छोरीको विहेमा छमछमी नाचिन् नीता अम्बानी, भिडियो भाइरल भयाे



हाम्रो इकोनोमि

 

भारतीय व्यवसायी मुकेश अम्बानी र नीताकी एक मात्र छोरी ईशाको विवाह अर्का व्यवसायीपुत्र आनन्द पिरामलको साथ विवाह त भयो, तर ‘प्रि वेडिङ सेरेमनी’ को क्रममा मुकेशपत्नि नीता अम्बानीको नाचको चर्चा चौतफी भइरह्यो ।

थुप्रै बलिउड सेलिब्रिटीको उपस्थिति रहेको समारोहमा ईशाकी आमा नीताको नाचको ब्यापक चर्चा भयो । उदयपुरमा भएको समारोहमा नीताले भारतीय ‘क्लासिकल’ गीतमा आफ्नो प्रस्तुती दिएकी थिइन् । उनलाई थुप्रै व्यवसायीक नर्तकीले साथ दिएका थिए ।

नीताको उक्त नाचको भिडियोले अहिले पनि भारतीय संचारमाध्यममा निकै चर्चा पाएको छ । साथै सामाजिक संजालमा भाइरल नै बनाइएको छ । इस्टाग्राम मार्फत सार्वजनिक भएको उक्त भिडियोमा नीता मन्त्रमुग्ध भएर नाचिरहेको देखिन्छ । समारोहको सांगितिक कार्यक्रमको सुरुमै नीताले आफ्नो प्रस्तुती दिएको बताइएको छ ।

त्यसो त व्यवसायी नीताले बलिउडमा केही वर्ष अभिनेत्रीको करिअर बनाइसकेकी थिइन् । मुकेशको साथ विवाह भएपछि उनले बिस्तारै आफ्नो कलाकारिता छोडेकी हुन् ।

उदयपुरस्थित द ओबरोय उदयविलास होटलमा भएको विवाह समारोहको पार्टीमा भारतीय र विदेशी थुप्रै पाहुना आएका थिए । बलिउड उद्योगका अधिकांश कलाकार उपस्थित थिए ।

हलिउडमा चर्चित गायिका बियोन्से पनि यस समारोहमा उपस्थित थिइन् । सांगितिक प्रस्तुतीकै लागि पहिलो पटक भारत आएकी बियोन्सलेको साथमा ६० जना डान्सरले पनि प्रस्तुती दिए । भारतीय इतिहासमा सम्भवतः अहिलेसम्मकै महंगो विवाहअघिको समारोहमा अमेरिकी नेतृ हिलारी क्लिन्टन समेत पाहुना बनेर आएकी थिएन् ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...