विधान विवादले काँग्रेस बैठक अनिश्चित : पौडेलले अघि सारे नयाँ प्रस्ताव



हाम्रो इकोनोमि

 

संघीय संरचना अनुसारको विधान कार्यान्वयनमा ल्याउन काँग्रेसलाई सकस परेको छ ।

पार्टीको विधान मस्यौदा समितिले तयार पारेको विधान मस्यौदामा सहमति जुट्न नसकेपछि विधानबारे छलफल र अनुमोदन गर्न बोलाइएको महासमिति बैठक नै अनिश्चित बनेको छ ।

विधान अनुमोदनका लागि काँग्रेसले मंसिर २९ गतेदेखि पुस ३ गतेसम्मका लागि काठमाडौंमा महासमिति बैठक बोलाएको थियो ।

तर, महासमिति सुरु भएको ६ दिन बित्न लाग्दा पनि महासमितिमा पेश गर्ने

विधानमा केन्द्रीय समितिमै सहमति नजुट्दा महासमिति सदस्यहरुले छलफल नै गर्न पाएका छैनन् ।

काठमाडौंको रामशाहपथस्थित यगम्बर पार्टी प्यालेसमा सुरु भएको महासमिति बैठक निर्धारित समयमा नसकिएपछि आजदेखि स्थान परिवर्तन गर्दै पार्टी कार्यालय सानेपामा सारिएको छ ।

विधानमा शीर्ष नेताले एक किसिमको सहमति गर्ने तर, केन्द्रीय समितिले त्यसमा विमति जनाउने दोहोरी चलेपछि महासमितिमा विधान पेश गर्न नसकिएको नेताहरुले बताएका छन् ।

खासगरी काँग्रेसमा केन्द्रीय पदाधिकारी कति राख्ने, उनीहरुको चयन प्रक्रिया के हुने भन्नेमा विवाद भएपछि काँग्रेसलाई संघीय संरचना अनुरुपको विधान अनुमोदन गर्न सकस भएको हो ।

शीर्ष नेताहरुले आफूअनुकुल विधान बनाउन खोज्दा समस्या भएको धेरै काँग्रेस नेता र अगुवा कार्यकर्ताहरुको भनाई छ ।

‘शीर्ष नेताअनुकुल विधान ल्याउन लागेकाले समस्या भएको हो । काँग्रेसका समग्र नेता कार्यकर्ता भन्दा पनि केही नेताअनुकुल विधान बनाउने काम भएको पाइयो । जसमा संविधानको भावना र मर्मलाई ख्याल गरेको पाइएन’, काँग्रेस केन्द्रीय सदस्य वीरबहादुर बलायरले भने, ‘संघीयताको मर्मअनुसार विधानलाई समावेशी समानुपातिक नबनाएसम्म त्यो विधान स्वीकार्य हुदैन ।’

काँग्रेसका शीर्ष नेताबीच मंगलबार राति सभापति १, उपसभापति, महामन्त्री र सहमहामन्त्री २–२ जना तथा कोषाध्यक्ष १ जना गरी ८ जना केन्द्रीय पदाधिकारी राख्ने सहमति भएको थियो । कोषाध्यक्षबाहेक अरु सबै निर्वाचित हुनेगरी शीर्ष नेताहरुबीच भएको यो सहमति बुधबार बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले अस्वीकार गरेका थिए ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहीबार बस्ने केन्द्रीय समिति बैठकले विधान मस्यौदा पारित गर्ने बताए ।

उनले सहमतिमै विधान महासमितिमा लगिने भन्दै त्यसका लागि केन्द्रीय समिति बैठक बस्न लागेको जानकारी दिए ।

‘केन्द्रीय समितिले ओके भनेपछि विधान छाप्न पठाइन्छ । विधान छाप्ने प्रेस तयारी अवस्थामा राखिएको छ’ प्रवक्ता शर्माले रातोपाटीलाई बताए ।

