सिटिजन्स बैंक आर्थिक संकटमा, यसरी डुब्ने भयो जनताको पैसा



हाम्रो इकोनोमि

 

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड सञ्चालनमा आएको एक दशकमा सक्षम भयो भन्नेहरुको विपरीत बैंकको अवस्था झन् कन्तबिजोग भएको छ । खासगरी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) बाट एकाएक अवकास लिने घोषणा गरेका राजनसिंह भण्डारी र व्यवस्थापनका माथिल्लो तहका हाकिमहरुको  मिलोमतोमा बैंक दिन दुई गुणा रात चार गुणा बिँग्रदै गएको कर्मचारीेहरुले यसअघि नै बताउन थालेका थिए ।

 

बैंक बिग्रिएको किन पनि पुष्टि हुन्छ भने एक दशकपछि सबैभन्दा कम लाभांश दिने बैंकका रुपमा सिटिजन्स बैंक दरिएको छ । उसले चालू वर्ष लगानीकर्तालाई ३.६२८ प्रतिशत बोनस सेयर र १.६३५ नगद लाभांश गरी ५.२६३ प्रतिशत दिने घोषण गरेको छ । यो लाभांशमा पनि अंकुश लाग्नसक्ने राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका अधिकारीहरुको भनाइ छ ।

 

“बैंक अत्यन्तै नाजुक अवस्थामा छ” ती अधिकारीले भने “तर, अझै केन्द्रीय बैंकको प्रभाव निस्तेज पार्न र राजनीतिकरुपले आफू बलियो बन्न भण्डारीलाई कहीँ नभएको पद सञ्चालक समितिको प्रमुख सल्लाहकार दिइएको छ ।” उनले भण्डारीको प्रमुख सल्लाहकार पदलाई ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भन्ने उखानसँग तुलना गरेका छन् ।

 

तत्कालीन समयमा डेपुटी गभर्नर हुन नपाएपछि राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट बाहिरिएर सिटिजन्स बैंकमा प्रमुख कार्यकारी अधिकृत (सिईओ) बनेका भण्डारी नै पछिल्लो समय बैंकलाई तहसनहस बनाउन सक्रिय भएको बताईन्छ । खासगरी बैंकको सिईओ दुई कार्यकालभन्दा बढी बस्न नपाईने कानूनी व्यवस्थापछि उनले बैंकको सञ्चालकतर्फ आँखा लगाएका हुन् ।

 

उनले बैंकको अध्यक्ष बन्ने शर्तमामा मात्र सीईओ छाड्न सकिने बताउँदै आएका छन् । तर, अहिले बैंकमा अमेरिकाका लागि नेपालका राजदूतसमेत रहिसकेका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.शंकर शर्मा अध्यक्ष छन् ।

पछिल्लो समय सिटिजन्स बैंकमा एकपछि अर्को काण्ड मच्चिनुमा पनि बैंकका सिईओ भण्डारीको हात रहेको बताइन्छ ।

 

वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रा.लि.का सञ्चालकद्वय सुमन क्षेत्री र सुरेन्द्र क्षेत्रीसँग सिईओ भण्डारीले मिलेर २०७२ फागुनमा फर्जी व्यक्तिको नाममा १० करोडभन्दा बढी रकम कर्जा भुक्तानी दिएको भेटिएपछि राष्ट्र बैंकले कारबाही गर्दै २० लाख रुपैयाँ जरिवाना गरेको रहस्य हालै मात्र खुलेको छ ।

 

स्रोतका अनुसार सिईओको मिलोमतोमा यो प्रकरणलाई दबाउन खोजेपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि भण्डारी कारबाहीमा परेका हुन् ।

राष्ट्र बैंकको हालैको उक्त २० लाखको कारबाही लगत्तै सिईओ भण्डारी बाहिरिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । समय छँदै उनी सञ्चालक समितिको सल्लाहकार बन्ने योजना  भण्डारीले वर्षौसम्म अझै बैंकलाई चुस्ने योजनाका रुपमा बुझेका छन् । त्यही प्रकरणसहितका केही परियोजनामा गरिएको कर्जा लगानी शंकास्पद देखिएपछि राष्ट्र बैंकले ठूलो रकम जोखिमवापत राख्न लगाएका कारण चालू वर्षको लाभांशमा राष्ट्र बैंकले रोक लगाउन सक्ने अनुमान सिटिजन्स बैंकका कर्मचारीहरुको छ ।

 

सर्वसाधारणको निक्षेपलाई आफ्नै सम्पत्ति ठान्ने भण्डारीले आफूलाई बैंकको अध्यक्ष नबनाए बैंकको अवस्था अझ बिग्रिने बताउँदै हिँड्न थालेपछि सञ्चालक समितिको पनि सातो गएको छ । त्यसैले उनलाई सञ्चालक समितिको प्रमुख सल्लाहकारको रुपमा नियुक्त गरिएको स्रोतले बताएको छ ।

 

 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा सञ्चालक समितिको सल्लाहकार हुने व्यवस्था छैन । ठूला लगानीकर्तामध्येका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजङ पाण्डे र उनका छोराहरु प्रवलजङ तथा प्रतापजङ् भने भण्डारी  बैंकको नेतृत्वमा रहेसम्म बैंक अघि बढ्न नसक्ने बताउँदै भण्डारी निकटहरुलाई कुनै हालतमा पनि जिम्मेवारी दिन नहुनेमा देखिएका छन् । प्रमुख लगानीकर्ताहरु रिक्त  सिईओ पनि बाहिरबाट खोज्ने पक्षमा रहेको बुझिएको छ  ।

 

भण्डारी साँढे तीन वर्षअघि गभर्नरको दौडमा आफू पछाडी परेपछि वर्तमान गभर्नर डा.चिरञ्जीवी नेपाललाई बनाउन कम्मर कसेर लागेका व्यक्ति हुन् । त्यसैले गभर्नर नेपालका कारण उनी धेरै प्रकरणमा बचेका र उनको लोभ बढ्दै गएको केन्द्रीय बैंकका अधिकारीहरु हाकाहाकी बताउँछन् । वार्षिक करोडौं रुपैयाँ तलब बुझ्ने भण्डारी र पोखरेलले भित्रभित्रै बैंकलाई खोक्रो बनाईसकेको एकथरी कर्मचारी र लगानीकर्ता बताउँछन् ।

 

केही समयअघि दुबै जनाको मिलोमतोमा बैंकका कर्मचारीहरुले ग्राहकको सुन झिकेर सुन पसलमा बिक्री गर्ने गरेको भेटिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकका वरिष्ठ सुन जाँचकी भक्तपुरका सामिन शाक्य र सहायक सुन जाँचकी विन्देश शाक्य, ऋणी मोरङ शनिश्चरेका लभ बराइली, सङ्खुवासभा शनिश्चरे, चैनपुरका उमेशराज बराइलीलगायतका कर्मचारी र ऋणीलाई पक्राउ गरि लगाइएको मुद्दा अहिले पनि विचाराधीन रहेको छ ।

 

खासगरी दुई भाई ती कर्मचारीलाई आफ्ना बारेमा केही नबोल्न र उनीहरुको घरपरिवारलाई चाहिने जति पनि सहयोग गरिदिने मात्रै नभई छिट्टै कर्मचारी छुटाउने आश्वासन बैंकका सीईओले नै दिएको बताईन्छ । प्रहरीको सीआईबीका अनुसार उक्त घटनाबाट बैंकले २ करोड २८ लाख रुपैयाँ बराबरको हानी ब्यहोरोको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...