ठेकेदार र मन्त्री बिना मगर करोडौँ कमिसनको खेलमा, प्रधानमन्त्रीले भने आजै कारबाही गर्छु
उपत्यकाबासीको दुई दशकदेखिको सपना मेलम्ची खानेपानी आयोजना कमिसनको जालोमा अल्झिएको छ । खानेपानी मन्त्रालय र आयोजनाका कर्मचारीले कमिसन पाउन नसक्दा इटालियन ठेकदारलाई भगाउने खेल सुरु भएको छ । यससम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै चासो दिएका छन् ।
प्रधानमन्त्रीको चासोपछि बिहीबार संसदको अर्थ समितिले यससम्बन्धि छलफल गर्न बैठक बोलाएको छ । खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुर र मेलम्ची खानेपानी आयोजनाका प्रमुख सुर्यप्रकाश कँडेलका कारण मेलम्ची आयोजना अन्योलमा परेको हो ।
उनीहरुले प्रधानमन्त्री ओलीलाई असफल बनाउन इटालियन ठेकेदार कम्पनीलाई विभिन्न बहाना बनाएर दुःख दिन थालेका छन् । यदि इटालियन कम्पनी सिएमसीसँग भएको सम्झौता पालना गर्ने हो भने मेलम्चीको पानी फागुन महिना भित्र काठमाडौं आउने छ । काठमाडौंबासीले सरकारको जयजयकार गर्नेछन् । मेलम्ची खानेपानी आयोजनाका अनुसार टर्नेल २७ किलोमिटर बनिसकेको छ ।
अब ९ सय मिटर मात्र लाइनिङ गर्ने काम बाँकी छ । नौ सय मिटर टर्नेल लाइनिङ काम सम्पन्न गर्ना साथ पानी काठमाडौं पठाउन मिल्छ । तर, मन्त्रालयका सचिव ठाकुर र आयोजना प्रमुख कँडेलले ठेकेदार कम्पनीलाई दिनुपर्ने भुक्तानी समेत नदिएकाले ठेकेदार कम्पनीले भुक्तानीका लागि दबाव दिन काम रोक्न बाध्य भएको छ ।
ठेकेदार कम्पनीले भूकम्प र नाकाबन्दीका कारण समयमा काम सम्पन्न हुन नसकेको र निर्माण सामग्री, ज्याला आदीको भाउ बृद्धि भएकाले ६० करोड रुपैयाँ ‘भेरिएशन’ माग गरेको छ । त्यो रकम भुक्तानी नहँुदा ठेकेदार कम्पनीले बजारबाट उठाएका निर्माण सामग्री र बैंकको ब्याज समेत तिर्न सकेको छैन । सिमेन्ट, छड र निर्माण सामग्री सप्लार्य गर्नेहरुले भुक्तानीका लागि चेक बुझिसकेका छन् ।
ती चेकको मिति पनि गुज्रिसकेको छ । तर, पनि आयोजना समयमै सम्पन्न गर्ने्तिर खानेपानीमन्त्री विना मगर, सचिव ठाकुर र आयोजना प्रमुख कँडेल गम्भीर नहुनुले उनीहरुको नियत ठीक देखिँदैन । भेरिएशन र डिव्युट वोर्डले गरेको निर्णया समेत उनीहरुले रोकेर राखेका कारण ठेकेदार कम्पनी ठूलो समस्यामा परेको छ ।
मन्त्रालय र आयोजनाका भंष्ट मानसिकताका कारण आयोजना अनिश्चित बन्दै गएका बेला आफ्नो कमजोरी लुकाउन क्रिशमस मनाउन घर जाँदै गर्दा एकजना फिलिपिनो नागरिकलाई सचिव ठाकुर आफैँ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर फर्काएको छ । कम्पनीका अर्का कर्मचारीलाई ठमेलबाट भाग्न खोजेको आरोपमा उनको पासपोर्ट खोसाएको छ ।
इटालियन कम्पनीमा विभिन्न देशका नागरिकहरुले काम गर्दै आएका छन् । तिनीहरु क्रिसमस मनाउन विदामा आ–आफ्नो देश फकँदैछन् । तर, नेपाल सरकारकै बेइज्जत हुने गरी इटलियन कम्पनी भाग्न खोजेको आरोप सचिव ठाकुरले लगाउनु मेलम्चीको पानी समयमा काठमाडौं ल्याउनुबाट रोक्नु हो ।
यसले ओली सरकार अझ आलोचित हुने पक्का छ । सचिव ठाकुर र आयोजना प्रमुख कँडेल प्रधानमन्त्री ओलीले भने झैँ ‘ठाउँका ठाउँ कारबाही गर्नु पर्ने’ कर्मचारीमा पर्छन् ।
मेलम्ची आयोजनाबाटै यिनीहरुले अकुत सम्पति जोडेका छन् । अहिले पनि ‘भेरिएशन’ र डिब्युट बोर्डबाट आउने करोडौँ रकममा ‘बार्गे्निङ’ नमिलेको कारण नियतवस ठेकेदार कम्पनीलाई दोषरोपण गरिएको मेलम्ची आयोजनाकै कर्मचारीहरु बताउँछन् ।
मेलम्ची जस्तो महत्वपूर्ण आयोजनालाई अन्तिममा आएर असफल बनाउन खोजेको आरोपमा प्रधानमन्त्री कार्यालयले सचिव ठाकुर र आयोजना प्रमुख कँडेलमाथि कारबाही गर्ला भनेर हतार हतार गएको राति ठेकेदार कम्पनीसँग सचिवले वार्ताको नाटक गरेका छन् ।
यो विषयमा खानेपानी सचिव र आयोजना प्रमुख कँडेललाई प्रधानमन्त्री कार्यालयले छानबिन अघि बढाउने तयारी गरेको छ । संसदको अर्थ समितिले पनि वास्तविकता बाहिर ल्याउने अपेक्षा गरिएको छ ।