बिग बाश लिगको डेब्यू ओभरमै सन्दीपले लिए २ विकेट, वाट्सन बने पहिलो शिकार



 

नेपाली युवा स्टार सन्दीप लामिछानेले अष्ट्रेलियाको चर्चित टी-ट्वान्टी क्रिकेट प्रतियोगिता बिग बाश लिगको डेब्यू खेलमै विकेट लिएका छन् ।

 

मेलबर्न स्टार्सका तर्फबाट डेब्यू गरेका सन्दीपले आफ्नो दोस्रो बलमै विपक्षी टीम सिड्नी थण्डरका क्याप्टेन सेन वाट्सनलाई आउट गरेका हुन् ।

 

हार्ड हिटर वाट्सनको विकेट लिएकै ओभरमा सन्दीपले अर्का ब्याट्सम्यानलाई पनि आउट गरेका छन् । पहिलो ओभरमा २ विकेट लिने क्रममा सन्दीपले मात्र ३ रन खर्चिए ।

टि–ट्वेन्टी प्रतियोगिताको उपाधि पाँच पोखरीलाई

नेपाल–पाकिस्तान फ्रेन्डसिप टि–ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि पाँच पोखरी क्रिकेट क्लबले जितेको छ । नेपालस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको उक्त प्रतियोगताको फाइनल खेलमा पाँच पोखरीले रोयल इन्डो क्रिकेट क्बलाई ४३ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । जितसँगै पाँच पोखरीले रु ३० हजार प्राप्त ग¥यो ।

त्यस्तै उपविजेतामा चित्त बुझाएको रोयलले रु २० हजार प्राप्त ग¥यो । प्रतियोगितामा उत्कृष्ट खेलाडी पाँच पोखरीका नवीनसिंह थापा, उत्कृष्ट ब्याट्सम्यान पाँच पोखरीकै आकाश विष्ट तथा उत्कृष्ट बलर रोयलका सुवास खत्री घोषित भए ।

विजयी खेलाडीलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेपालका लागि पाकिस्तानी राजदूत मजहर जाबेद, युवा तथा खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालगायतले पुरस्कार वितरण गर्नुभयो ।

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाले नेपाल र पाकिस्तानको सम्बन्ध मजबुद रहेको बताउँदै यस किसिमको प्रतियोगिताले दुई देशबीचको सम्बन्ध मात्र नभई खेल क्षेत्रको पनि विकास हुने विचार व्यक्त गर्नुभयो । उक्त प्रतियोगितामा विभिन्न १६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्रको पहिलो जीत

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले सरस्वती युवा क्लबलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा मछिन्द्रले सरस्वतीमाथि ४–२ गोलअन्तरले विजयी हासिल गर्दै जारी लिगमा पहिलो जीत दर्ता गराएको हो ।

दश खेल खेलेको मछिन्द्रले लिगमा शीर्ष तीन अङ्क जोडेको यो पहिलो पटक हो । मछिन्द्रको जीतमा कप्तान विशाल राई, विदेशी खेलाडी भसाडिया डाइमान्डे, अनिल गुरुङ र विकास राईले एक÷एक गोल गरे ।

त्यस्तै खेलमा शुरुआती अग्रता भने सरस्वतीले लियो । खेलको चौथो मिनेटमा मछिन्द्रका खेलाडी सञ्जय राजबहाकले सरस्वतीका लागि आत्माघाती गोल गरे ।

त्यस्तै खेलको पहिलो हाफको १६औँ मिनेटमा मछिन्द्र विशालले एक गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । विशालले गोल गरेको चार मिनेट पनि बित्न नपाउँदै मछिन्द्रका विदेशी खेलाडी डियामान्डेले एक गोल थप्दै खेललाई २–१ को अग्रता ल्याए ।

त्यसैगरी खेलको २५औँ मिनेटमा मछिन्द्रका अनिलले एक गोल थपे । त्यसपछि खेलको ३६औँ मिनेटमा सरस्वतीका विदेशी खेलाडी फ्रान्सिस ओनेयामाले एक गोल थप्दै खेललाई ३–२ को स्थितिमा ल्याए ।

 

खेलको पहिलो हाफमा ३–२ ले अगाडि रहेको मछिन्द्रले दोस्रो हाफमा एक गोल थप्यो । खेलको दोस्रो हाफको अतिरिक्त समयमा विकासले पेनाल्टीमार्फत एक गोल गरेपछि मछिन्द्रले ४–२ को सहज जीत हात पा¥यो ।

खेलमा ‘म्यान अफ दी म्याच’ मछिन्द्रका कप्तान विशाल राई घोषित भए । यस जीतसँगै मछिन्द्र १० खेलबाट ६ अङ्कका साथ अङ्क तालिकाको ११औँ स्थानमा उक्लिएको छ । समान १० खेल खेलेको सरस्वती १० अङ्कका साथ नवौँ स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस
माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमानलाई

    उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्