कांग्रेसमा पदाधिकारी विवाद मिल्यो, सहमहामन्त्री ७ जना



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसको पदाधिकारी संख्या १३ पुग्ने भएको छ । लामो रस्साकस्सीपछि शीर्ष नेताहरुले सहमहामन्त्रीको संख्या ७ पुर्‍याउने सहमति गरेका छन् ।

 

अब उपसभाति, महामन्त्री २/२ जना हुनेछन् भने समहामन्त्री ७ जना रहनेछन् ।१३ पदाधिकारी मध्ये कोषध्यक्षबाट सबै निर्वाचित हुनेछन् ।

महासमिति बैठक लम्बिँदा दैनिक पाँच लाख थप खर्च

पार्टी विधानमा सहमति जुट्न नसक्दा नेपाली कांग्रेसको महासमिति बैठक निर्धारित मितिमा सम्पन्न हुन सकेन । मंगलबार सकिनुपर्ने महासमिति बैठक कहिले सकिन्छ यकिन छैन ।

 

कांग्रेस कोषाध्यक्ष सीतादेवी यादव भने बैठक लम्बिँदा अपेक्षा गरे भन्दा बढी खर्च हुन लागेकोमा चिन्तित छिन् । उनी भन्छिन्, ‘बैठक लम्बिँदा दैनिक पाँच लाख रुपैँया खर्च बढेको छ ।’

 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा बैठक शनिबारसम्म सक्ने लक्ष्य रहेको बताउँछन् । विधानमा मिल्न बाँकी विषय लगभग टुँगिएको उनको दाबी छ ।

 

प्रवक्ता शर्माले भनेकै मितिमा बैठक सकियो भने पनि करिब ५० लाख थप खर्च हुने स्थानीय व्यवस्थापन समितिका एक सदस्यले अनलाइनखबरलाई जानकारी दिए । उनी भन्छन्, ‘केन्द्रीय नेताहरूले सहमति जुटाउन नसक्दा एक करोडमा सम्पन्न गर्ने लक्ष्य राखिएकोमा डेढ करोड खर्च लाग्ने देखिएको छ ।’

 

पार्टीले करिब १६ सय महासमिति सदस्यलाई खाजा, बिहानको खाना र चियाको व्यवस्था गरेको छ । दुई ठाउँमा बैठकस्थल बनाउनु पर्दा पनि थप खर्च लागेको हो ।बुधबारदेखि बैठकस्थल रामशाहपथस्थित एउटा यगम्बर प्यालेसबाट पार्टी केन्द्रीय कार्यालयमा सरेको छ ।

 

पार्टीले महासमिति सदस्यबाट जनही एक हजार रुपैयाँ प्रवेश शुल्क संकलन गरेको थियो । प्रवक्ता शर्मा बैठक खर्च पार्टीले नै व्यवहोर्ने र बाहिर कसैसँग चन्दा नउठाएको बताउँछन् ।

 

पार्टीभन्दा व्यक्ति धनी !

यसैवीच, कतिपय नेताहरुले चाहिँ महासमिति बैठकमा पार्टीभन्दा नेता धनी देखिएको गुनासो पोखेका छन् ।

 

पार्टीसँग स्रोत छैन भन्दै महासमिति सदस्यहरुलाई खाने बस्ने प्रबन्ध आफैं गर्न भनिए पनि शेरबहादुर देउवा, विजय गच्छदारलगायतका नेताहरुले बेग्लाबेग्लै भोजको आयोजना गरेको र ब्ल्याक लेबलसमेत खुवाएको गुनासो पौडेल पक्षका एक नेताले बताए ।

 

उनले भने– देउवा र गच्छदारलगायतका नेताहरुले भोज खुवाउन सक्ने तर पार्टीले महासमिति सदस्यहरुलाई गास-बासको प्रवन्ध गर्न चाहिँ नसक्ने ? यसले पार्टीभन्दा व्यक्ति धनी भएको संकेत देखिएको छ । नेताहरुको आर्थिक स्रोत के हो भन्ने प्रश्न पनि पार्टीमा उठेको छ ।’

 

काठमाडौंको जाडोमा बैठक लम्बिएकाले टिक्न नसकेर कैयौं नेताहरु जिल्ला फर्कन थालेको पनि ती नेताले  बताए ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...