श्रृङ्खला खतिवडाले लेखिन्ः ‘रातो गुलाफका लागि १२ वर्षमा चुम्बन बेचें’



हाम्रो इकोनोमि

 

मिस नेपाल श्रृङ्खला खतिवडाले एक व्यक्तिले संसार परिवर्तन गर्न सक्छ भनेर बारम्बार दोहोराउने गर्छिन् ।

नेल्सन मण्डेलाको उक्त भनाईलाई आफूले हृदयदेखि नै विश्वास गर्ने र सार्वजनिक व्यक्ति भएपछि आवाज बलियो हुने लालचले आफूलाई मिस नेपालमा धकेलेको उनले बताउने गरेकी छिन् ।

 

उनले लेखेकी छिन्, ‘रातो…. म १२ वर्षको हुँदा एउटा रातो गुलाफका लागि आफूभन्दा पाँच वर्ष जेठोलाई चुम्बन बेचेँ ।

उनले आफ्नो रातो बाइकमा मलाई सधैं घुमाउने गर्थे र म उनलाई बस स्ट्यान्डमा कुरेर बसिरहेको हुन्थें ।

एक दिन उनी रोकिए, हेलमेट खोले, कर्ली कपाल मिलाए ।

रातो बाइकमा सवार उनी मतिर हेरेर मुस्कुराए । भ्यालेन्टाइन्स डेको दिनमा उनले मलाई रातो गुलाफ दिए, मलाई बाइक पछाडि हालेर एउटा अँध्यारो कोठामा लगे ।

जब हामी हिँडिरहेका थियौं उनले टेबलमा बसिरहेका केटाहरुसँग नजर साटे ।

उनले मलाई यसरी चुम्बन गरे कि त्यहाँ कोही पनि छैनन्, म एक वस्तु हुँ र उनलाई मेरो ओठसँग मात्र सरोकार छ । म त्यहाँ लाचार उभिरहेँ ।

उनले मेरो स्तन समाते । उनले मेरो ओठबाट जीवन नै तानिरहेका थिए ।

उनी दुष्ट मुस्कानसहित पछाडि हटे, उनको र्याल र मेरो रगत आफ्नो बाहुलाले पुछे, मलाई मातेको रातो आँखाले हेरे…. मेरो पहिलो चुम्बन !’

उनी थप्छिन्, ‘उनले मलाई अँगालो हाले । नजिकै भएका उनीहरुका साथीहरुले मेरो सुन्निएको ओठ हेर्दै आफ्नो साथीको पछिल्लो विजयलाई मुस्कानसहित तारिफ गरे ।’

‘तर उनले मलाई साँच्चै नै माया गर्छन् किनभने उनले मलाई भ्यालेन्टाइन्स डेमा रातो गुलाफ दिएका हुन् ।’

 

उनले यी कुरा बताउन रातो रङको प्रयोग गरेकी छिन् । यससँगै उनले निलो र पहेंलो रङलाई थिम बनाएर महिलामाथि हुने हिंसासम्बन्धि अन्य पोष्ट पनि लेखेकी छिन् ।

यो पोष्टपछि प्रशंसकले उनको निकै तारिफ गरेका छन् । कतिले ती कुरा उनको आफ्नै हो कि भनेर पनि सोधेका छन् ।

यसबारे हामीले जान्न खोज्दा उनको मोबाइल स्विच अफ थियो ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...