पार्टी लगतै सलमानको घर किन पुगिन् प्रियंका ?



हाम्रो इकोनोमि

 

नायिका प्रियंका चोपडा र नायक सलमान खानको दुश्मनी अब विस्तारै सकिदैछ । सलमान खानले अभिनय गरिरहेको चलचित्र ‘भारत’मा नायिका चोपडाले काम गर्ने पक्का भएको थियो । तर, अन्तिम समयमा आएर प्रियंकाले यो चलचित्रमा काम गर्न मानिनन् । यसपछि सलमान प्रियंकासँग रिसाएका थिए ।

 

तर, प्रियंका चोपडाले बिहेपछि मुम्बइमा आयोजना गरेको पार्टीमा नायक सलमान खान उपस्थित भए । सलमानको प्रवेश पार्टीको सर्वाधिक चर्चाको बिषय बनेको थियो । सलमान खान पार्टीमा उपस्थित भएपछि नायिका चोपडा पनि खुबै खुशी देखिएकी थिइन् । यसैले, उनले पार्टी सकिए लगतै सलमान खानको घरमा पुग्ने निर्णय गरिन् । सलमानको परिवार यो पार्टीमा उपस्थित हुन सकेको थिएन ।

 

यसैले, आफ्ना श्रीमान् निक जोनसलाई लिएर प्रियंका सलमानको ग्यालेक्सी अपार्टमेन्ट पुगेको भारतीय मिडियामा उल्लेख छ । उनले, ग्यालेक्सी अपार्टमेन्टमा सलमानको परिवारसँग भेटेर आर्शिवाद लिएकी थिइन् । सलमानको घरमै पुगेर प्रियंकाले भेटघाट गरेपछि उनीहरुविचको शितयुद्ध अब सकिएको अड्कल लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...