नेकपा बैठकमा उठ्यो वृद्ध भत्ताको विषय, पूरक बजेट ल्याएरै भएपनि भत्ता बढाउन माग



 

प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा पूरक बजेट ल्याएर भएपनि जेष्ठ नागरिकको भत्ता वृद्धि गर्नुपर्ने आवाज उठेको छ । बैठकमा बोल्दै स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले सरकारले वृद्धभत्ता बढाउने भन्दै आशा बाँडेको तर त्यसमा काम नगरेको आरोप लगाएका हुन् ।

 

नेकपा नेतृत्वको सरकारलाई पुनर्गठन गर्ने बेला अझै नभएको तर प्रभावकारी बनाउनु पर्ने मत राख्दै विश्वकर्माले लोकान्तरसँग भने, ‘सरकारले प्रभावकारी ढंगबाट काम गर्न सकिरहेको छैन । तराई मधेसमा शीतलहर चलेको छ ।

 

यस्तो अवस्थामा जनतासँग खाना, नाना र छाना छैन, त्यसलाई सरकारले तुरुन्त सम्बोधन गर्नुपर्ने आवश्यकता छ, भन्ने विषयमा कुरा राखेँ ।’

 

‘जाडो छल्नका लागि मात्र भनेर सुदूर पश्चिमका जनता कालापत्थर गइरहेको अवस्था छ, देशका सुकुम्वासी, गरीब, दलितले सरकारबाट अपेक्षा गरे अनुरूपका सेवा सुविधा पाइरहेका छैनन्,’ विश्वकर्मा भन्छन्, ‘सरकारले तत्काल केही गर्नुपर्ने आवश्यकता छ ।’

 

सरकारले जनतामा सोचेजस्तो प्रभाव पार्न नसकेको र त्यसको कारण खोजी गर्नुपर्ने विश्वकर्माको राय  छ । विश्वकर्मा भन्छन्, ‘पार्टी एकताको काम लथालिङ्ग बनेको अवस्थामा संक्रमणकाल अझ लम्बिने निश्चित छ ।’

 

यो नेताहरूले एक आपसमा चिसोपन बढाउने समय नभएको तर्क विश्वकर्मा गर्छन् । ‘पुराना पार्टीमा के थियो, कस्तो ढंगले चल्थ्यो अब ती विषयहरूमा बहस गरेर काम छैन,’ विश्वकर्मा भन्छन्, ‘अब देखिने गरेर काम हुनुपर्‍यो । यो सरकार र पार्टीप्रति जनताले देखाएको भरोसालाई टुट्न दिनुहुँदैन ।’

 

आजको बैठकमा स्थायी कमिटी सदस्यहरू मणि थापा, अमिक शेरचन, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, सुवास नेम्वाङ, नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार राखेका थिए । बैठक भोलि बिहान ८ बजेदेखि पुन: बस्ने गरी स्थगित भएको छ ।

गुन्डा नाइके दीपक मनाङ्गेलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

चर्चित गुन्डा नाइके दीपक मनाङ्गे उर्फ राजीव गुरुङ थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि उनलाई छाडिएको डिल्लीबजार कारागार स्रोतले  बतायो ।

 

प्रदेश ४ का प्रदेशसभा सदस्य समेत रहेका मनाङ्गे ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए । उनलाई ७ वैशाखमा काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको थियो ।

 

अघिल्लो वर्ष माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । त्यसलगत्तै फरार भएका उनले सांसदको सपथ समेत लिन पाएनन् ।

 

सर्वोच्चको फैसलापछि उनी सुरुमा सिक्किम पुगेका थिए । ठाउँ फेर्दै प्रहरीको आँखा छल्दै हिँडेका उनी बिहीबार स्वयम्भूबाट पक्राउ परेका थिए ।

 

के हो मुद्दा ?

दीपक मनाङ्गेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार होनेको थियो । प्रहरीले मनाङ्गे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्‍यो तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।

 

त्यो फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गयो । अदालतले ०६९ मा ज्यानमुद्दा ठहर गर्दै मनाङ्गेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गर्‍यो ।

 

सरकारी वकिलको कार्यालय मनाङ्गे बाहेकका चार जनालाई पनि सजाय माग गर्दै सर्वोच्च गएको थियो । त्यही मुद्दामा मंगलबार न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले पुनरावेदनकै फैसला सदर गरेपछि प्रहरीले उनको खोजी थालेको थियो ।

प्रतिक्रिया दिनुहोस
एमालेबाट कीर्तिपुरको मेयरमा मानन्धर सिफारिस

    नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. सुरेन्द्र मानन्धरलाई नै उम्मेदवार

चुनावी गठबन्धन गर्न एकीकृत समाजवादी खुल्ला

    नेकपा एकीकृत समाजवादीले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा चुनावी

एमालेबाट उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचन

    नेकपा एमालेले लुम्बिनी प्रदेशको रुकुमपूर्वमा रहेको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी

माओवादीको केन्द्रीय कमिटी बैठक नबस्ने

    नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक उपनिर्वाचन अघि नबस्ने भएको छ