेट



हाम्रो इकोनोमि

अष्ट्रेलियाको चर्चित टी-ट्वान्टी क्रिकेट प्रतियोगिता बिग बास लिग अन्तर्गत आफ्नो दोस्रो खेलमा सन्दीप लामिछानेले ३ विकेट हात पारेका छन् ।

 

होबर्ट हुरिकेन्सविरुद्धको खेलमा सन्दीपले कप्तान म्याथु वेडसहित ३ ब्याट्सम्यानलाई पेबेलियनको बाटो देखाएका हुन् । ४ ओभर बलिङ गर्ने क्रममा सन्दीपले २४ रन खर्चिए ।

 

आफ्नो पहिलो ओभरमा एलेक्स डूलनको विकेट लिएका सन्दीपले तेस्रो ओभरमा कप्तान म्याथु वेडलाई आउट गरे । अर्धशतकीय पारी खेलेका वेडलाई सन्दीपले अर्का स्पीनर एडम जम्पाको हातबाट क्याच गराएका हुन् ।

 

आफ्नो स्पेलको अन्तिम ओभरको पहिलो बलमा बेन मकडर्मोटलाई एलबीडब्लू धरापमा पार्दै सन्दीपले समग्र प्रतियोगितामा पाचौं विकेट हात पारे ।

 

यसअघि सिड्नी थण्डरसँगको पहिलो खेलमा सन्दीपले २ विकेट लिएका थिए । उक्त खेलमा सन्दीपको टीम मेलबर्न स्टार्स पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...