चीनले नेपालको सीमा मिच्यो : कति सीमा स्तम्भ त गायब !



 

सीमा क्षेत्रमा देखाउने रवैया तथा शत्रुतापूर्ण व्यवहारले भारतको नाम लिनेवित्तिकै दशगजा छेउछाउ बस्ने नेपालीको सिरिङ्गो तातिन्छ । त्यसमा पनि सीमाना मिचिएको कुरा त सुन्नै सक्दैनन्, उनीहरु । मर्न मार्न तयार हुन्छन्, कञ्चनपुर पुर्नवासका गोविन्द गौतम र सप्तरी तिलाठीका देवनारायण यादव जस्तै ।

 

भारतसँग जहिल्यै सीमानाको विषयलाई लिएर कचिङ्गल भइरहन्छ । कुनै ठाउँमा सीमा मिचिएको अथवा पिलर गायब भएको समाचार सुनियोस् मात्रै । भारतलाई विस्तारवादीको बिल्ला भिडाउनेदेखि कछाडमा सुताउनेसम्मका गाली बर्सिन्छन् । तर, चीन भन्नेवित्तिकै भने सतर्कः मानौं चीन ठूल्दाई हो । अझै अहिलेका सत्ताधारीको चस्माबाट हेर्नेहरुले त चीन ३३ कोटी देवता नै भन्ठान्छन् ।

 

तर, जानकारहरु ‘हाम्रो नजिकको छिमेकी तीब्बत हो । अनि, चीन भने त्यसपछिको छिमेकी हो’–भन्छन् । अझ विदेश मामिलाका जानकारहरु चीनले छाती खोलेर जतिनै सयोग गरेपनि नेपालप्रति जहिल्यै शशंकित रहँदै आएको बताउँछन् ।  नेपाल–चीन मामिलाका एक जानकारले भनेका छन्, ‘चीन हामीबाट एउटै कुरा चाहन्छ, नेपाली भूमि चीन विरोधी गतिविधिका लागि प्रयोग नहोस् । त्यसैले फकाइरहनु उसको धर्म हो ।’

 

उनले अगाडि भने, ‘चाहे हिजोको खम्पा(गुरिल्ला) विद्रोहको कुरा किन नहोस् । चाहे त्यसैको विकसितरुप माओवादी विद्रोह । अथवा भनौँ, अहिले भारतीय राजदूतको हिमाली जिल्लाको दौडधूप । चीनले नेपालको राजनीतिक र राजनीतिक संस्थाको कुटनीतिक पक्षलाई विश्वास गर्दैन । उसले स्थायी सरकारलाई मात्र विश्वास गर्छ । अझ खुलेर भन्दा ‘सेना’लाई बढी विश्वास गर्छ ।’

 

सेनालाई विश्वास गर्छ भन्ने आधार केही छन् ? जवाफमा उनले भने, ‘छन् । खम्पा विद्रोह परास्त पारेकैले नेपाली सेनाको कद अग्लो भएको हो । त्यहीँबाट सबैले भरोसा गर्न थालेका हुन् । खम्पा विद्रोहले झण्डै चीन तहसनहस भइसकेको थियो । त्यसमा नेपाली सेनाले ठूलो सफलता पाएको कुरा इतिहासले बोलिरहेकै छ ।’

 

उनले अगाडि थपे, ‘अहिले पनि चीनले तातोपानी र कोरला नाकामा स्थायी सरकारी संयन्त्र खोजिरहेको छ, त्यो भनेको के ? सेनासहितको संयन्त्र । अनि प्रधानसेनापति बारम्बार विखण्डनकारी तत्वको गतिविधिमा नेपाली सेना सजग रहेको कुरा किन बोलिरहेका छन् ? चिनियाँ राष्ट्रपतिको भ्रमण गराउने कुरा किन सम्भव भइरहेको छैन ? त्यसैले नेपाली शासकहरुमाथि चीनले भरोसा गर्दैन । तर, सेनामाथि ठूलो भरोसा छ ।’ नभए नेपाललाई हेप्छ चीनले !

