गगनको भने : गिरिजाले बढाएको ढुकुटीबाट मनमोहनले वृद्धभत्ता बाँडे



 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले इतिहासकै बलियो केपी ओली नेतृत्वको सरकार बरालिएको बताएका छन् । बलियो सरकारले युवालाई आफ्नै मुलुकमै रोजगार सिर्जन गरी समृद्ध बनाउनतर्फ लाग्नुपर्नेमा उनले जोड दिए ।

 

चापाकोट उद्योग वाणिज्य संघद्वारा आयोजित प्रथम चापाकोट महोत्सवको आइतवार स्याङ्जाको चापाकोट नगरपालिकामा समापन गर्दै नेता थापाले ओली नेतृत्वको बलियो सरकार बरालिँदा मुलुकले गति लिन नसकेको बताए ।

 

‘कमजोर सरकार बरालिँदा खासै प्रभाव पार्दैन । बलियो सरकार बरालिदा विकास लगायतका नीतिगत निर्माण कार्य जनस्तरसम्म प्रभावित हुन्छ,’ उनले भने, ‘दुईतिहाइको बहुमत छ, तपाईँको सरकारलाई कसैले हल्लाउन सक्दैन । प्रतिपक्षको अवरोध कतै छैन । यति राम्रो वातावरण पाउँदा पनि काम गर्न नसक्नु तपाईंको असक्षमता हो ।’

 

बहुदल प्राप्तिसँगै १२ अर्बको राज्यको ढुकुटीबाट तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले तीन गुणा भन्दा बढी ३६ अर्ब रुपैयाँ सञ्चित गरेकाले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले वृद्धभत्तासहित ‘आफनो गाउँ आफै बनाऊँ’ सुरु गरेको नेता थापाले स्मरण गराए ।

 

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले भने ‘पूर्वराजा ज्ञानेन्द्र शाहप्रति निर्धक्क भएर बोल्दा पनि केही प्रतिक्रिया आउँदैनथ्यो । तर अहिले भए गरेका कुरा संसदमा उठाउँदा प्रधानमन्त्री ओली र नेकपाका नेता प्रचण्डलाई असह्रय हुन्छ । सकारात्मक आलोचना सुन्न चहाँदैनन् ।’

 

सरकार अभिभावक बन्नु पर्ने बताउँदै उनले शान्ति सुरक्षा कायम गर्दै बढ्दो हत्या, हिंसाा बलात्कार नियन्त्रण गर्न र जनअपेक्षा अनुरुप विकास गर्न सरकारलाई आग्रह गरे ।

 

समापन कार्यक्रममा गण्डकी प्रदेश सदस्य भागवतप्रकाश मल्ल, चापाकोट नगरप्रमुख शिवकुमार गिरी, वालिङ नगर प्रमुख दिलिपप्रताप खाँण, सचिवालय सदस्य रामु बस्याल, चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष मणिप्रसाद खनाल लगायतले महोत्सवले स्थानीय उत्पादनको बजारीकरण लगायतका पक्षमा सहयोग गर्नेमा जोड दिए । गत मङ्सिर २८ गतेबाट शुरु भएको प्रथम चापाकोट महोत्सव आइतवार सकिएको हो ।

 

कांग्रेसका ७ आरोप – ओली सरकारभ्रष्ट,लम्पसारवाद

प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारमाथि भ्रष्टाचार संस्थागत गरेको गम्भीर आरोप लगाएको छ । कांग्रेसको महासमिति बैठकले सरकारको अधिनायकवादी आकांक्षा पूरा हुन नदिने अठोटसमेत गरेको छ ।

 

कांग्रेस महासमिति बैठकले ओली सरकार लम्पसारवादी बाटोमा हिँडेको र राज्यको साधन र स्रोतको व्यापक दुरुपयोग गरिरहेको कांग्रेसको निश्कर्ष छ ।

 

के–के छन् आरोप ?

कांग्रेस महासमिति बैठकले पास गरेको समसामयिक प्रस्तावमा सरकारमाथि आरोपै आरोप लगाइएको छ । सरकारले दुईतिहाई बहुमतको दम्भमा विपक्षी दलहरुको भूमिकालाई गौण बनाउन खोजेको कांग्रेसको आरोप छ ।

 

‘यो सरकार प्रमुख विपक्षी दल र अन्य दलहरुले उठाएका राष्ट्रिय सरोकारका मुद्दा र जन–सरोकारका विषयहरु, संवैधानिक व्यवस्था र कानूनी व्यवस्थाका प्रावधानहरु पालन गर्न उठाइएका विषयहरुलाई घोर उपेक्षा गर्दैछ’ कांग्रेसले भनेको छ, ‘सरकारको अधिनायकवादी आकांक्षा पूरा हुन नदिने अठोटका साथ महासमिति बैठक सरकारलाई सचेत गराउन चाहन्छ ।’

