दाङ बस दुर्घटनाः मृतकको संख्या २३ पुग्यो, ५ जनाको सनाखत



हाम्रो इकोनोमि

 

दाङमा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु हुनेहरुको संख्या २२ पुगेको छ । घाइते १५ जनामध्ये ११ को अवस्था गम्भीर छ ।

 

जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार मृतकमध्ये पाँच जनाको मात्र सनाखत भएको छ । बस चालक घोराही उपमहानगरपालिका वडा नम्बर ३ का मदन केसी, घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २८ वर्षीय प्रदीप घिमिरे, पूर्वीरुकुमको भूमे गाउँपालिकाका २८ वर्षीय नरेश वली,

 

दाङको दंगीशरण गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय सञ्जित रत्गैया र घोराही उपमहानगरपालिका वडा नम्बर १४ का २७ वर्षीय विजय जिएमको सनाखत भएको हो । उनीहरुको शव परिवारका सदस्यहरुले पहिचान गरेका हुन् ।

 

मृतक र घाइते सबै घोराही उपमहानगरपालिका वडानम्बर १७ मा अवस्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी हुन् ।

 

घाइते सबैलाई अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ । धेरैजसोको टाउको र मेरुदण्डमा चोट लागेको छ । ‘११ जनाको अवस्था गम्भीर छ र चार जनाको अवस्था केही सुधार आएको रिपोर्ट आएको छ,’ एसपी पाण्डेले अनलाइनखबरसँग भने ।

 

शवहरु अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ । शव पोष्टमार्टम गर्दै आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको छ ।

बा ४ ख ९७६६ नम्बरको बसमा शिक्षालयका ३४ जना विद्यार्थी, दुईजना शिक्षक र एक चालक गरी ३७ जना थिए । उनीहरु शैक्षिक भ्रमणका लागि सल्यानको कपुरकोटस्थित वनस्पति उद्यानमा गएका थिए ।

 

भ्रमणबाट फर्किने क्रममा तुलसीपुर उपमहानगरपालिका-३ राम्री भन्ने स्थानमा बस दुर्घटना भएको थियो । ओरालो घुम्ती बाटो किनारका रेलिङ र रुखसमेत भाँचेर करिब सात सय मिटर तल बस खसेको छ ।

प्रतिक्रिया दिनुहोस
पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले रुचाउँदैन : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको...

स्वास्थ्य परीक्षण गर्न ओलीलाई टिचिङ अस्पताल लगियो

     नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षण गर्न...

एमालेले आजैदेखि आन्दोलन थाल्ने घोषणा

   नेकपा एमालेका सचिव महेश बस्नेतले प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य...

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

     पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध...