दुई पूर्वप्रधानमन्त्रीविरुद्धको मुद्दाको सुनुवाइ आज



हाम्रो इकोनोमि

 

पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी छुट्टाछुट्टै मुद्दाको पेशी आजका लागि तोकिएको छ ।

 

प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाटै निर्णय गरेर सर्वोच्च अदालतले गरेको फैसलाको विरोध गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । अधिवक्ता हरिप्रसाद मैनालीले २० चैत ०७३ मा दायर गरेको मुद्दाको पेशी प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलाशमा परेको छ ।

 

तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डविरुद्ध द्वन्द्वपीडितहरूले शान्ति सम्झौतापछि अदालतले दिएको आदेश पालना नगरेको भन्दै अवहेलना मुद्दा दर्ता गरेका हुन् । यो मुद्दाको पेशी शारदाप्रसाद घिमिरे र डम्बरबहादुर शाहीको संयुक्त इजलाशमा परेको छ ।

 

माओवादी पीडित राष्ट्रिय संघर्ष समितिका सदस्य मीनादेवी तिवारी र भोजराज तिमिल्सिनाले प्रचण्डविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए । रिटमा द्वन्द्वपीडितलाई राहत उपलब्ध गराउने, पाँच वटै विकास क्षेत्रबाट द्वन्द्व पीडितको प्रतिनिधित्व हुने गरी आयोग गठन गर्ने अदालताको आदेश पालना नगरेको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...