ललितपुरको लाकुरीभञ्ज्याङ्ग प्रहरी प्रभागमा गोली चल्यो, प्रहरी जवान घाइते



हाम्रो इकोनोमि

 

ललितपुरको लाकुरीभञ्ज्याङ्ग प्रहरी प्रभागमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् ।

घाइते हुनेमा प्रहरी जवान रोशन श्रेष्ठ छन् । काठमाडौं विपद व्यवस्थापनमा कार्यरत उनी लाकुरीभञ्ज्याङ्ग प्रहरी प्रभागका इञ्जार्ज असई रमेश तामाङलाई भेट्न आएका थिए । उनीहरु गृहजिल्ला दोलखाका साथी हुन् ।

घाइते प्रहरी जवान श्रेष्ठको मेट्रो प्रहरी अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको ललितपुर प्रहरी परिसरका एसपी शेखर खनालले जानकारी दिए ।

असई तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी

कार्यालयभित्रकै बेडरुममा बसिरहेको बेला तामाङको पेस्तोलको म्यागजिन अनलोड गर्ने क्रममा पेस्तोल पडि्कएर श्रेष्ठको गालामा लागेको बताइएको छ । तामाङलाई नियन्त्रणमा लिएर सातदोबाटो प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

अनुसन्धानका लागि सातदोबाटोस्थित प्रहरी कार्यालयका डीएसपी गौतम मिश्रको कमाण्डमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले रुचाउँदैन : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको...

स्वास्थ्य परीक्षण गर्न ओलीलाई टिचिङ अस्पताल लगियो

     नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षण गर्न...

एमालेले आजैदेखि आन्दोलन थाल्ने घोषणा

   नेकपा एमालेका सचिव महेश बस्नेतले प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य...

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

     पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध...