रुसी राष्ट्रपतिले दोस्रो बिहे गर्ने, यी हुन सुन्दरी गर्लफ्रेण्ड



 

६६ वर्षका रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आफूले दोस्रो बिहे गर्न सक्ने बताएका छन् । बिहीबार वार्षिक पत्रकार सम्मेलनको क्रममा उनले यस्तो बताएका हुन् । बिहीबार पत्रकार सम्मेलनमा पुटिनले अन्तर्राष्ट्रिय मुद्दा र अर्थव्यवस्थाबारे कुरा गर्दै थिए । पत्रकारको प्रश्नको जवाफ दिइरहेको पुटिनलाई एकाएक एक पत्रकारले आफ्नो कुनै एउटा रहस्य उजागर गर्न चुनौती दिए जुन रहस्य उनको मनको निकै नजिक होस् ।

ती पत्रकारको भनाइपछि पुटिनले मुस्कुराउँदै भने ‘एक इज्जतदार व्यक्ति भएको नाताले मैले कुनै न कुनै बेला बिहे गर्नैपर्छ ।’ तर, पुटिनले यो बताएनन् कि उनी कोसँग विवाह गर्दैछन् । रुसी तथा अन्तर्राष्ट्रिय मिडियाको दावी अनुसार पुटिनको रुसकी पूर्व जिम्न्यास्टिक खेलाडी एलिना कबाएबासँग सम्बन्ध छ । एलिना जिम्न्यास्टिकमा ओलम्पिक स्वर्ण पदक विजेता हुन् ।

 

यद्यपि पुटिनले भने यो कुरा स्वीकार गरेका छैनन् । तर, एलिना विभिन्न ठाउँमा औपचारिक जिम्मेवारीबिना पनि पुटिनसँगै देखिन्छिन् । २०१६ मा अन्तर्राष्ट्रिय मिडिया रोयटर्सले एक रिपोर्टमा पुटिनका नजिकका एक व्यापारीले एलिनाको नाममा कैयौं भौतिक सम्पत्ति नामसारी गरिदिएको दावी गरेको थियो । को हुन् त एलिना ?

 

१६ वर्षमूनिका किशोरहरुको चोरी गर्ने ग्याङ : चार जना पक्राउ

काठमाडौँको पानीपोखरीबाट प्रहरीले चोरीमा संलग्न चार जनालाई पक्राउ गरेको छ । महानगरिय प्रहरी वृत महाराजगंजबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई चोरीको सामानसहित राति ८ः३० बजे पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेहरु काभ्रे घर भई नयाँबजार बस्ने वर्ष १६ का प्रज्वल तामाङ, रामेछाप घर भई ढल्कु बस्ने वर्ष १५ को अनिल तामाङ, मकवानपुर घर भई स्वयम्भु बस्ने वर्ष १५ का राजिव देउलालाई प्रहरी टोलीले शंका लागि सोधपुछ गर्ने क्रममा उनीहरुको साथमा रहेको झोलाबाट घरको ढोका फोर्न प्रयोग गरिने औजार भेटिएको कार्यालयका प्रमुख (डिएसपी) फडिन्द्र प्रसाईंले जानकारी दिए ।

 

त्यस्तै सोधपुछको क्रममा उनीहरुको साथबाट मासु काट्ने हतियार, ल्यापटप, मोबाइल बरामद गरिएको उनले बताए ।

 

पक्राउ  परेका उनीहरुलाई थप सोधपुछ गर्ने क्रममा दोलखा घर भई पकनाजोल बस्ने वर्ष १६ को निमा तामाङ समेत पक्राउ परेका छन् । उनीहरुले विभिन्न क्षेत्रको घर फोरी चोरी गर्ने गरेको पाइएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

 

ढल्कुस्थित नारयण तण्डुकरको ३ तले घरको दोस्रो तलामा अनिल तामाङले लुकाई राखेको चोरीका सामान तथा नगद जिन्सी समेत फेला परेको छ ।

 

पक्राउ परेका उनीहरुको साथबाट नगद ६६ हजार पाँच सय ७५ रुपैयाँ, ल्यापटप ३ थान, मोबाइल ९ थानसँगै एउटा आइफोन, ढलोटको मूर्ति १ थान, सुनको जस्तो देखिने औठी १ थान, सुनको जस्तो देखिने तिलहरी, १ थान, चाँदीको पाउजु २ थन, घर फोर्ने औजार पेचकस ५ थानलगायत सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।  पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाही गरिने प्रहरीले बताएको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

धनुषा, प्युठान, बाग्लुङ र कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।  धनुषा मिथिला विहारी नगरपालिका–१० स्थित सडकमा ज.१ ह.३७०४ नम्बरको टेम्पोलाई तारापट्टीबाट जनकपुरतर्फ जाँदै गरेको बा.२० च.८५५९ नम्बरको कारले बिहीबार दिउसो ठक्कर दिँदा टेम्पोमा सवार धनुषा जनकपुर उपमहानगरपालिका–१९ बेङा शिवपुर बस्ने ७० वर्षीय रिजन दासको जनकपुर अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

 

दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । टेम्पो चालक प्रहरी नियन्त्रणमा रहेका छन्, भने फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

 

प्युठान माण्डवी गाउँपालिका–१ सिमलचौर स्थित सडकमा लु. ४० प ९०५७ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका सोही गाउँपालिका बस्ने ४० वर्षीय डोमबहादुर थापाको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

बाग्लुङ, बागलुङ नगरपालिका–१४ सरङगीस्थित सडकमा बागलुङ सदरमुकाम देखि कुश्मिसेरातर्फ जाँदै गरेको ना.७ त ११०५ नम्बरको ट्याक्टर सडकको बिच भागमा बिहीबार राति पल्टिएर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही नगरपालिका–५ पञ्चकोट बस्ने ३० वर्षीय सुरेश बि.क.को धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

कैलाली धनगढी उपमहानगरपालिका–५ जाई स्याउले चोकस्थित सडकमा शुक्रबार बिहान से.१ त २६७४ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरको टायरले किच्दाँ सहचालक कैलाली भजनी नगरपालिका–६ थापापुर बस्ने २९ वर्षीय देबराम चौधरीको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको