बाँच्नको लागि बाचमेन बन्नेदेखि म्यादी प्रहरीसम्म थाहा पाउनुहोस रवि ओठको जिवनी
नेपाली गितसंगितको चर्चित र ठुलो रियालीटी सोमा अक्सर नेपाली भाषाकै गितहरू गुन्जिन्छन । नेपाल आइडल नेपाली गित संगित, गायक र नवगायकहरुलाई स्थापित गराउने र उनिहरुको पहिचानलाई उजागर गर्न सघाउने कार्यक्रम बनिरहेको छ । जहाँ हरेक किसिमका नेपाली गितहरु गुन्जिने गरेकाछन ।
त्यहि रियालीटि सो मा आफ्नो गायनको जादु देखाउदै रवि ओठले नेपाल आइडल सिजन २ को बिजेता बन्न सफल भएका छन् । । सामान्य परिवारमा जन्मिएर हुर्किएका रविको अहिलेको अवस्था पनि सामान्य छ । उनको समग्र परिवेश सामान्य भएपनि उनि भित्रको गायन कला भने असामान्य रहेको छ ।
रवि ओडको नेपाल आइडलको यात्रा अन्य प्रतिस्पर्धीको जस्तै हो । तर उनले त्यो स्टेजमा पुगेर अन्य प्रतिस्पर्धीले जस्तै गितमात्रै गाएनन् । देशको नजरबाट दूर रहेको सुदूरको देउडालाई गुन्जाए । जसको गुन्जयमान देश बिदेमा रहेका रहेक गितसंगित पारखीसम्म पुग्यो । देउडाले त्यति ठुलो स्टेजबाट बोल्यो : “हामीलाई दूरको नजरले नहेर्नुस हामी यहि देउको एउटा कुनामा गुन्जिने भाका हौं”
रविले ‘झुपा तम्राई मायाले’ गित गाइरहदा देउडाले यो देशलाई प्रेमले सम्बोधन गरिरहेको थियो । सुदूरबाट नेपाली गितसंगितलाई प्रेम गरिरहेका रविलाई अब सबै नेपालीले माया गर्नेबेला आएको छ । उनलाई यो यात्रामा अझै माथि पुर्याउने बेला आएको छ । आउनुस यो यात्रामा रविलाई यात्रि बनाएर पठाअौं ।
को हुन रवि ओड ?
कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालीका गुलरियामा बुवा राजेन्द्र ओड र आमा उमा ओडको कोखबाट २०५४ साल चैत्र महिनामा जन्मिएका रवि आमा बुवाको तेस्रो सन्तान हुन ।
मुख्य आयश्रोत र रोजिरोटिको आधार भारतको ‘वाचम्यान’को जिन्दगी बाँचिरहेका उनका बाज्या र बुवाले अछामबाट बसाइ सरेर कंचनपुर गएका थिए । उनको पुर्ख्यौली थलो साविकको अछाम बुढाकोट गाविस हो भने हाल साँफेबगर नगरपालीकामा पर्दछ ।
बाज्या र बुबाले अछाम छोडेर कन्चनपुर गएपछि उतै जन्मिएका उनि अछाम पुगेका छैनन तर उनि भित्र आफ्नो पुर्ख्यौली थलोमा पुग्ने अधुरो रहर भनै अझै जिवितै छ । लोटस आइ स्कुलमा १२ मा अध्यनरत रविलाइ संगितको रसले छोइरहेको छ ।
बाध्यता गरिवीको जिन्दगीले पिल्सिएका रविका बुढा बुवा अहिले पनि भारतमा ‘वाचम्यानको’ काम गरिरहेका छन । उनि आफै पनि भारतमा गएर काम गरेको स्मरण गर्छन । “केहि महिना भारतमा काम गरेँ तर बुवाले जति दुख हर्नुछ मुइ हरूला तु नेपालमा गैकन राम्ररी पढ” भनेपछि उनि नेपालमै फर्किएर पढ्न थाले ।
उनका बुवा चाहान्थे कि जुन दुख आफुले भोगिरहेको छु त्यो मेरा सन्तानले भोग्न नपरोस, जसरी आफुले अर्काको देशमा पसिना बगाइरेको छु त्यसरि मेरा सन्तानको रगत र पसिना आफ्नै देशमा बगोस…..
सामान्य परिवारमा जन्मिएका उनी आफ्ना बाज्याको प्रेरणाबाट गीत संगितमा लागेको बताउछँन् । बाज्याले अछामी मौलीक गितहरू गाउने गरेको उनि बताउछन । बाज्याले गाएको सुदूरपस्चिमेली देउडा र ठाडिभाका सुन्दा सुन्दै उनलाइ नेपाली गित संगितको मात चढ्यो ।
उनको आवाज बुढिगंगा जस्तै कलकल कलकल आफ्नै गतिमा बगिरहन्छ । तर जब उनि पप लगाएत अन्य हाइ रेन्जको गित गाउछन उनको आवाज बुढिगंगा जस्तै रहदैन एक्कासी बढ्ने छिपेखोलको रफ्तार र लयमा बग्न थाल्छ । यतिमात्र होइन उनि खप्तड रामारोशन जस्तै सुन्दर गित ठाडिभाका समेत गाउन सक्छन ।
खप्तड, रामारोशनको काखका रहेका उनि खप्तड, रामारोशनजस्तै राज्यको नजरबाट टाढा रहन चाहादैनन । आफ्नो हुनर सबै नेपालीलाइ देखाउन चाहान्छन । अहिले मेरो गित संगितको प्रेरक बाज्या र मलाइ जन्माउने आमा मसंग छैनन । यदि उनिसंगै भइदिएको भए यो खुसि सुरुमा उहाँहरूसंगै साट्ने थिएँ : उनि भन्छन
धनगढीको दोहोरी साँझमा गित गाएर करिब चार वर्ष अघीबाट मात्रै उनि संगीतमा सक्रिय भएर लागेका हुन् । जस्तो सुकै गित गाउन मन पराउने उनलाइ नेपाली संगित क्षेत्रमा शिव परियार, सुगम पोख्रेल र हेमन्त रानाका गीतहरु बढी मन पर्छन्। आफ्नो साधना र लगनसिलताले टप ६ मा अटाएका उनले अबको बाँकि यात्रामा सबैको आशिर्बाद, माया र सहयोगको अपेक्षा गरेको बताउछन ।