पोखराको रिसोर्टमा २४ कोठाको दैनिक २ लाख ८८ हजार भाडा तिरेर के गर्दैछन् पूर्वराजा ?



हाम्रो इकोनोमि

 

पूर्व राजा ज्ञानेन्द्र शाह यतिबेला पोखरामा हुनुहुन्छ । निजी भ्रमणको क्रममा सोमबार पूर्वरानी कोमल शाहसँगै उहाँ पोखरा आइपुग्नुभएको हो ।

 

पूर्वराजा शाहलाई पोखरा विमानस्थलमा राष्ट्रिय प्रजातन्त्र पार्टी, शिवसेना नेपालसहित राजसंस्था स्थापित गराउने एजेण्डामा लागेका राजनीतिक पार्टी र पूर्व राजाका शुभचिन्तकहरुले फूलमाला र पञ्चेबाजाले भव्य स्वागत गरेका थिए ।

निजी भ्रमण भनिए पनि शाहले देशव्यापी रुपमा गर्दै आउनुभएको धार्मिक भ्रमणलाई पनि अगाडि बढाउने कार्यक्रम तय भएको स्वागत व्यवस्थापन मूल समारोह समितिका सचिव तथा राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेश समितिका सह–सचिव भिमराज भण्डारीले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार पूर्वराजा शाह दुई सातासम्म पोखरामै रहनुहुनेछ । पोखरा र आसपासको केही धार्मिक स्थलको भ्रमण, केही राजनीतिककर्मीसँग भेटघाट र छलफलपछि अंग्रेजी नयाँ वर्ष मनाएर उहाँ काठमाडौं फर्कने कार्यक्रम रहेको बताइएको छ ।पूर्वराजा शाह पोखरा दोविल्लामा भर्खरै सञ्चालनमा आएको माउण्टेन ग्लोरी रिसोर्टमा बस्नुभएको छ ।

 

धर्मपत्नी कोमलसँगै बुद्ध एयरबाट पोखरा झरेपछि उहाँ सिधै रिसोर्ट पुग्नुभएको थियो । पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्यवासिनी माताको पूजा अर्चना गर्ने कार्यक्रम रहेको स्वागत व्यवस्थापन मूल समारोह समितिको सचिव भिमराज भण्डारीले जानकारी दिनुभयो ।

 

त्यसपछि लेखनाथमा रहेको नर्मदेश्वर धाम, काहुँकोटलगायत पोखरा र आसपासमा रहेको धेरै धार्मिकस्थलहरुमा गई पूजाअर्चना गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेश समितिका सह–सचिव तथा स्वागत व्वस्थापन मूल समारोह समितिका सचिव भिमराज भण्डारीले पूर्व राजारानीको स्वागतमा उर्लिएको जनलहर हेर्दा अहिलेको दलीय राजनीतिबाट नागरिकमा वितृष्णा जागेको भान भएको बताउनुभयो ।

 

आफूहरुले २ दिन अगाडि मात्र पूर्व राजारानी पोखरा आउने जानकारी पाएपछि स्वागत तथा व्यवस्थापन मूल आयोजक समिति गठन गरेको तर राम्रो व्यवस्थापन गर्न नसक्दा पनि उल्लेख्य जनसहभागिता भएकोले जनतामा राजाप्रतिको साथ अझै उस्तै रहकोे उहाँको भनाई छ ।

 

एउटा कोठाको अहिले नेपाली नागरिकका लागि प्रतिरात १२ हजार रुपैयाँ पर्छ । विदेशी नागरिकले भने १ सय ९० अमेरिकी डलर तिर्नुपर्छ । पूर्व राजपरिवार बसेको रिसोर्टमा अहिले ३२ कोठा छन् ।

 

जसमध्ये २४ कोठाहरु राजपरिवारले बुकिङ गरिसकेको जान कारी दिइएको छ । रिसोर्टका २ वटा सुइट र २२ वटा डिलक्स कोठा शाह परिवारले बुकिङ गरेको होटलले जानकारी दिएको छ ।

