राजकीय सम्मानबिनै डा गिरीको अन्तिम संस्कार, शवदाह गृहलाई तिरियो ४ हजार



हाम्रो इकोनोमि

 

पूर्वप्रधानमन्त्री तथा वरिष्ठ राजनीतिज्ञ डा तुलसी गिरीको आज अन्तिम संस्कार गरिएको छ । बुधबार पशुपतिस्थित विद्युतिय शवदाह गृहमा गिरीको अन्तिम संस्कार गरिएको हो ।

 

पारिवारकै चाहना अनुसार सरकारले भीआईपीलाई दिइने राजकीय सम्मान प्रदान गरेन । गिरीले मृत्युअघि सामान्य नागरिक सरह आफ्नो अन्तिम संस्कार गर्न इच्छा जाहेर गरेकाले साेही अनुसार अन्तिम संस्कार गरिएको हो ।

 

उनको अन्तिम संकारका लागि पशुपति क्षेत्र विकास कोषको विद्युतीय शवदाह गृहलाई रु ४ हजार तिरिएको बताइएको छ ।

 

गिरीको मंगलबार कलेजोसम्बन्धी रोगका कारण ९३ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनपछि विभिन्न राजनीतिक दलका नेता तथा सुभेच्छुक अन्तिम श्रद्धाञ्जली दिनका लागि बूढानीलकण्ठस्थित निवासमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...