 

सरकारले भ्रष्टाचारलाई संस्थागत गरेको कांग्रेसको आरोप आरोप छ । ‘राज्यको साधन र स्रोतको व्यापक दुरुपयोग गर्दैछ, अधिकारको केन्द्रीकरण गर्दैछ’ कांग्रेसको प्रस्तावमा भनिएको छ, ‘५० अर्बमाथिका आयोजनाहरुलाई विनाप्रतिस्पर्धा प्रधानमन्त्रीकै नेतृत्वमा निर्णय गर्ने कानूनी प्रबन्ध गर्ने पहल घोर आपत्तिजनक छ ।’

 

बुढीगण्डकी जलविद्युत आयोजना विनाप्रतिस्पर्धा विवादास्पद रुपमा गेजुवालाई दिएको भन्दै निर्णय बदरको माग गरेको छ । चिनीकाण्ड, सुनकाण्ड लगायतका भ्रष्टाचारलाई कार्पेटमुनि छोप्न खोजेको भन्दै उसले छानविनको माग गरेको छ । ‘सम्बन्धित संवैधानिक र कानूनी निकायहरुको यस्ता भ्रष्टाचार काण्डहरुको छानविनका लागि यो बैठक गम्भीर ध्यानाकर्षण गर्छ’ कांग्रेसले भनेको छ ।

 

सरकार राज्य संरचनालाई पार्टीकरण गर्ने अभियानमा लागेको र संवैधानिक निकायहरुलाई कार्यकारिणीको छायाँका रुपमा काम गर्न दबाव दिएको भन्दै बन्द गर्न माग गरेको छ ।

 

संघीयता कार्यान्वयनमा आवश्यक कानूनी व्यवस्था र कर्मचारी समायोजनमा उदासीनता देखाएको भन्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । ‘सरकारको कानूनी राज्यप्रतिको उदासीनता र निस्तेज गर्ने प्रवृत्तिका कारण कर्मचारी प्रशासनमा अस्तव्यस्तता छाएको छ’ कांग्रेसले भनेको छ, ‘मुखैमा आएको संसदको बैठक छलेर अध्यादेश मार्फत् आफू खुशी व्यवस्था गर्ने निर्णय सरकारले गरेको छ । यसको बैठक भत्र्सना गर्दछौं र संसदमार्फत कानूनी व्यवस्था गर्न माग गर्छाैं ।’

 

प्रमुख विपक्षी कांग्रेसले सरकारका क्रियाकलाप लम्पसारवादमा परिणत भएको टिप्पणी गरेको छ । ‘दुई पक्षीय र बहुपक्षीय वैदेशिक सम्बन्धमा यो सरकारले नेपालको राष्ट्रिय स्वार्थलाई प्रतिनिधित्व गर्न नसकेको स्पष्ट छ’ कांग्रेसले भनेको छ, ‘यो सरकार व्यक्तिगत निहीत स्वार्थका आधारमा जथाभावी विदेशी ऋण स्वीकार्ने बाटोमा हिँडेको छ ।’

 

नेपालको आवश्यकता, ऋणको शर्त र सम्भाव्य प्रतिफलको आधारमा मात्र वैदेशिक ऋण स्वीकार गर्नुपर्ने उसको माग छ ।

 

कालोबजारी, महंगी, असुरक्षाका कारण लगानीको वातावरण खस्किएको, विदेशी लगानी घटेको तथा स्वदेशी पुँजी पलायन भएको कांग्रेसको ठहर छ । निर्मला पन्तको बलात्कारपछि हत्याका दोषीलाई कारबाही गर्न असफल भएको, विपक्षी कार्यकर्ता तथा समर्थकप्रति असहिष्णुता र वैरभाव प्रदर्शन गरेको उसको आरोप छ ।

 

कांग्रेसले ६५ वर्षमै बृद्धभत्ता र गम्भीर प्रकृतिका विमारीमा मासिक पाँच हजार भत्ता दिने निर्णय कार्यान्वयन गर्न, द्वन्द्वपीडितले न्याय पाउने सुनिश्चित गर्न र मलेसियाको रोजगारी सूचारु गर्न पनि माग गरेको छ । साथै विवादास्पद एसिया प्यासिफिक समिटमा सरकारको सहभागितामा आपत्ति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
नारायणगढ–मुग्लिन सडकमा बस र हायस ठोक्किँदा ५ जनाको मृत्यु

    नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा पाँच जनाको मृत्यु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

    काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द गर्न लागिएको

एमालेबाट कीर्तिपुरको मेयरमा मानन्धर सिफारिस

    नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. सुरेन्द्र मानन्धरलाई नै उम्मेदवार

चुनावी गठबन्धन गर्न एकीकृत समाजवादी खुल्ला

    नेकपा एकीकृत समाजवादीले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा चुनावी