उनका अनुसार विधान छाप्न कम्तिमा सात घण्टा लाग्नेछ । विधान छापिएलगत्तै महासमिति सदस्यलाई विधान वितरण गर्ने तयारी गरेको प्रवक्ता शर्माले बताए ।

शीघ्र महाधिवेशनको माग

विधानमा सहमति जुटाउन महाभारत भैरहेका बेला काँग्रेसका १२ जना युवा केन्द्रीय सदस्यहरुले तत्काल १४ औं महाधिवेशनको माग गरेका छन् । यसअघि पनि महाधिवेशन बैठक माग गर्दै आएका ती नेताहरुले जारी महासमिति बैठक सकिएलगत्तै महाधिवेशन बोलाउन माग गरेका हुन् ।

चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन,बद्री पाण्डे, जीवन परियार, गगन थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ, रामकृष्ण यादव र किरण यादवले शीघ्र महाधिवेसनको माग गरेका हुन् ।

उनीहरुले काँग्रेसको नेतृत्व युवाहरुको काँधमा गएमात्र समयअनुकुल पार्टी बन्न सक्ने धारणा सार्वजनिक गर्दै आएका छन् ।

यसअघि केन्द्रीय समिति र जिल्ला सभापतिको भेलामा समेत यही मागसहित आफ्नो प्रस्ताव पेश गरेका उनीहरुले नयाँ कभर र केन्द्रीय सदस्यहरु थप्दै ८८ पृष्ठ लामो प्रस्ताव महासमिति सदस्यहरुलाई वितरण गरेका हुन् ।

रामचन्द्रको प्रस्ताव : ७६ फागुनमा महाधिवेशन
युवा नेताहरु मात्रै होइन, काँग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि २०७६ फागुनमा महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।

पौडेलले सभापति शेरबहादुर देउवालाई महाधिवेशनको कार्यतालिका नै बनाएर पेश गरेका हुन् । पौडेलले कम्युनिष्टहरुले भन्दै आएको समाजवाद र प्रजातान्त्रिक समाजवादमा कुन सही र उत्तम हो भन्ने विषयमा जताजतै बहस चलाउन आवश्यक भएको पनि बताएका छन् ।

‘नेपाली काँग्रेस यतिखेर इतिहासकै कठिन मोडमा छ । सँगसँगै आज पनि जनताको अपार आशा, अपेक्षा र भरोसाको केन्द्रबिन्दुमा छ । गौरवशाली विगतले प्रदान गरेको जिम्मेवारी, उर्लिदो जनसमर्थनको प्रेरणा र लाखौं कार्यकर्ता एवं शुभेच्छुकको ऊर्जाको जगमा नेपाली काँग्रेसले आफ्नो भावी मार्ग तय गर्न अब ढिला गर्नुहुँदैन’ पौडेलले देउवालाई बुझाएको प्रस्तावमा भनेका छन् ।

त्यस्तै पौडेलले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र जनताका आधारभूत सरोकार र दैनिकीमाथि मडारिएका सबैखाले चुनौति र अतिवादको सामना गर्न, संविधानको इमान्दार कार्यान्वयन र सबै जाति, वर्ग, लिङ्ग र क्षेत्रका जनताको आर्थिक–सामाजिक समृिद्ध सुनिश्चित गर्न सशक्त र जनमुखी काँग्रेसको पुनरोदय जरुरी भएको बताएका छन् ।

उनले महासमितिको वैठक पश्चात बिलम्ब नगरिकनै पार्टी संगठनलाई सृदृढ र गतिशील बनाउने अभियान सञ्चालन गर्न सुझाव दिँदै यस अभियानका क्रममा सदस्यता वितरण र प्रशिक्षण अभियानलाई सँगसँगै लैजानु पर्नेमापनि जोड दिएका छन् ।

पौडेलको कार्यतालिका :

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...