बाँच्नको लागि बाचमेन बन्नेदेखि म्यादी प्रहरीसम्म थाहा पाउनुहोस रवि ओठको जिवनी



हाम्रो इकोनोमि

 

नेपाली गितसंगितको चर्चित र ठुलो रियालीटी सोमा अक्सर नेपाली भाषाकै गितहरू गुन्जिन्छन । नेपाल आइडल नेपाली गित संगित, गायक र नवगायकहरुलाई स्थापित गराउने र उनिहरुको पहिचानलाई उजागर गर्न सघाउने कार्यक्रम बनिरहेको छ । जहाँ हरेक किसिमका नेपाली गितहरु गुन्जिने गरेकाछन ।

 

त्यहि रियालीटि सो मा आफ्नो गायनको जादु देखाउदै रवि ओठले नेपाल आइडल सिजन २ को बिजेता बन्न सफल भएका छन् । । सामान्य परिवारमा जन्मिएर हुर्किएका रविको अहिलेको अवस्था पनि सामान्य छ । उनको समग्र परिवेश सामान्य भएपनि उनि भित्रको गायन कला भने असामान्य रहेको छ ।

 

रवि ‌ओडको नेपाल आइडलको यात्रा अन्य प्रतिस्पर्धीको जस्तै हो । तर उनले त्यो स्टेजमा पुगेर अन्य प्रतिस्पर्धीले जस्तै गितमात्रै गाएनन् । देशको नजरबाट दूर रहेको सुदूरको देउडालाई गुन्जाए । जसको गुन्जयमान देश बिदेमा रहेका रहेक गितसंगित पारखीसम्म पुग्यो । देउडाले त्यति ठुलो स्टेजबाट बोल्यो : “हामीलाई दूरको नजरले नहेर्नुस हामी यहि देउको एउटा कुनामा गुन्जिने भाका हौं”

 

रविले ‘झुपा तम्राई मायाले’ गित गाइरहदा देउडाले यो देशलाई प्रेमले सम्बोधन गरिरहेको थियो । सुदूरबाट नेपाली गितसंगितलाई प्रेम गरिरहेका रविलाई अब सबै नेपालीले माया गर्नेबेला आएको छ । उनलाई यो यात्रामा अझै माथि पुर्याउने बेला आएको छ । आउनुस यो यात्रामा रविलाई यात्रि बनाएर पठाअौं ।

 

को हुन रवि ओड ?

कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालीका गुलरियामा बुवा राजेन्द्र ओड र आमा उमा ओडको कोखबाट २०५४ साल चैत्र महिनामा जन्मिएका रवि आमा बुवाको तेस्रो सन्तान हुन ।

 

मुख्य आयश्रोत र रोजिरोटिको आधार भारतको ‘वाचम्यान’को जिन्दगी बाँचिरहेका उनका बाज्या र बुवाले अछामबाट बसाइ सरेर कंचनपुर गएका थिए । उनको पुर्ख्यौली थलो साविकको अछाम बुढाकोट गाविस हो भने हाल साँफेबगर नगरपालीकामा पर्दछ ।

 

बाज्या र बुबाले अछाम छोडेर कन्चनपुर गएपछि उतै जन्मिएका उनि अछाम पुगेका छैनन तर उनि भित्र आफ्नो पुर्ख्यौली थलोमा पुग्ने अधुरो रहर भनै अझै जिवितै छ । लोटस आइ स्कुलमा १२ मा अध्यनरत रविलाइ संगितको रसले छोइरहेको छ ।

 

बाध्यता गरिवीको जिन्दगीले पिल्सिएका रविका बुढा बुवा अहिले पनि भारतमा ‘वाचम्यानको’ काम गरिरहेका छन । उनि आफै पनि भारतमा गएर काम गरेको स्मरण गर्छन । “केहि महिना भारतमा काम गरेँ तर बुवाले जति दुख हर्नुछ मुइ हरूला तु नेपालमा गैकन राम्ररी पढ” भनेपछि उनि नेपालमै फर्किएर पढ्न थाले ।

 

उनका बुवा चाहान्थे कि जुन दुख आफुले भोगिरहेको छु त्यो मेरा सन्तानले भोग्न नपरोस, जसरी आफुले अर्काको देशमा पसिना बगाइरेको छु त्यसरि मेरा सन्तानको रगत र पसिना आफ्नै देशमा बगोस…..

 

सामान्य परिवारमा जन्मिएका उनी आफ्ना बाज्याको प्रेरणाबाट गीत संगितमा लागेको बताउछँन् । बाज्याले अछामी मौलीक गितहरू गाउने गरेको उनि बताउछन । बाज्याले गाएको सुदूरपस्चिमेली देउडा र ठाडिभाका सुन्दा सुन्दै उनलाइ नेपाली गित संगितको मात चढ्यो ।

 

उनको आवाज बुढिगंगा जस्तै कलकल कलकल आफ्नै गतिमा बगिरहन्छ । तर जब उनि पप लगाएत अन्य हाइ रेन्जको गित गाउछन उनको आवाज बुढिगंगा जस्तै रहदैन एक्कासी बढ्ने छिपेखोलको रफ्तार र लयमा बग्न थाल्छ । यतिमात्र होइन उनि खप्तड रामारोशन जस्तै सुन्दर गित ठाडिभाका समेत गाउन सक्छन ।

 

खप्तड, रामारोशनको काखका रहेका उनि खप्तड, रामारोशनजस्तै राज्यको नजरबाट टाढा रहन चाहादैनन । आफ्नो हुनर सबै नेपालीलाइ देखाउन चाहान्छन । अहिले मेरो गित संगितको प्रेरक बाज्या र मलाइ जन्माउने आमा मसंग छैनन । यदि उनिसंगै भइदिएको भए यो खुसि सुरुमा उहाँहरूसंगै साट्ने थिएँ : उनि भन्छन

 

धनगढीको दोहोरी साँझमा गित गाएर करिब चार वर्ष अघीबाट मात्रै उनि संगीतमा सक्रिय भएर लागेका हुन् । जस्तो सुकै गित गाउन मन पराउने उनलाइ नेपाली संगित क्षेत्रमा शिव परियार, सुगम पोख्रेल र हेमन्त रानाका गीतहरु बढी मन पर्छन्। आफ्नो साधना र लगनसिलताले टप ६ मा अटाएका उनले अबको बाँकि यात्रामा सबैको आशिर्बाद, माया र सहयोगको अपेक्षा गरेको बताउछन ।

प्रतिक्रिया दिनुहोस
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...