निर्मलालाइ मोडेल बनाउने भनेर होटेलमा पुर्याएको खुल्यो तथ्य,१० लाख सम्म कमाएको खुल्यो भेद



हाम्रो इकोनोमि

 

साउन १० गते बिहान उल्टाखामबाट निर्मला पन्त साथी रोशनी बमको घर गइन्।त्यहाँबाट उनी कहाँ गइन्, कसैले यकिन भन्न सकेका छैनन्। भोलिपल्ट उखुबारीमा शव भेटियो।

 

धेरैको शंका छ – बम दिदी बहिनीसहित निर्मला महेन्द्रनगर बजारमा रहेको ओपेरा होटलतर्फ लागिन्। त्यहाँ एसपी दिल्लीराज विष्टका छोरा किरण विष्ट आफ्ना साथीहरुसहित फोटो सेसन गर्दै थिए।

 

हामीलाई बजारमा धेरैले ‘रे’का आधारमा सुनेको कुरा बताए, ‘एसपीका छोराको बर्थ डे पार्टी त्यहाँ भएको थियो। त्यही पार्टीमा मोडल बनाइदिन्छु भन्ने आश्वासन दिएर निर्मला र बम दिदी बहिनी पनि पुगेकी थिइन्।’

 

हामीसित गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन थियो, जसमा विष्टलाई शंकास्पद भनिएको छ। कारण उनले आफ्नो बयानमा साउन १० गते (जुन दिन निर्मला हराएकी थिइन्) दिउँसो २ बजेपछि होटल ओपेरामा ‘मैले नचिनेका तीन जना केटीहरु पनि थिए’ भनेका थिए।

ती तीन केटीमध्ये एक निर्मला हो कि भन्ने शंका उनका बुबा यज्ञराजले नै गरेको खबर मिडियामा आएको थियो। अर्का दुई जना बम दिदी बहिनी हुनुपर्ने ‘हल्ला’ भयो।

*

‘तँ नै होस् निर्मलाको बलात्कारी भनेर तिम्रै अगाडि नै कसैले भन्यो भने के गर्छौ?’

हाम्रो सोझो प्रश्नको झटारो।

‘हजुर (प्रमाण) खोजेर ल्या, मलाई जेल लग,’ दुई हात जोड्दै उनले छोटकरीमा जवाफ दिए।

 

ल्याङफ्याङे शैलीमा अनुहार आधा छोपिने गरी कालो मास्क लगाएर दरबारमार्गको सडकमा कसैलाई कुरेर बसिरहेका अग्लो कदको एक युवक नै किरण विष्ट होलान् भनेर हामीले अनुमान नै गरेका थिएनौं।

किरण अर्थात् एसपी दिल्लीराज विष्टका छोरालाई पहिलोपटक भेट्दा हामीले धेरैको मनमा रहेको प्रश्न सिधै सोधेका थियौं।

‘प्रमाण त सबै मेटाइसक्यो होला नि। कहाँबाट भेटिन्छ?,’ हामी छाड्ने पक्षमा थिएनौं।

 

‘म बम दिदीबहिनीहरुको घरमा जान्छु भनेका छन् हैन? ल एक दिनको पनि उनीहरुलाई मैले फोन गरेको कल डिटेल रेकर्ड लिएर आउनु। बाइ चान्स उनीहरुको नम्बरमा कल गएको रहेछ भने पनि म जान्छु जेल ल,’ उनले चुनौती नै दिए।

 

हामीलाई उनको भनाइमात्र राखेर दावीकारिता गर्नु थिएन। त्यसैले दुई महिनासम्म उनको भनाईलाई अनुसन्धानमा संलग्न प्रहरी, उनीसँग रहेका भनिएका साथी, प्रतिवेदन र अन्य उपलब्ध डकुमेन्टहरुमा रहेका तथ्यसँग भेरिफाइ गर्दै रह्यौं।

 

किरण विष्टलाई केही मिडिया, फेसबुक, ट्विटर र युट्युब लगायतका सोसल मिडिया र भिडले समेत आफ्नै इजलासबाट बलात्कारी र हत्याको दोषी ठहर गरिरहेका थिए।

 

निजामती कर्मचारी (सहसचिव हरिप्रसाद मैनाली) को नेतृत्वमा गृह मन्त्रालयले बनाएको विशेष छानबिन समितिले समेत प्रतिवेदनको पेज २७ मा रहेको ‘प्राप्त तथ्यहरुको मूल्याङ्कन र विश्लेषण’ खण्डमा उनको ‘व्यहोरा शंकास्पद देखिएको’ उल्लेख गरिएको छ।

 

