यसरी लेख्नुस् लोकसेवा परीक्षा, सफलता निश्चित



हाम्रो इकोनोमि

 

कुनै पनि पदमा पदस्थापन हुनुपूर्व सो व्यक्तिलाई पद तथा जिम्मेवारीको समूचित सञ्चालनको लागि गोपनीयता एवं पदको सपथ दिलाउने चलन छ ।

 

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, न्यायाधीश, प्रधानन्यायाधीश तथा विभिन्न ओहदाको जिम्मेवारी बहन गर्दा प्रायः सबै मुलुकमा सपथ खुवाउने चलन छ, ताकी भविष्यमा एउटा मापदण्डका आधारमा कारवाही होस् ।

 

कतै काममा जानु छ भने बाटो नअलमलिईकन सरासर भनेको ठाउँमा पुगेर, भेटेर, समाचार पु¥याएर वा समान लिएर तुरून्त फर्केर आउनको लागि भनिन्छ ।

 

किनभने निश्चित समयमा निश्चित काम पूरा गर्नु छ भने कहीं कतै अलमलिरहनु हुँदैन । समयको वहाव र समुन्द्रको ज्वारले पर्खदैन, ऊ निरन्तर आफ्नो गतिमा चलिरहन्छ । हरेक कामको पनि समय हुन्छ, समयअघि र पछि कुनै कामको महत्वव त्यति हुँदैन, जुन ठिक समयमा गर्दा हुन्छ ।

 

कुनै काम ठीक समयमा सम्पन्न गर्न, कुनै पनि इच्छालाई उद्देश्यमा पूरा गर्न सङ्कल्पको जरूरी पर्दछ । म यो विषय पढेर यो काम गर्छु, यो पदको प्रतियोगितात्मक परीक्षामा सफल हुन्छु भनेर सङ्कल्प गर्ने हो भने, आजदेखि सफलताको लागि यात्रा तय गर्दा त्यसलाई पूरा गर्न अपनाउनु पर्ने क्रियाकलापको पहिचान गर्नुपर्छ ।

 

उद्देश्य पूरा गर्न बाधा पुर्‍ याउने शारीरिक र मानसिक क्रियाकलाप एवं सङ्गतलाई निरन्तर घटाउँदै, छोड्दै जानुपर्छ । हरेक दिन बिहान ब्युँझने बित्तिकै र राती सुत्ने बेलामा सङकल्प स्मरण गर्नुपर्छ ।

 

आफ्नो आकङ्क्षाको तह जुन स्तरको छ, त्यही स्तरको सफलता हात लाग्दछ । इच्छाशक्ति बढाउन आफ्ना विगतका सफलतार असफलताका भित्री रहस्य बुझ्नु पर्दछ । त्यो बाहिरका मान्छेका आँखाले देख्दैनन्, आफ्नो मन मस्तिष्कलाई मात्र थाहा हुन्छ ।

 

आफ्नो लक्ष्यमा पुग्न इच्छाशक्तिलाई बढाउनु जरुरी छ । हरेक मान्छे भित्र विशिष्ठ क्षमता हुन्छ, त्यो क्षमता मभित्र पनि छ भनेर कतै नअलमलिकन अध्ययन, लेखन, स्मरण, छलफल बढाइरहनु पर्दछ ।

 

विशेषगरी निजामती सेवामा प्रवेश गर्न कुनै पदको लागि आफूलाई योग्य बनाउन तपाईको मन मस्तिष्कलाई तेजिलो बनाइ राख्नु पर्दछ । त्यसका लागि नियमितरूपमा अभ्यास जरूरी पर्दछ । तपाईको अभ्यास द्रुत, मध्यम, सुस्त वा आंशिक र अवरुद्ध कुन गतिमा बढ्छ, ती कुरा महत्वपूर्ण हुन्छ ।

 

यी कुराहरू तपाईको संकल्प, तपाईले जागिर पाउने आकांक्षाको स्तर, जागिरका लागि पालना गर्नुपर्ने ब्रत (अनुशासन), पालना गर्नुपर्ने नियमित शर्त र त्यसको लागि त्याग्नु पर्ने, छोड्नु पर्ने संगत, लत र नियमित गर्नुपर्ने साधना, अभ्यासमा निर्भर हुन्छ ।

 

तपाईको इच्छा जागिरप्रति कसरी जाग्यो, त्यसले तपाईको सफलताको निकट पुन्ने नपुग्ने विषयमा निक्र्याैल गराउँछ । बुबा आमा तथा अभिभावकको इच्छा होस् वा साथीभाइको लहलहैमा के रहेछ एकपल्ट दिई हेरौं भनेर विनातयारी परीक्षामा सहभागी हुन लाग्नु भएको छ भने यस्ता कुराले तपाईको सफलताको सम्भावनालाई भविष्यवाणी गर्न सकिनेछ ।

 

दरखास्त फाराम भराउनु पूर्व नै आफू प्रष्ट हुनुहोस् । मैले यो पदमा सबै कुरा तथा योसँग असम्बन्धित क्रियाकलाप त्यागेर परीक्षाको एक मात्र तयारी गर्छु भनेर सङ्कल्प गर्नुहोस् । पढ्न त बस्नु भयो तर फेरि विभिन्न कल्पना गरेररमाउन थाल्नु भयो भने पढ्न त पढ्छ तर के पढ्छ, के पढ्छ भनेजस्तो हुन्छ ।

 

त्यसैले निश्चित पढाई पश्चात् त्यसबाट मैले के सार बुझे लेख्नुहोस्, आफै प्रश्न बनाउनुहो्, लेख्नुहोस्, परीक्षा तुरून्त र केही समय अन्तरालमा आफै गर्नुहोस् । सम्बन्धित पदको लागि तोकिएको पाठ्यक्रम बमोजिमका सन्दर्भ सामग्री र त्यसको अध्ययन गर्नुहोस् । टिपोट, नोट बनाउनुहोस् र समय समयमा त्यसको अध्ययन, स्मरण गर्नुहोस् ।

डा. खगेन्द्रप्रसाद सुवेदी
(लेखक लोकसेवा आयोगका सहसचिव हुन् । यो टिप्स गोरखापत्र दैनिक लिइएको हो ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...