पुस १५ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिन काठमाडौं नै आउनु नपर्ने



हाम्रो इकोनोमि

 

आगामी पुस १५ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिन काठमाडौं नै आउनु नपर्ने भएको छ । अब प्रदेशस्तरबाटै वैदेशिक रोजगारको लागि पुनः श्रमस्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने काम सुरु हुने पक्का भएको छ ।

 

रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ६ वटा प्रदशस्तरीय श्रम कार्यालयमा वैदेशिक रोजगार इकाइ गठन गरेर यो सेवा दिन लागेको हो । अहिलेसम्म काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयबाट मात्र श्रम स्वीकृति दिँदै आएको छ । अब विराटनगर, धनुषा, पोखरा बुटवल, सुर्खेत र धनगढीका श्रम कार्यालयबाट नै श्रम स्वीकति लिन पाइनेछ ।

 

संघीयताको मर्मअनुरुप नै काठमाडौंमा केन्द्रीकृत गरिएको सेवालाई प्रदेशसम्म लागिएको मन्त्रालयले जनाएको छ । अहिले काठमाडौंको ताहाचलमा श्रम इजाजत लिन ठूलो भीडा लाग्दा ठूलो सास्ती छ ।

 

अब यो समस्या हट्ने र सहज रुपमा सेवाग्राहीले सेवा लिन पाउने श्रम मन्त्री गोकर्ण बिष्टको विश्वास छ । कार्यालयहरुमा टोकनसहितको सहज श्रम स्वीकति लिने व्यवस्था मिलाउने योजना मन्त्रालयको छ ।

 

पूर्वाधारहरु तयार भएपछि इकाइबाट अन्य प्कारका श्रम स्वीकृति पनि दिने व्यवस्था गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ ।

 

रक्सी खाएर यौन सम्पर्क गर्दा बढी आनन्द आउँछ भन्ने भ्रममा हुनुहुन्छ _ यस्तो छ नकारात्मक असर

रक्सी खाएर यौन सम्पर्क गर्दा बढी आनन्द आउछ भन्ने एक किसिमको भ्रम छ हाम्रो समाजमा । तर यो भ्रम मात्र हो । यौन सम्पर्क गर्दा मादक पदार्थ सेवनले अस्थायी रुपमा सकारात्मक परिणाम देखाएपनि दीर्घकालमा यसले नकारात्मक परिणाम देखाउन थाल्ने हुँदा सकेसम्म मादक पदार्थ सेवन गरेर यौन सम्पर्क नगर्नु नै राम्रो मानिन्छ ।

 

मादक पदार्थबाट निश्चय नै शक्ति पैदा हुन्छ । तर यसले पुरुष र महिलाबिच हुने भावनात्मक सम्बन्धमा भने कमि ल्याउछ ।

 

मादक पदार्थ सेवन गरेर यौन सम्पर्क गर्नेहरु यौन सम्पर्क मायाको उद्गार र आनन्दको स्रोत हो भन्ने कुरा बिर्सन्छन् । उनीहरु यौन सम्पर्क एक व्यवहार हो र जसलाई पूरा गर्नु कर्तव्य हो भन्ने ठान्छन । वास्तममा यौन सम्पर्क एक कला हो ।

 

यसमा पारंगत हुनका लागि व्यक्तिले भरपूर माया दिन र लिन जानेको हुनु पर्छ । यौन सम्पर्कलाई शरीरको क्रिया मात्र नठानी परस्पर आत्मियता बाढ्ने क्रिया ठान्नु जरुरी छ । रक्सीले व्यक्तिलाई तत्काल उत्तेजना ल्याउने काम बाहेक भावनात्मक काम गर्दैन ।

 

यौन सम्पर्क गर्दा एक व्यक्तिले मात्र मादक पदार्थ सेवन गरेको छ भने अर्कोलाई त्यसले सकारात्मक असर गर्दैन । यदी दुबैले मादक पदार्थ सेवन गरेकाछन् भने पनि यसले क्षणिक बेहोरीपन बाहेक वास्तविक यौन आनन्द प्रदान गर्न सक्दैन । तर कसहलेकाही कामबाट थाकेको अवस्थामा, कामको तनाव भएको बेला वा रमाइलोका लागि थोरै रक्सीले यौन आनन्दमा कमि ल्याउँदैन ।

यी १० नारी, जसले घर-परिवारमा सुख समृदी भित्र्याउँछन

 

नारी, अर्थात घरको शोभा । नारीले नै हो, घर-परिवारलाई सन्तुलित राख्ने । खुसी दिने । स्वस्थ्य बनाउने । सुख ल्याउने । हामीले नारीलाई दुर्गा अर्थात शक्ति, सरस्वती अर्थात कला, लक्ष्मी अर्थात समृद्धिको रुपमा पूज्छौं । तर, कस्तो नारी ? प्रश्न उठ्न सक्छ ।

 

नारी भन्नसाथ नारी देहले मात्र पुग्दैन । उसको स्वभाव, प्रवृत्ति, चालचलन, सोंच आदि थुप्रै कुराले एउटा नारीलाई वास्तवमै कोमल, सहृदयी, विवेकशिल बनाउने हो । अतः हाम्रो धर्मशास्त्रले नारी कस्तो हुनुपर्छ ? वा कस्ता नारीले घरमा सुख-समृद्धि भित्र्याउन सक्छ भनेर व्याख्या गरेको छ ।

– जो मीठो बचन बोल्छ । जसको आवाज मधुर छ र हरेक क्षण मायालु बोली-ब्यवहार दर्शाउँछिन् ।

– आस्तिक, सेवा भाव राख्ने, क्षमाशील, दानशील, बुद्धिमान, दयावान, कर्तव्य पालना पूर्ण निष्ठाका साथ गर्ने नारी ।

– जो स्त्री तनले भन्दा मनले सुन्दर छिन् ।

– जो घरमा आएका आगन्तुकलाई हार्दिकताका साथ स्वागत गर्छन् ।

– अर्काको दुख देखेर आफ्नो सामाथ्र्य अनुसार सहयोग गर्ने र अर्काले दुखबाट उन्मुक्ति पाउँदा आनन्द अनुभूत गर्ने नारी ।

– घरका सबै सदस्यालाई उत्तिकै प्रेम, सम्मान, श्रद्धापूर्वक व्यवहार गर्ने । सबैलाई मिठो-मसिनो र स्वस्थ्यकर खाना ख्वाउने नारी

– जो प्रत्येक दिन स्नान गरेर सफा एवं स्वच्छ वस्त्र लगाएर घरमा प्रवेश गर्छिन् ।

– बिहान-साँझ पूजाआजा गर्ने, दीप एवं धूपले घरलाई सुगन्धित बनाउने नारी ।

– पतिव्रत धर्मको पालना गर्ने नारी ।

– धर्म र नीतिको मार्गमा चल्नका लागि परिवारलाई प्रेरित गर्ने नारी ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...