भीम रावलले ओलीलाई सोधे, मन्त्री ज्ञवालीको अमेरिका भ्रमण किन ?



हाम्रो इकोनोमि

 

नेकपाका नेता भीम रावलले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमण र त्यस क्रममा मन्त्री ज्ञवालीले गरेका भेटघाट र गतिविधिबारे पार्टीको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन् ।

 

नेकपाको जारी स्थायी समितिको शुक्रबार बैठक सुरु भएलगत्तै समय माग गरेर बोलेका रावलले परराष्ट्र मन्त्री ज्ञवालीको अमेरिका भ्रमणकोबारे बैठकमा जानकारी दिन अध्यक्षसँग आग्रह गरेका हुन् ।

 

‘प्रदीप ज्ञवालीको अमेरिका भ्रमणको खास कुरा के हो ? मिडियामा इन्डो प्यासिफिकको रणनीतिक मोर्चामा नेपाललाई सामेल गर्ने प्रस्ताव गरेको र हामीले सांकेतिक समर्थन गरेको भन्ने कुरा बाहिर आएको छ । त्यसबारे सरकारले प्रष्ट पार्नु पर्यो,’ रावलले बैठकमा जवाफ खोजेका थिए ।

 

जवाफमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले त्यस्तो नीति रहेको बताए । ‘हाम्रो त्यस्तो नीति हुनै सक्दैन । बाँकी कुरा उहाँ फर्केपछि उहाँले नै भन्नुहुन्छ,’ ओलीको जवाफ थियो ।

 

अमेरिकी विदेशमन्त्रीको निमन्त्रणामा अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल र अमेरिकाबीच सात दशक लामो सम्बन्धलाई व्यापक र विस्तृत बनाएर पारस्परिक हितका आधारमा अगाडि बढ्ने सहमति भएको प्रतिकृया दिएका थिए ।

 

मंगलबार परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकाका विदेशमन्त्री माइक पम्पेओबीच वाशिङ्टन डिसीमा यस्तो सहमति भएको थियो ।

 

दुई देशका परराष्ट्रमन्त्रीबीच ‘मिलेनियम च्यालेञ्ज कोअपरेशन’को कार्यान्वयन र यसबाट लाभ हासिल गर्ने विषयमा पनि छलफल भएको थियो ।

 

अमेरिकासँगको सहमतिपछि परराष्ट्रमन्त्री ज्ञवालीले भनेका थिए, ‘अमेरिका र नेपालबीचको सम्बन्धलाई साझा अठोटका साथ अझ फराकिलो बनाउँदै लगेर पारस्परिक हितमा काम गर्न साझा प्रतिबद्धता जनाएका छौँ ।’

 

त्यस्तै अर्का नेता घनश्याम भुषालले प्रदेश कमिटीले नै पूर्णता नपाइ जिल्ला कमिटी, नगर तथा गाउँ  कमिटी गठन गरेको समाचारहरु आइरहेको भन्दै त्यसलाई रोक्नुपर्ने बताएका थिए । ‘त्यो रोक्नुपर्छ । प्रदेश कमिटी नै फाइनल भएको छैन । जिल्ला कमिटी गठन नगरी कसरी गाउँ कमिटी गठन भयो ?,’ भुषालको प्रश्न थियो ।

 

भुषालको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले यसअघि नै प्रदेश कमिटीलाई परिपत्र गरिएको भन्दै पत्राचार आधिकारिक भएको बताएका थिए । ‘प्रदेश कमिटीको निर्णय आधिकारिक हो । मान्ने नमान्ने यहाँ छलफल हुन्छ । आजसम्म परिपत्र अनुसार नै काम भएको छ,’ ओलीको भनाई थियो ।

 

शुक्रबार नेम्वाङ, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, मणि थापा, अमिक शेरचनसहित ७ जना नेताहरुले राजनीतिक प्रतिवेदनमाथिको छलफलमा भाग लिएका थिए ।

 

सरकार र पार्टीको पक्ष–विपक्षमा सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । यो क्रम शनिबारसम्म चल्ने नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...