 

सोमबारदेखि नै १६ रातका लागि सबै कोठा बुकिङ गरिएको हो ।एक रातको १२ हजारकै दरले पनि पूर्वराजा ज्ञानेन्द्रले २४ कोठा को प्रतिरात २ लाख ८८ हजार रुपैयाँ तिर्नुपर्छ । यही दरले १६ रातको खर्च ४६ लाख ८ हजार हुन आउँछ । यो त होटलको बेडको मात्रै खर्च भयो । खानपिनको त छुट्टै छ ।

मोदीलाई फेसबुकमा गाली गर्ने पत्रकारलाई एक बर्ष जेल सजाय

प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाली गरी ‘फेसबुकमा सन्देश पोष्ट’ गरेको भन्दै भारतीय प्रशासनले एक जना पत्रकारलाई एक बर्षको जेल सजाय तोकेको छ ।

 

सामाजिक सञ्जालमा प्रेषित सन्देशलाई लिएर पत्रकारलाई थुन्नुलाई आलोचकहरूले वाक स्वतन्त्रतामाथिको कठोर नीतिको पछिल्लो उदाहरण भनेका छन् ।

गत महिना उत्तरपूर्वी राज्य मनिपुरबाट पक्राउ परेका पत्रकार किशोरचन्द्र वाङखेमलाई कठोर कानूनी उल्लङ्घन सजाय अन्तर्गत एक बर्षको जेल सजाय गरिएको हो ।

 

उक्त कानूनी प्रावधान अनुसार भारतमा कसैले ओहोदामा रहेका अधिकारीमाथि दुब्यवहार वा गालिगलौज गरेमा अदालती सुनुवाइ विना नै एक बर्ष जेलमा राख्न सुरक्षा अधिकारीहरूलाई छुट छ ।

अनान्चालीस बर्षीय टेलिभिजन पत्रकार वाङखेमले प्रधानमन्त्री मोदीलाई गाली गरेको ‘उत्तेजक’ दृष्यचित्रलाई सामाजिक सञ्जालमा राखेको आरोप लगाइएको छ।

 

पोस्टमा पत्रकार वाङ्खेमले भारतीय प्रधानमन्त्री मोदी र मनिपुरका मुख्यमन्त्री बिरेन सिंहको सरकारले हिन्दू धर्मको प्रचारमा लागेको भन्दै ‘अभद्र’ गाली गलोज गरेको भिडियो पोस्ट गरेका बताइएको छ ।

 

स्थानीय सञ्चारमाध्यमका अनुसार पत्रकार वाङ्खेमले आफ्नो पोस्टमा मुख्यमन्त्री सिंहलाई प्रधानमन्त्री मोदी र कट्टर हिन्दूवादी राष्ट्रिय स्वयम्सेवक संघ आरएसएस को ‘कठपुतली’ भएको भन्ने भावको भिडियो राखेको बताएका छन् ।

अधिकारीहरूले पत्रकार वाङ्खेमको पक्राउ राज्यको सुरक्षामा आँच आउने काम गर्ने प्रवृतिलाई रोक्ने उद्देश्यले भएको जनाएका छन् ।

 

उनलाई यस पहिले राजद्रोह गरेको आरोपमा पक्राउ गरेपनि स्थानीय अदालतद्वारा धरौटीमा रिहा गर्न गरेको आदेशपछि रिहा भएका थिए । एउटा गल्ती गरेर धरौटीमा रिहा भएपछि यसबाट उनी थप उत्तेजित बनेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

भारतमा गत महिना पहिले एक जना शिक्षकले प्रधानमन्त्री मोदीलाई ‘कुकुर’ भन्दै गाली गरेपछि छिमेकी राज्य आसाममा उनलाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक बन्द

    रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको...

टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन...

तिब्बतबाट आएको भिषण बाढीको असर मुग्लिङसम्म

    तिब्बतबाट आएको भोटेकोशी नदीको भिषणा बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै...

रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

    भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा...