मोरङको कानेपोखरीमा मोटरसाईकल दुर्घटना, फुपु र भदाको मृत्यु



हाम्रो इकोनोमि

 

पुर्वपश्चिम लोकमार्गको बेलबारी कानेपोखरी सडकखण्ड अन्र्तगत मोरङको बेलबारी ८ स्थित जंगलमा रोकिराखेको बसमा आईतबार दिउँसो मोटरसाईकलले ठक्कर दिँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ ।

उदयपुरको कटारीबाट काकडभिट्टा तर्फ जाँदै गरेको मातृभाग्यरेखा यातायातको ना ४ ख ४८१३ नम्बरको बस यात्रुलाई पिसाव फेर्नका लागी रोकिराखेको अबस्थामा सोही दिशातर्फ गईरहेको मे ८ प १८७८ नम्बरको मोटरसाईकल ठोक्किँदा चालक ईलामको फाकफोकथुम गाँउपालिका ५ का २२ बर्षिय प्रबिण तामाङ र पछाडी सवार झापाको बुद्धशान्ति गाँउपालिका ३ की ४५ बर्षिया नरमाया तामाङको उपचारका लागी धरान लैजाने क्रममा बाटोमै ज्यान गएको ट्राफिक प्रहरी पोष्ट बेलबारीका प्रमुख असई लिला श्रेष्ठले जानकारी दिएका छन ।

चालक र बस प्रहरीको नियन्त्रणमा रहेको समेत उनले जानकारी दिए ।

दुर्घटनामा ज्यान गुमाएकाहरु नतामा फुपु र भदा रहेको खुल्न आएको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...