तर, अनुसन्धान गर्ने निकायले भने केही भेट्टाउनै सकेन। छिसिक्क केही प्रमाण भेटिए भिडले देखाइदिएको ‘व्यक्ति’लाई अनुसन्धान गर्न पाए त आफूहरुलाई नै हाइसन्चो हुने अनौपचारिक कुराकानीमा प्रहरीहरु नै बताउँछन्।

 

एसपी विष्टका छोराको नाम घटना भएको लगभग एक महिनापछि मात्रै जोडियो। त्यसैले अनुसन्धान गर्ने पहिलो टोलीले त उनलाई अनुसन्धानको घेरामा समेत राखेको थिएन।

 

प्रहरीको पहिलो टोलीलाई प्रतिस्थापन गरी दोस्रो टोलीले कमान्ड सम्हालेपछि जनआवाजका कारण एसपी विष्टका छोरामाथि अनुसन्धान भएको थियो। जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले भने, ‘हामीले किरण विष्टको प्राविधिक पक्षदेखि सबै कुरा हेरेका थियौं। तर, कुनै पनि कनेक्सन देखिएन।’

 

उनको कल डिटेल रेकर्ड, कल लोकेसन रेकर्ड, एसएमएस, फेसबुक लगायतका सम्पूर्ण विवरण हेर्दा पनि घटनासँगको कुनै लिङ्क नभेटिएको ओझाको भनाई छ।

त्यसमाथि, डिएनए म्याच भएन।

‘डिएनए नभइदिएको भए कति महिना पुर्पक्षका लागि थुनामा जाकिन्थ्यो होला त्यो केटो,’ हामीले भेटेका धेरै अनुसन्धानकर्मीले यस्तै आशयसमेत सुनाए।

डिएनएको रिपोर्ट उनका लागि भगवान बनिदियो।

‘भगवानले हेरेको छ के सब कुरा!’

हामीसित कुरा गर्दा उनी पटकपटक भगवानप्रतिको विश्वास व्यक्त गरिरहेका हुन्थे।

‘डिएनए टेस्ट गर्ने भन्ने बित्तिकै दिमागमा के आयो त?’ हामीले सोध्यौँ।

‘केही नि आएन, बालै भएन,’ पहिलो भेटमा उनले जवाफ फर्काएका थिए, ‘गल्ती छैन भने किन डराउने, चेक गर्नुस्।’

दोस्रो पटक हामीले उनलाई महेन्द्रनगरमा स्थलगत रिपोर्टिङबाट फर्किएपछि भेट्यौं। फेरि सोध्यौं, ‘डिएनए केही गरी मिल्यो भनिदिने पनि सम्भावना हुन्थ्यो नि। डर लागेन?’

‘कसरी मिल्छ?’, विष्टले ‘छ’ अक्षरलाई लामो समयसम्म उच्चारण गर्दै आत्मविश्वासी शैलीमा जवाफ फर्काए।

‘मिल्दैन हो, तर मिल्ने देखाइदिन त सकिन्छ नि’

‘एक ठाउँमा मिलेको देखाउला रे, सबै ठाउँमा मिलेको कसरी देखाउन सकिन्छ? विदेशमा गरायो भने के हुन्छ?’

किरणलाई सानैदेखि इन्जेक्सन भनेपछि साह्रै डर लाग्ने रहेछ। तर, डिएनए टेस्टका लागि महेन्द्रनगरमा इन्जेक्सनबाटै उनको रगत निकालियो।

रगतको नमूनाले नपुगेर राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा उनको मुखबाट ‘बकल स्वाब’को नमूना पनि लिइयो।

‘१० मिनेटसम्म मुखमा के कोच्चायो, के कोच्चायो। यता कोचेको छ, उता कोचेको छ। मुखै दुख्यो कति दिनसम्म,’ हाँस्दै सुनाए, ‘डिएनए त जहाँको गरे पनि एउटै आउने हो नि, हैन?’

 

डिएनए नमिलेपछि उनलाई शंका गर्नेहरुको संख्या केही कम त पक्कै भएको हो। तर, पूरै रोकिएको छैन। फेसबुकको मेसेन्जरमा उनलाई व्यक्तिगत रुपमा नै गालीगलौज र धम्की आउने क्रम जारी छ।

त्यतिमात्र होइन, मोबाइलमा फोन गरेर मार्ने धम्कीसमेत आइरहे।

 

‘मैले समितिका मानिसलाई मेरो सबै मोबाइल हेर्नुहोस्, चेक गर्नुहोस् तर मोबाइल नम्बर सार्वजनिक नगर्नुहोस् भनेको थिएँ। समितिको प्रतिवेदन सार्वजनिक गर्दा मेरो मोबाइल नम्बर पनि राखेको रहेछ। पछि त मोबाइलमा फोन गरेर मार्ने धम्कीसमेत आउन थाल्यो,’ उनले भने।

 

