नेकपाको ३४ भाईले ओलीमाथी लगाए यस्तो खर्तनाक आरोप



हाम्रो इकोनोमि

 

नेकपा स्थायी कमिटी सदस्य एवं प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले पार्टी नेतृत्व आत्मानिन्दक हुन आवश्यक नभएको बताएका छन् ।

 

बिहीबार बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि बोल्दै रिमालले आत्मालोचना गर्नु आत्मानिन्दक हुनु भएको भन्दै यो विनम्रता देखाउन आवश्यक नभएको बताए ।

 

वर्ग संघर्ष मुख्य भएको र विरोधीहरुले सरकारविद्ध प्रचार गरेको भन्दै उनले भने, ‘यस्तो बेलामा आत्मानिन्दक हुन उचित हुँदैन । अध्यक्षद्वयको प्रतिवेदनले आफ्नै कमजोरीहरु ल्याउन सक्दैनथ्यो ।’

 

संक्रमणकालमा ‘रास्कल आउट’ अर्थात ‘खराब मान्छेहरु बाहिर निकाल’ हुन नसक्ने समेत उनले बताए । स्थायी कमिटी सदस्य रिमालले सामाजिक सुरक्षा कार्यक्रम घोषणा नयाँ युग नै भएको बताए ।

 

बैठकमा पम्फा भुसालले अध्यक्षद्वयको प्रतिवेदन मूलतः सही भएको तर, बैठकमा आएका सुझावहरुलाई समेत समेटेर पूर्ण बनाउनुपर्ने धारणा राखिन् । प्रदेश र स्थानीय तहको सरकारलाई प्रभावकारी बनाउन संयन्त्र बनाउनुपर्ने र पार्टीमा सत्तामा हुने र नहुनेबीच समानता कायम गर्नुपर्ने उनले बताइन् ।

 

आपूर्तिमन्त्रीसमेत रहेका मातृका यादवले यो ९ महिनामा मातृका पनि भ्रष्टाचारी भन्ने सन्देश गएको र यो आफ्नो जीवनमा पहिलोपटक भएको सुनाएका थिए ।

 

पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा विहीबार किरण गुरुङ, पेशल खतिवडा, अमृत बोहोरा, लीलामणि पोखरेल, चत्रपाणि खनालले पनि बोलेका छन् ।

शनिबारदेखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठक बिहिबार पनि जारी रह्यो ।

 

नेकपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बिहान तीन घण्टा बसेको  बैठकमा ८ सदस्यले आ–आफ्नो धारणा राखेका छन् ।

 

नेकपा महासमिति विष्णु पौडेलले आजको बैठकमा किरण गुरुङ, पेशल खतिवडा, अमृतकुमार बोहरा, पम्फा भुसाल, लिलामणी पोखरेल, चक्रपाणी खनाल, माृतका यादव र विष्णु रिमालले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरेको जानकारी दिए ।

बैठक शुक्रबार पनि जारी रहने छ । 

 

बैठक सुरु भएयता हालसम्म बैठकमा ३४ स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखिसकेका छन् । बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टी नेतृत्व र सरकारको कार्यशैलीको आलोचना गरेको जनाइएको छ ।

 

गत शनिबार सुरु भएको पार्टी स्थायी समिति बैठकमा अध्यक्षद्धय केपी ओली र प्रचण्डले तयार पारेको संयुक्त राजनीतिक प्रतिवेदनमाथि सोमबारबाट छलफल सुरु भएको थियाे ।

 

छलफलमा भाग लिँदै नेताहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको र पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन नसकेको तथा एकीकरणको कामलाई पूर्णता दिन ढिलाई गरेको भन्दै पार्टी नेतृत्वको चर्को आलोचना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...