पत्रकार महासंघको चुनाव पनि प्रत्यक्ष प्रणालीमा, १२ बुँदे विराटनगर घोषणापत्र जारी



हाम्रो इकोनोमि

 

नेपाल पत्रकार महासंघको अबदेखिको निर्वाचन प्रत्यक्ष प्रणालीबाट हुने बाटो खुलेको छ । विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनले खर्चिलो र भड्किलो तरिकाले हुदै आएको निर्वाचन प्रणालीले आर्थिक समस्या र पेशामा विकृति बढाउन थालेको निकर्ष निकाल्दै विकल्प खोज्न निर्देश गरेपछि अगामी निर्वाचन प्रत्यक्ष प्रणालीबाट गर्न बाटो खुलेको हो ।

 

अध्यक्ष गोविन्द आर्चायले विराटनगरमा भएको राष्ट्रिय सम्मेनलको निर्णयलाई ६ र ७ पुसमा धनकुटामा बस्ने केन्द्रीय समितिको बैठकबाट अनुमोदन गर्ने र फागुनमा हुने साधारण सभाबाट विधान संशोधन गरेर विधिबत रुपमा महासंघमा प्रत्यक्ष प्रणालीको निर्वाचनको थालनी गराउने बताए ।

 

अध्यक्ष आर्चायले भने, ‘अब खर्चिलो र भड्किलो निर्वाचन प्रणालीलाई महासंघले धान्न सक्दैन यसैले विधान संशोधन मस्यौदा समिति निर्माण गरेर तीनवटै तहको एकैचोटी प्रत्यक्षबाट निर्वाचन गराउन साधारणसभामा प्रस्ताव लैजान्छौ ।’

 

सम्मेलनमा सहभागी पत्रकार महासंघ जिल्ला शाखा र प्रदेश समितिका अध्यक्षहरुले महासंघको वर्तमान निर्वाचन प्रणाली एकदमै खर्चिलो हुँदा महासंघ शैक्षिक मगन्तेका रुपमा चिनिन थालेकोले विकल्प खोज्नुपर्ने माग गरेका थिए ।

 

उनीहरुले भडकिलो र खर्चिलो निर्वाचन प्रणालीकै कारण पत्रकारले मात्र नभएर महासंघले समेत जर्बजस्ती चन्दा संकलन गर्नुपर्ने बाध्यता रहेको बताएका थिए ।

 

हाल भइरहेको पार्शद प्रणालीको निर्वाचनले पत्रकारहरुको पेशागत मर्यादामा समेत ह्रास पु¥याइरहेकोले प्रत्यक्ष प्रणालीको विकल्प नभएको बताएका थिए । विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनले सदस्यता वितरणको अनुगमन नियमन गर्ने अधिकार प्रदेश समितिलाई दिएको छ ।

 

सम्मेलनले आर्थिक स्रोत खोज्ने र पत्रकारिताको विकासका लागि कार्यक्रमहरु सञ्चालन गर्ने अधिकार पनि प्रदेश समितिलाई प्रदान गरेको छ ।

 

१२ बुँदे विराटनगर घोषणा पत्र जारी

सम्मेलनले १२ बुँदे घोषणापत्र जारी गरेको छ । जसमा निजामती कर्मचारी र सक्रिय नभएका पत्रकारको सदस्यता नवीकरण नगर्ने अनि शुद्धिकरणमा सबै जिल्ला शाखाहरुलाई कठोर बन्न पनि निर्देशन गरेको छ । साथै संघ, स्थानीय तह र प्रदेश सरकारलाई प्रेस स्वतन्त्रता संकुचित पार्ने कानूनहरु जथाभावी नबनाउन पनि आग्रह गरेको छ ।

 

महासंघका सबै जिल्ला र प्रदेश समितिहरुले निर्माण भएका कानूनहरुको सुक्ष्म अध्ययन गरेर छलफल चलाउने पनि सम्मेलनले निर्णय गरेको छ ।

 

सरकारले लागू गरेको न्युनतम पारिश्रमिक लागू गराउन पत्रकार महसघ हदैसम्म कठोर बन्ने र समस्या भएका ठाउँमा कडा भन्दा कडा आन्दोलन गर्ने पनि सम्मेलनले निर्णय गरेको छ । पत्रकारको पेशाको पूर्ण सुरक्षाका लागि समाजिक सुरक्षाको योगदानलाई अगाडि बढाउने पहल थाल्न पनि सम्मेनलले महासंघलाई निर्देश गरेको छ ।

 

सक्रिय श्रमजीवि पत्रकारलाई सबै खाले सञ्चार सामग्री सञ्चार गृहले उपलव्ध गराउनुपर्ने र नगराएमा सो बरावरको पारिश्रमिक उपलब्ध गराउनुपर्ने सम्मेलनले निर्णय गरेको छ । संचारगृह र पत्रकार महासंघलाई पूर्ण समावेशी बनाउनुपर्ने, सबै तहमा महासंघको काम कारबाही निगरानी गर्न राष्ट्रिय परिषद गठन गर्न निर्देश गरेको छ ।

 

५ पुस अबरसम्म सञ्चालन भएको सम्मेलनको बन्द सत्रमा महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल, शिव गाउँलेले प्रेस स्वतन्त्रता र कानून अनि निर्वाचन प्रणालीबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

 

महासंघका उपाध्यक्ष विपुल पोखरेलले प्रदेश समितिको अधिकारबारेको निर्देशिका र महासचिव रमेश विष्टले प्रस्तुत गरेको संगठनको आवधिक प्रतिबेदनमाथि छलफल भएको थियो

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...