‘गोपी’ ट्रेलर रिलिज : गाईको दुधले नुहाउँदै बिपिन



हाम्रो इकोनोमि

 

सञ्चारकर्मी दिपेन्द्र लामाले निर्देशन गरेको फिल्म ‘गोपी’ को ट्रेलर सार्वजनिक भएको छ । बुधबार प्रेसमिट गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलर हेर्नुस् :

वैदेशिक रोजगारी मोह त्यागेर गाई पालनमा लागेको युवाको कथा फिल्ममा देखाइएको छ ।

गाई पाल्दा किसानहरुले भोग्ने समस्यालाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।

फिल्ममा अभिनेता विपिन कार्की गाई पालकको भूमिकामा रहेका छन् ।

फिल्ममा विपिन कार्कीसँगै वर्षा राउत र सुरक्षा पन्तको मुख्य भुमिका छ ।

यी सँगै फिल्ममा प्रकाश घिमिरे, रमेश अधिकारी, अंकित खड्का, भोला सापकोटा, कमलमणि नेपाल, कुन्ती सिमाली, हिउँबाला गौतम, सरोज अर्याल, केशव राई लगायत कलाकारहरुको अभिनय रहेको छ ।

आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्ममा कार्यकारी निर्माता श्रीधर पौडेल रहेका छन् ।

निर्देशक लामाको कथामा पटकथा सामिप्यराज तिमल्सिनाले लेखेका छन् ।

गोविन्द राईको कोरियोग्राफी, शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

फिल्ममा विप्लव प्रतीक र बुद्धिसागरले लेखेका गीतलाई न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहले कम्पोज गरेका छन् । पाश्र्व संगीत रोहित शाक्यको सुन्न सकिन्छ ।

फिल्म माघ १८ गते देखि रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...