बिग बासमा चम्किँदै सन्दीप, दोस्रो खेलमा लिए ३ विकेट



हाम्रो इकोनोमि

अष्ट्रेलियाको चर्चित टी-ट्वान्टी क्रिकेट प्रतियोगिता बिग बास लिग अन्तर्गत आफ्नो दोस्रो खेलमा सन्दीप लामिछानेले ३ विकेट हात पारेका छन् ।

 

होबर्ट हुरिकेन्सविरुद्धको खेलमा सन्दीपले कप्तान म्याथु वेडसहित ३ ब्याट्सम्यानलाई पेबेलियनको बाटो देखाएका हुन् । ४ ओभर बलिङ गर्ने क्रममा सन्दीपले २४ रन खर्चिए ।

 

आफ्नो पहिलो ओभरमा एलेक्स डूलनको विकेट लिएका सन्दीपले तेस्रो ओभरमा कप्तान म्याथु वेडलाई आउट गरे । अर्धशतकीय पारी खेलेका वेडलाई सन्दीपले अर्का स्पीनर एडम जम्पाको हातबाट क्याच गराएका हुन् ।

 

आफ्नो स्पेलको अन्तिम ओभरको पहिलो बलमा बेन मकडर्मोटलाई एलबीडब्लू धरापमा पार्दै सन्दीपले समग्र प्रतियोगितामा पाचौं विकेट हात पारे ।

 

यसअघि सिड्नी थण्डरसँगको पहिलो खेलमा सन्दीपले २ विकेट लिएका थिए । उक्त खेलमा सन्दीपको टीम मेलबर्न स्टार्स पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...