राजतन्त्र र ग्रेटर नेपालको पक्षमा अब चीन !



हाम्रो इकोनोमि

 

नेपाल-चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेमसागर पौडेलले चीन सरकार राजतन्त्रसहितको ग्रेटर नेपालको पक्षमा रहेको खुलसा गरेका छन् । चीनसँग निकट सम्वन्धका कारण चर्चामा रहेका अध्यक्ष पौडेलले पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै सो कुराको खुलसा गरेका हुन् ।

 

उनले भने,’अहिलेको बर्तमान ब्यवस्था जनता र मुलुकको विपक्षमा क्षेत्रीय स्थिरता र शान्ति खल्बल्याउने दुष्ट प्रयास गर्दै साम्राज्यवादीको दलालीमा नाङ्गो रुपमा लागेको देखिन थालेको छ । सतहमा देखिएका र निकट भविष्यमा देखिने काला दृश्यले नेपालको सार्वभौमसत्ता अखण्डता र एकतालाई नराम्रोसँग प्रभावित पार्ने छ ।’

 

‘सम्भावित खतरालाई रोक्न र क्षेत्रीय स्थिरता तथा शान्ति कायम गर्न पछिल्लोपटक प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका समय स्पष्ट शब्दमा चीनका राष्ट्रपति सीले नेपालको अखण्डता, सार्वभौमसत्ता र स्वतन्त्रताको पक्षमा चीन रहेको बताएका थिए,’ उनले भने, देशभक्त नेपाली जनता सो कुरा ब्यवहारमा देख्न आतुर छन् ।

 

क्षेत्रीय स्थिरता, अखण्डता र स्वतन्त्रता कायम गर्न चीनको अभिभावकीय भूमिका अपरिहार्य छ । चीनले ग्रेटर नेपाल र राजालाई पुर्नस्थापित गर्ने अजेण्डालाई समर्थन गर्नुपर्छ ।’

 

चीन सरकार र नेताहरुसँग निकट सम्वन्ध बनाएका पौडेलले उक्त कुरा सामाजिक सञ्जालमार्फत खुलसा गरेसँगै चीन सरकार पनि पूर्वराजा ज्ञानेन्द्रलाई पुर्नस्थापना गर्न आतुर रहेको स्पष्ट भएको छ । पौडेलका अनुसार चीन अब ग्रेटर नेपालको पक्षमा समेत उभिने छ ।

 

उनले ग्रेटर नेपाल कायम भएको खण्डमा मात्र क्षेत्रीय स्थिरता कायम हुने र नेपाललाई चीन विरोधी अखडा बन्नबाट बचाउन सकिने स्पष्ट धारणा राख्दै आएका छन् । जुन कुरा चिनियाँ शक्तिशाली राष्ट्रपति सी र उनको सरकारले समेत गम्भिरताका साथ लिएको बुझिएको छ ।

 

सामाजिक अभियन्ता समेत रहेका पौडेलले पूर्वीय सभ्यताको निरन्तरताबाट मात्रै मानवजीवन शान्त, सुमधुर, समृद्ध र विश्वभातृत्वका पक्षमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिने समेत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

 

सोही अभियानमार्फत विश्वको नेतृत्व एसियाको पोल्टामा ल्याउन सकिने उनको भनाई छ । उनले थप अगाडि लेखेका छन्,’राजकीय अधिकारको दुरुपयोग गरेर चरम भ्रष्टाचार, गुटबन्दीमा रमाइरहेका तथाकथित नेताहरूबाट देशभक्त नेपालीले न्याय, सम्मान र सुरक्षा पाउन संभव छैन ।’

 

यसैबीच, केहीदिन पहिले अध्यक्ष पौडेलको ईमेल, फेसबुक र मोबाइलसमेत ह्याक गर्न कोशिस भएको थियो । जसको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले विरोध गर्दै विज्ञप्तिमार्फत विरोध जनाएका थिए ।

 

ग्रेटर नेपालका अभियन्ता तथा प्राध्यापक नेपालले नेपाल-इन्डो प्यासिफिक स्ट्राटेजिक अलाइन्समा नेपाल रहनुलाई चीन विरोधी गतिविधिलाई साथ दिनु हो भन्दै आपत्ति प्रकट गरे । उनले भने, ‘यो चीनलाई जिस्क्याउनु र रिस उठाउनु सरह हो । चीनलाई कमजोर र अस्थिर बनाउन अमेरिकी योजनाअनुसार यो रणनीति अख्तियार गरिएको हो ।’

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...