जब ‘मिडिया ट्रायल’ले दोषी बनायो
साउन १० गते निर्मला पन्त हराएकी थिइन्। भोलिपल्ट शव भेटिएको थियो। तर, झण्डै एक महिनापछि मात्रै उनको नाम जोडियो।

किरण सम्झन्छन्, भदौ ८ गते अनलाइनमा उनको नाम पहिलो पटक मुछिएको। त्यसमा लेखिएको थियो

 

स्थानीयका अनुसार त्यो (बम दिदी बहिनीको) घरमा दुईजना केटाहरु प्राय आवत् – जावत गरिरहन्थे। पछि पत्ता लागेअनुसार ती दुईजना केटाहरुमा एकजना कञ्चनपुरकै एसपी डिल्लीराज विष्टका छोरा रहेछन्। अर्काचाहिँ भीमदत्त नगरपालिकाका मेयरका भतिजा रहेछन्। स्थानीयका अनुसार दिदी बहिनीमात्रै भएको त्यो घरमा ती दुई युवकहरु बाक्लै आउने-जाने गर्थे।

 

उनले फोन गरेर सोधे मिडियामा। तर, उनका अनुसार ‘हामीसँग प्रमाण छ’ भनेर जवाफ दिइयो। ‘खै त प्रमाण?,’ उनले हामीलाई पो सोधे।

तर त्यो समाचार थुप्रै अनलाइनहरुमा कपिपेस्ट हुँदै झन् झन् फैलँदै गयो।

 

सुरुमा हल्ला मेयरका छोरा भन्ने थियो। पछि मेयरका छोरा सानै उमेरका छन् भन्ने चाल पाएपछि उनीसँगै बम दिदी बहिनीको घरमा आउजाउ गरिरहने अर्का युवक चाहिँ मेयरका भतिजा हुन् भन्न थालियो।

अनि उनलाई कुनै मिडियाले पनि उनको भनाई के छ भनेर सोधेन त?

‘कसैले मलाई केही सोधेको छैन। तपाईँहरुसित हो फर्स्ट टाइम मैले कुरा गरेको। तपाईँहरु पनि ह्युमन राइट्सवाला हो कि के हो, मलाई थाहा भएन,’ उनले हामीमाथि नै शंका गरे।

र भने, ‘मेरो पनि ह्युमन राइट्स छ। गलत भएको भए मलाई समात्नुस्।‘

मिडियामा किन नगएको त?

‘मिडियामा जाउँ भनेको। कोहीसँग कन्ट्याक्ट छैन। बाउलाई भन्यो, झन् टेन्सन हुन्छ। त्यसैले चुपचाप,’ लाचारी देखाउँदै उनले भने।

आफ्नो नाम मुछिएपछिको पहिलो हप्ता त उनलाई अति प्रेसर भयो। किन यस्तो भयो, मैले के गरेको थिएँ र भन्ने भइरह्यो,’ उनले भने, ‘अहिलेसम्म शक मै छु, किन यस्तो भयो भनेर।‘

डिएनए रिपोर्ट सार्वजनिक भइसकेपछि उनले कात्तिकमा आफ्नो फेसबुकमा खुलापत्र लेखेर राखेका थिए। ‘म नेपालीमा अलि कमजोर छु। त्यसैले दाइहरुलाई यसलाई नेपालीमा के हुन्छ भनेर सोधी सोधी लेखेको हुँ,’ उनले प्रष्ट्याए।

किन त नेपालीमा नै?

‘इंग्लिसमा लेख्यो भने त कसैले बुझ्दै बुझ्दैन। बुझ्दै नबुझी जेपिटी कमेन्ट हानिरा हुन्छन्।’

‘युट्युब च्यानल पनि कसैले सम्पर्क राखेका छैनन्?’ भनेर सोध्दा उनले जवाफ फर्काए, ‘मेरो आफ्नै छ त युट्युब च्यानल।’ आफ्नो कुरा हालौं कि जस्तो पनि लागेको रहेछ उनलाई।

तर, अरु भिडियोहरुमा बुझ्दै नबुझी आएका कमेन्टहरु देखेर तर्सिएछन्। ‘ह्या यस्तो पनि हाल्छ, आफ्नै बिल्ला हुन्छ’ भन्ने लाग्यो उनलाई।

युट्युबसँगै जोडिएको एउटा प्रसंग पनि सुनाए उनले।

‘निर्मला केसमा कसैले ६/७ लाख कसैले १० लाख कमाए। अस्ती नै एउटा दाइलाई भेटेको थिएँ। भने, ‘यार यो केसले त मलाई धनी बनायो।’

‘कुन केस?’

‘निर्मला’

‘ह्याँ आफ्नो यत्रो बेइज्जत भइरा’छ। उसको कमाउ धन्दा।’

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...