गरिब परिवारमा जन्मिएका रविले पुरा गरे आफ्नी आमाको सपना ! गरिबको घरमा बल्यो खुशीको दीयो



हाम्रो इकोनोमि

 

काठमान्डौ , रबि गरिब परिवारमा जन्मिएका तर भगवान ले स्वर को उपहार दिएर पठाएका प्रतिभा हुन् ।नेपाल आइडल सिजन २ को उपाधि कञ्चनपुरका रवि ओडले जितेका छन् । शुक्रबार नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको ग्राउन्डमा भएको ‘ग्रान्ड फिनाले’ मा बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारीलाई पछि पार्दै रविले नेपाल आइडलको उपाधि जित्न सफल भएका हुन् ।

 

रविले के–के पुरस्कार पाए ? : ‘मन जित्छ उसले, सुमधर गाउँछ जसले’ भन्ने ट्यागलाइनका साथ सुरु भएको नेपाल आइडलको दोस्रो संस्करण विजेता रविले २० लाख रुपैयाँ, एउटा होन्डा डब्लू आर–भी कार, एउटा एल्बमको सम्झौता र विश्वभ्रमण अथवा ५० लाख रुपैयाँ नगद पाएका छन् ।

 

साथै, उनले एउटा एल्बमको सम्झौता र विश्व भ्रमणमध्ये एक छनोट गर्न पाउने छन्। फस्ट रनरअप बिक्रम बराल, सेकेण्ड रनरअप सुमित पाठक, थर्ड रनरअप अस्मिता अधिकारी बने । एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनौट गरिएको हो ।रविले २२ लाख र गोल्डेन माइक पाएका छन् ।

 

आइडलको फ्रस्ट रनरअप बिक्रम बराल बने । बरालले २० लाखको चेक पाएका छन् । सेकेण्ड रनरअप सुमित पाठक भए । सुमितले १२ लाख बराबरको चेक र ट्रफी पाए । थड रनरअप अर्थात् चौथो अस्मिता अधिकारी भइन् ।

 

उनले होन्डाको स्कुटर पाएकी छन् । सिजन २ की एकमात्र नारी अस्मिता फाइनलमा पुगेकी थिइन् । नेपाल आइडल को फाइनलमा विक्रम बराल, रवि ओड, सुमित पाठक र अस्मिता अधिकारीले प्रतिस्पर्धा गरेका थिए ।

 

अन्नपूर्ण नेटर्वकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेल, अन्नपूर्ण मिडिया नेटर्वकका ग्रुप सम्पादक विजयकुमार पाण्डे, नेपाल आइडलका निर्देशक सुरेश पौडेललगायतले पुरस्कार वितरण गरे ।

 

यसपटकको नेपाल आइडलमा उत्कृष्ट चारबाटै विजेता घोषणा गरिएको हो । फाइनल कार्यक्रम नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको ग्राउन्डबाट लाइभ गरिएको थियो ।

 

अहिले सबैतिर नेपाल आइडलकै चर्चा रहेको थियो । ‘नेपाल आइडल–२’को फाइनल ललितपुरस्थित इन्जिनियरिङ क्याम्पस पुल्चोकमा अहिले भइरहेको छ। उक्त प्रतियोगितामा हजारौंको भिँडबाट चार प्रतिपस्र्धी मात्र बाँकी छन् । जसमा पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा धनगढीका रवि ओड बाँकी छन् ।

 

नेपाल आइडल’ सिजन–२ का विजेताले २० लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर मध्ये एक रोज्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...