नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, १ को मृत्यु, १० जना घाइते



हाम्रो इकोनोमि

 

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको चालिस किलो जगंलनजिक यात्रुवाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । १० भन्दा बढी घाइते छन् ।

काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना ४ ख ७०४६ नम्बरको बस दुर्घटनामा एक जनाको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मंगलबार बिहान ८ बजे भएको दुर्घटनामा पुरुषको मृत्यु भए पनि सनाखत हुन सकेको छैन ।

दुर्घटनाका घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । १ जनालाई भने चितवनको भरतपुर लगिएको छ ।

अनियन्त्रित भएर पल्टेको बस सडकबाट तल खसेको छ ।

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

दाङको घोराहीबाट लमहीतर्फ जाँदै गरेको लु१त ९७०७ नंको ट्याक्टर गए राती पौने १ बजे उपमहानगरपालिका–३ को चौपट्टामा दुर्घटना हुँदा सो ट्याक्टरका सहचालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेयका अनुसार बर्दिया घेरुवा गाउँपालिका–५ का १६ वर्षीय सन्तलाल चौधरी सो दुर्घटनामा परी गम्भीर घाइते भएपछि घोराहीस्थित राप्ती स्वास्थ्य प्रतिष्ठानीमा उपचारका क्रममा गए राति २ बजे उनको मृत्यु भएको हो ।

ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...