 

प्रधानसेनापतिले बोलेको कुरा परराष्ट्रमामिलाका जानकार रमेशनाथ पाण्डेले समेत आफ्नो आलेखमा उल्लेख छन् । उनले, ‘असोज २५ गते स्वयं प्रधानसेनापतिले विखण्डनकारी तत्वहरुको गतिविधिमा नेपाली सेना सजग रहेको बताएपछि पनि राजनीतिक नेतृत्वले आँखा खोलेको छैन’ भनी लेखेका छन् ।

 

यहाँ प्रसंग कोट्याउन खोजिएको चीनसँगको कुटनीतिक सम्बन्धको होईन । सीमा विवादको हो । चीनसँग सीमा विवाद भएको कुरा नौलो होइन । तर, नेपाल सरकारलाई चीनसँग सीमा विवाद छ, भन्ने कुराको जानकारी नहुनु उदेकलाग्दो कुरा हो । भारतले सीमा मिचेको जनजनलाई थाहा हुन्छ ? चीनले सीमा मिचेको कसले थाहा पाउने ?

 

नापी विभाग नेपाल सरकार अन्तर्गत नै हैन ? अनि, किन नापी विभागलाई नेपाल–चीन सीमाका आधा दर्जन स्तम्भ हराएको थाहै छैन ? नभए नापी विभागका महानिर्देशक गणेश भट्टले, ‘तपाईले त यो मलाई जानकारी नभएको कुरा सुनाउनु भो’ भन्थे होलान् ? नेपाल–चीन सीमाको लम्बाई एक हजार ४ सय १४ किलोमिटर छ । पूर्वको सिक्किमदेखि पश्चिमको लिपुलेकसम्म ६९ वटा सीमा स्तम्भ छन् ।

 

तर, ती मध्ये केही स्तम्भ हराएका छन् । ३७ नम्बर, ३८ नम्बर र ६३ नम्बर स्तम्भ गायब छन् । दोलखाको लामाबगरमा रहेको ५७ नम्बर स्तम्भ त कुठाउँमा गाडिएको जग जोहरै छ । त्यो स्तम्भ कुठाउँमा गाडिएकै कारण नेपालले ६ हेक्टर भूमि गुमाएको छ ।

 

५६ वर्षअघि गाडिएको पिलर अहिलेसम्म पहाडको फेदमै

सीमाविद् वुद्धिनारायण श्रेष्ठका अनुसार सन् १९६१–०६२ मा सीमाङ्कन हुँदा दोलखाको लामाबगरमा रहेको ५७ नम्बर जंगी पिलर कुठाउँमा गाडिएको थियो । लामाबगर पुर्वपट्टिको कोर्लाङपारिको टुप्पोमा हुनुपर्ने पिलर फहाडको फेदमा गाडिएको छ । सन् १९७८ मा सीमाङ्कन गर्न जाँदा त्यो स्तम्भ भेटिएन भन्छन्, सीमाविद् पुण्यप्रसाल ओली ।

 

उनका अनुसार नेपाल चीन सन्धिअनुसार टुप्पो हेर्दा स्तम्भ भेटिएन । सन् १९७८ मा सीमाङ्कन गर्न खटिएका ओली, प्राविधिककै कमजोरीका कारण त्यो स्तम्भ फेदमा गाडिएको हुनसक्ने बताउँछन् । अहिले नेपाल–चीन सीमाबारे द्विपक्षीय कुरा नभएको ६ वर्ष भयो ।

 

बाबुरामका पालामा चीन तयार हुँदा तयार भएन नेपाल

सन् २०११–०१२ मा बाबुराम भट्टराई प्रधानमन्त्री थिए । उनका पालामा चीन सीमाबारे कुरा गर्न तयार हुँदा नेपाल लुक्यो । त्यो बेला चीनबाट बैठक बस्ने पक्का पक्की सहितको चिठ्ठी आएको थियो, तर हामी गएनौँ,–नापी विभागका महानिर्देश भट्ट आफै भन्छन् । उनका अनुसार त्यसपछि चीनसँग सीमाबारे कुरै भएको छैन ।

 

