मण्डलामा समलिंगी ‘साथीको कथा’



हाम्रो इकोनोमि

 

मण्डला थिएटरमा ‘साथीको कथा’ नामक नाटक मञ्चन भइरहेको छ ।

समलंैगिकताको विषयमा केन्द्रित नाटक पुस ६ गते शुक्रबारबाट मञ्चन सुरु भएको छ । यो नाटक मण्डलामा पुस २२ गतेसम्म मञ्चन हुनेछ ।

भारतीय नाटककार विजय तेन्दुलकरको मित्राची गोष्टको नेपाली अनुवाद नाटकले समलिगीं किशोरीले आफ्नो प्रेम प्राप्त गर्न भोग्नु परेको कष्ट चित्रण गरेको छ ।

नाटककी मुख्य पात्र सुमित्राले प्रेम गर्ने युवती नमाको पुरुष प्रेमिले उनीहरु दुईको प्रेममा सिर्जना गर्ने व्यवधानको माध्यमबाट नाटकले सामाजिक यथार्थ चित्रण गर्ने प्रयास गरेको छ ।

यस बाहेक सुमिलाई एकोहोरो प्रेम गरिरहेको पाण्डुले सुमि समलिंगी हो भन्ने थाह पाएपछिको कारुणीक अवस्था नाटकमा देखाइएको छ ।

नेपाली समाजमा अझै पनि धेरैजसो यौनिक अलपसंख्यक समुदायले समाजबाट बहिष्कृत हुने गरेको छ । यहि तथ्य उजागर गर्दै नाटकले यौनिक अल्पसंख्यकले सामाजिक बहिष्कार सहनुपर्दाको अवस्थालाई पनि सुमीको माध्यमबाट प्रस्तुत गरेको छ ।

रेनुका कार्कीको परिकल्पना तथा निर्देशन रहेको नाटक सागर चन्दले अनुवाद गरेका हुन् ।

नाटकमा आयुष्मान प्याकुरेल, अनिल सुब्बा, सूर्यमान लिम्बु, शारदा अधिकारी र सुस्मा निरौला लगायत कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...