विराटनगरको ‘बदमास केटो’: बिनासर्जरी आँखाको नानी प्रत्यारोपण गर्ने विश्वकै पहिलो डाक्टर



हाम्रो इकोनोमि

 

विराटनगरको ‘बदमास केटो’: बिनासर्जरी आँखाको नानी प्रत्यारोपण गर्ने विश्वकै पहिलो डाक्टर

उनी बच्चैदेखि थिए, चकचके। नर्सरीमै पटक पटक फेल। बदमासीको हद पार हुन थालेपछि परिवारले सम्हाल्न सकेन। सात वर्षकै उमेरदेखि नै होस्टेल हाल्नपर्‍यो।
यो बदमास केटो ‘डाक्टर’ हैन ‘ड्राइभर’ बन्छ – सबै त्यस्तै भन्थे, उनको चर्तिकला देख्दा।

विराटनगरको ‘बदमास केटो’ लाई त्यतिखेर देख्ने जो कसैले अहिले देख्यो भने छक्कै पर्छन्। त्यो चकचके केटोको नाम हो किशोरराज प्रधान जसका अगाडि छ – डाक्टर। डाक्टरमात्र होइन, चर्चित डाक्टर। रेटिना स्पेसलिस्ट।

सानोमा सबैले चकचके र वदमास देखेको किशोरराजले यतिखेर धेरैको आँखाको पर्दा खोलिसकेका छन्।

रेटिना, अर्थात् आँखाको पर्दा जसलाई हामी खुल्ला आँखाले देख्न सक्दैनौँ। यसमा समस्या आउँदा उपचार नभए आँखाको ज्योति नै बन्द हुन्छ।

आँखाको संवेदनशील विषयका विज्ञ डाक्टर किशोरराज केटाकेटी छँदा विराटनगरमा वदनाम थिए तर अहिले विश्वभर चर्चित छन्। उनी आँखाको नानीमा ‘स्माइल लेजर’ हाल्ने नेपालका एक्ला डाक्टर हुन्। उनको परिचय यतिमै सीमित छैन।

उनले विश्वमै पहिलोपटक ‘सुचरलेस फर्मिङ ट्रान्सप्लान्ट’ गरे। विकसित देशका डाक्टरहरुले हात पार्न नसकेको सफलता उनको पोल्टामा छ। तिलगंगा अस्पतालको पहिचानलाई विश्वमा थप उचाई दिए उनले।

‘सुचरलेस ट्रान्सप्लान्ट’ अर्थात् आखाँको नानी फेर्दा टाँका नलगाइकन गर्ने सर्जरी। १ वर्षमात्रै भयो यो सर्जरी तिलगंगा आँखा अस्पतालमै सफल भएको। पोखराका सुनिल बरालको ‘सुचरलेस ट्रान्सप्लान्ट’ गरेका थिए उनले। हङकङमा गएर यसको रिपोर्ट पनि प्रस्तुत गरिसके। यसपछि उनीसँग अर्का विरामी पनि छन् जो यही प्रविधिबाट सर्जरी गराउँदैछन्।

 

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...