अब भारततिरको सकिएपछि मात्रै

नापी विभागका महानिर्देशक भट्टले अब चीनसँगको सीमाबारे भारततिरको सकिएपछिमात्रै कुरा हुने बताएका छन् । उनले भने, ‘अहिले हामी सबैभारततिर लागेका छौँ । भारततिर सकिएपछिमात्रै त्यतातिर (चीनपट्टी)लाग्छौँ । उनले सबै दलबल भारततिरै लगाएको बताएपनि भारततिर पनि खासै प्रगति भएको छैन ।

 

हराएका स्तम्भहरू जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) प्रविधिमार्फत पत्ता लगाएर तीन वर्षभित्रमा पुनःस्थापना गर्ने, नबनाएको नयाँ राख्ने, बिग्रे–भत्केकाको मर्मत–सम्भार र दशगजा क्षेत्र अतिक्रमण गरेर बसेकालाई हटाउन भन्दै २०१४ जुलाईमा नेपाल–भारत संयुक्त सीमा कार्यदल (बाउन्ड्री वर्किङ ग्रुप) गठन भएको थियो । त्यसको बैठकले गरेका प्रगति समेत बाहिर सुनिएका छैनन् ।

 

दुवै देशका नापी विभाग महानिर्देशक संयोजक हुने कार्यदलअन्तर्गत विभागकै उपमहानिर्देशक संलग्न सर्भे अफिसर्स कमिटी, प्रमुख जिल्ला अधिकारीको नेतृत्वको फिल्ड सर्भे टीम र प्रमुख नापी अधिकृत संलग्न फिल्ड टीम गठन भएका थिए ।

 

सन् १९८१ मा गठन भएर २००७ मा भंग भएको नेपाल–भारत संयुक्त प्राविधिक समितिले गर्न नसकेको काम सम्पन्न गर्ने गरी संयुक्त कार्यदल र सर्वेक्षण टोलीहरू गठन भएका हुन् । नेपालले सबै प्रमाण जुटाएर भारतसँगको सीमा विवाद सुल्झाउने ऐतिहासिक अवसर भने सदुपयोग गरेन । हुँदा–हुँदा सीमाकै विषयलाई लिएर अहिले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह ईपीजीको प्रतिवेदन बुझ्न समेत भारत मानिरहेको छैन ।

 

नेपाल र भारतबीच १ हजार ८८० किलोमिटर लामो सीमा रेखा छ । २००७ मा भंग भएको संयुक्त टोलीले सीमानामा कुल ८ हजार ५५३ पिलर गाड्नुपर्ने अंकन गरिसकेको थियो । अहिलेसम्म ७ हजार जति मात्र पिलर गाडिएका छन् ।

 

सगरमाथाको उचाईमै चीनले लफडा झिक्यो

अहिलेसम्म चीनले दिएको उचाइलाई नै अन्तर्राष्ट्रिय जगतले आधिकारिक मानिरहेको छ । आठ हजार ८ सय ४८ मिटर । तर, चीनले नै सगरमाथाको उचाइमा लफडा झिक्यो । पहिलेको मापन सही नभएको भनेपछि नेपालको नापी विभाग सगरमाथाको उचाई नाप्न भारत पसेको छ ।

 

सगरमाथाको उचाइबारे दुविधा भएपछि नेपालले फेरि फेदबाटै नाप्न सुरु गरेको छ । नापी विभागका अनुसार सर्भे टोलीहरु अहिले फेदमा बसेर ग्राविटीलगायत विभिन्न जाँचहरु गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेबाट कीर्तिपुरको मेयरमा मानन्धर सिफारिस

    नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. सुरेन्द्र मानन्धरलाई नै उम्मेदवार

चुनावी गठबन्धन गर्न एकीकृत समाजवादी खुल्ला

    नेकपा एकीकृत समाजवादीले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा चुनावी

एमालेबाट उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचन

    नेकपा एमालेले लुम्बिनी प्रदेशको रुकुमपूर्वमा रहेको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी

माओवादीको केन्द्रीय कमिटी बैठक नबस्ने

    नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक उपनिर्वाचन अघि नबस्ने भएको छ