मन्दिरको प्रसादमा ‘पुजारी’ ले मिसाएका थिए विष, जसका कारण १५ को ज्यान गयो



हाम्रो इकोनोमि

 

कर्नाटकको चामराजनगर जिल्लामा एक मन्दिरको प्रसाद खाँदा १५ को मृत्यु भएको मामलामा पुलिसले मन्दिरको ट्रस्टका अध्यक्षलाई पक्राउ गरेको छ ।

 

प्रसाद खाएपछि मैसुरका विभिन्न अस्पतालमा ९० बढी बिरामी भर्ना भएका छन् जसमध्ये २० को स्थिती चिन्ताजनक छ । पुलिसका अनुसार शुक्रबार ट्रस्टका अध्यक्षले प्रसादमा आधा लिटर किटनाशक मिसाएका थिए ।

 

पुलिसले दिएको जानकारी अनुसार सल्लूर मठका ५२ वर्षीय पत्तडा इम्मादी महादेवस्वामीले एक महिला र अन्य दुई व्यक्तिसँग मिलेर यसको षड्यन्त्र रचे ।

 

महिलाको नाम अम्बिका बताइएको छ । अम्बिकाका श्रीमान् मदेश र डौडेया नामका व्यक्ति पनि यसमा संलग्न भएको बताइएको छ ।

मन्दिरको नाम बदनाम गरेर मन्दिरको ट्रस्ट आफ्नो हातमा लिनका लागि उनीहरुले यस्तो षड्यन्त्र रचेको बताइएको छ ।

 

सन् २०१७ सम्म हनूर तालुकाका सुलावाडी गाउँका श्री किचुकुट्टी मराम्मा मन्दिरको नियन्त्रण पूर्ण रुपमा महादेवस्वामीको हातमा थियो जबकी उनी माले महादेश्वरा घाटीको सल्लूर मठका कनिष्ठ पुजारी हुन् ।

 

चामराजनगरका पुलिस अधिक्षक धर्मेन्द्र कुमार मीणाले बीबीसी हिन्दीलाई भने, ‘सुरुमा यो एक सेवा संघद्वारा चलाइन्थ्यो र पूरा पैसाको लेनदेन स्वामीजी आफ्नो नीजि खातामार्फत गर्दथे  । उनी निकै शक्तिशाली थिए । ट्रस्ट बनेपछि स्वामीजीको शक्ति घट्यो जसका कारण ट्रस्टमा प्रतिद्वन्द्वी बढे । ’

 

मन्दिरमा धेरै भेटी चढाइन्थ्योः

स्थानीयको निकै दबाबपछि ट्रस्ट गठन गरिएको थियो किनभने उनीहरु मन्दिर बिस्तार होस् भन्ने चाहन्थे । मन्दिरमा कर्नाटक र तमिलनाडुबाट थुप्रै श्रद्धालु आउने गर्दथे । यहाँ भेटीको रुपमा अत्यधिक पैसा पनि जम्मा हुन्थ्यो ।

हालै विवादपछि मन्दिरमा एउटा टावर निर्माण भएको थियो ।

 

पुलिस अधिक्षक मीणाले भने, ‘स्वामीजी गोपुरम (मन्दिरको टावर) लाई भारु डेढ करोडको लागतमा तमिलनाडुका आर्किटेक्टले बनाउन् भन्ने चाहन्थे तर अन्य सदस्य यसमा ५० देखि ५५ लाख भारु खर्च गर्ने पक्षमा थिए । ट्रस्टका सदस्यलाई स्वामीजीले उनीहरुको बाटोमा बाधा खडा गरिरहेका छन् भन्ने भान भयो ।’

 

‘ट्रस्टका सदस्यले एकतर्फी निर्णय लिँदै डिसेम्बर १४ तारिखमा यसको आधारशिला राख्यो र ट्रस्टका अध्यक्ष स्वामीजीलाई सूचना मात्रै दिइयो । स्वामीले तुरुन्त अम्बिका, मदेश र डोडैयासँग मिलेर षड्यन्त्र रचेर प्रसादमा विष मिलाइदिए । ट्रस्टका सदस्यलाई दोषी ठहराउँदै पक्राउ गरियोस् भन्ने उनको चाहना थियो । स्वामीजीको योजना मदेशलाई ट्रस्टस् बनाउने थियो ।’

 

अम्बिकाले आफन्तबाट लिइन् किटनाशकः

निर्माणको आधारशीला राख्नु एकदिन अघि अम्बिकाले कृषि विभागमा काम गर्ने आफन्तसँग सम्पर्क गरिन् । उनले खेतमा किटनाशक हाल्नुपर्ने बताउँदै यसको माग गरिन् । ती कर्मचारीले उनलाई दुई बोतल किटनाशक ल्याइदिए ।

 

मीणा भन्छन्, ‘घटनापछि ती कर्मचारीले अम्बिकालाई किटनाशक कहाँ प्रयोग गर्यौ भनेर सोध्दा उनले पूरा घटना बताइदिइन् । उनले स्वामीजीको निर्देशनमा यस्तो गरेको किनभने उनी ट्रस्टको कामबाट असन्तुष्ट थिए र खानामा किटनाशक मिसाउन चाहन्थे ।’

अनुसन्धानमा पत्ता लाग्यो कि कृषि विभागका ती कर्मचारी धेरैजसो अम्बिा र मदेशको घरमा आउने गर्दथे ।

 

पुलिस अधिकारी मीणाले भने, ‘सोधपुछको क्रममा उनले अम्बिकालाई किटनाशकको बोतल दिएको जानकारी दिए । अम्बिका, महादेवस्वामी र डौडेयाले खानामा किटनाशक मिसाएको स्विकारेका छन् ।’

एजेन्सी

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...