समायोजन अध्यादेशविरुद्ध आन्दोलन चर्काउने निजामति कर्मचारीको चेतावनी



हाम्रो इकोनोमि

 

कर्मचारी समायोजन अध्यादेशको विरोधमा सिंहदरवारभित्रै प्रदर्शन गरेका निजामति कर्मचारीहरुले थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी गरेका छन् ।

 

संघर्षका कार्यक्रम घोषणा गर्न बिहीबार दिउँसो कर्मचारी संघठनको बैठक बस्न लागेको नेपाल निजामति कर्मचारी संगठनका महासचिव रेवन्त गौतमले बताए ।

 

अध्यादेशकको विरोधमा उनीहरुले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका थिए ।

 

सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश विभेदकारी भएको उनीहरुको भनाई छ ।समायोजन अध्यादेशले बरिष्ठ कर्मचारी संघमै बस्ने कनिष्ठहरू स्थानीय तह वा प्रदेशमा खटिने व्यवस्था गरेकाले खटिएर जाने कर्मचारीलाई फेरि संघमा फर्कने बाटो बन्द गरिएकले संघर्ष गर्नुपरेको महासचिव गौतमको भनाई छ ।

 

कर्मचारी समायोजन स्वेच्छिक बनाउनु पर्ने उनीहरूको भनाइ छ । ‘हिजो संकेतस्वरुप सिंहदरवारमा प्रदर्शन गरिएको हो । थप कार्यक्रम घोषणा गर्न आज २ बजे सिंहदरवारमा बैठक बस्दैछ । त्यसपछि कस्ता कार्यक्रम घोषणा गर्ने भन्ने तय गरिन्छ’ महासचिव गौतमले रातोपाटीलाई बताए ।

 

गत मङ्सिर २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५ को विरोधमा कर्मचारीहरु आन्दोलित भएका हुन् ।

 

यो अध्यादेशले सहसचिव भन्दा तलका कर्मचारीलाई सरुवा बढुवा लगायतमा असर पर्ने कर्मचारीहरुको दावी छ  । लामो समयदेखि कर्मचारीहरु सरकारले खटाएको स्थानमा जान नमान्दा प्रदेश तथा स्थानीय तहको काम कारवाही प्रभावित बन्दै आएको सरकारले बताउँदै आएको छ ।

राप्रपाका उपाध्यक्ष दीपक बोहरा उपेन्द्र यादवको पार्टीमा प्रवेश गर्दै !

सत्ताविना बाँच्नै नसक्ने चरित्र भएका राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक)का उपाध्यक्ष दीपक बोहरा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा प्रवेश गर्न लागेका छन् । फोरमका एक नेताका अनुसार उनले उपेन्द्र यादवसँग धेरै पटक छलफल गरिसकेका छन् ।

 

राप्रपाबाट केही नेताहरुसहित फोरममा प्रवेश गर्नलागेका उनलाई उपाध्यक्षमै मनोनीत गर्ने गरी सहमति भएको उपेन्द्र यादवले पार्टीको बैठकमै ब्रिफिङ गरिसकेको ती नेताले बताएका छन् ।

 

राप्रपाका कुन कुन नेता फोरममा आउन लागेका हुन् भन्ने कुरा भने ती नेताले खुलाएका छैनन् । ४ बर्षसम्म सत्तारुढ पार्टीको नेताका रुपमा ठेक्कापट्टा र नियुक्तिमा सेटिङ गर्ने र ४ बर्षपछि पनि फोरम पुनः बलियो शक्तिका रुपमा आउने देखेकाले उनी राप्रपा त्याग्न लागेका हुन् ।

 

फोरममा प्रवेश गरिसकेपछि ४ बर्षपछि चुनावमा रुपन्देहीबाट जित्न पनि सकिने आंकलन उनले आफ्ना निकटहरुसँग भन्ने गरेका छन् । फोरम प्रवेश गर्न लागेकोबारेमा बोहरासँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् ।

 

टुक्राटुक्रा भएको राप्रपा अब शक्तिमा पुनः आउन सक्ने संभावना नदेखेपछि बोहरा फोरममा प्रवेश गरी सरकारका नियुक्तिदेखि ठेक्कापट्टाहरुमा चलखेल गर्ने दाउमा छन् । उनले शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री हुँदा नियुक्तिदेखि सरुवाहरुमा करोडौं रुपैयाँ घुस संकलन गरेको आरोप लागेको थियो ।

 

उपेन्द्र यादव मन्त्री भएपछि पनि बोहराले भित्रभित्रै स्वास्थ्य मन्त्रालय अन्तर्गतका नियुक्ति र सरुवामा खेल्न सुरु गरेका थिए । उनकै योजनामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा. आरके रौनियारलाई सिनेट बोलाई हटाएर गुरु खनाल वा अरविन्द सिंहलाई ल्याउन लागिएको खुलेको छ ।

 

बोहरा स्वास्थ्य मन्त्री हुँदा पनि डा. रौनियारलाई हटाउन सिनेट बोलाउन चर्को दबाब दिएका थिए । स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बोहराकै निजीसचिव भवनाथ खतिवडालाई राखेका छन् ।

 

त्यसो त दीपक बोहरा नेपाली राजनीतिका अति बदनाम पात्र हुन् । उनले २०६७ मा माधव नेपाल सरकारमा वन मन्त्री हुँदादेखि पछिल्लो पटक देउवाको सरकारमा श्रम र स्वास्थ्य मन्त्री हुँदा भ्रष्टाचार गरी करोडौं रुपैयाँ आर्जन गरेको आरोप छ । । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन पनि गरिरहेकाले फोरममा प्रवेश गरी जोगिने उपाय खोजेको अर्थमा पनि लिन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस
भदौ ९ देखि १४ सम्म भृकुटीमण्डपमा नाडा अटो सो आयोजना हुने

    अटोमोबाइल प्रदर्शनीको १८औँ संस्करणको नाडा अटो सो यही ९ देखि १४...

मकवानपुरमा स्कारपिओ दुर्घटना, ६ जना घाइते

    मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास...

बागमती प्रदेश मुख्यमन्त्रीले दिए राजीनामा

  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन्...

नेवानीका २ एयरहोस्टेज एयरपोर्टबाट पक्राउ

    घुमफिरका लागि मलेसिया जान लागेका नेपाल वायुसेवा निगमका दुई कर्मचारी एयरपोर्टमै...