दुई पूर्वप्रधानमन्त्रीविरुद्धको मुद्दाको सुनुवाइ आज



हाम्रो इकोनोमि

 

पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी छुट्टाछुट्टै मुद्दाको पेशी आजका लागि तोकिएको छ ।

 

प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाटै निर्णय गरेर सर्वोच्च अदालतले गरेको फैसलाको विरोध गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । अधिवक्ता हरिप्रसाद मैनालीले २० चैत ०७३ मा दायर गरेको मुद्दाको पेशी प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलाशमा परेको छ ।

 

तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डविरुद्ध द्वन्द्वपीडितहरूले शान्ति सम्झौतापछि अदालतले दिएको आदेश पालना नगरेको भन्दै अवहेलना मुद्दा दर्ता गरेका हुन् । यो मुद्दाको पेशी शारदाप्रसाद घिमिरे र डम्बरबहादुर शाहीको संयुक्त इजलाशमा परेको छ ।

 

माओवादी पीडित राष्ट्रिय संघर्ष समितिका सदस्य मीनादेवी तिवारी र भोजराज तिमिल्सिनाले प्रचण्डविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए । रिटमा द्वन्द्वपीडितलाई राहत उपलब्ध गराउने, पाँच वटै विकास क्षेत्रबाट द्वन्द्व पीडितको प्रतिनिधित्व हुने गरी आयोग गठन गर्ने अदालताको आदेश पालना नगरेको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...