राजकीय सम्मानबिनै डा गिरीको अन्तिम संस्कार, शवदाह गृहलाई तिरियो ४ हजार



हाम्रो इकोनोमि

 

पूर्वप्रधानमन्त्री तथा वरिष्ठ राजनीतिज्ञ डा तुलसी गिरीको आज अन्तिम संस्कार गरिएको छ । बुधबार पशुपतिस्थित विद्युतिय शवदाह गृहमा गिरीको अन्तिम संस्कार गरिएको हो ।

 

पारिवारकै चाहना अनुसार सरकारले भीआईपीलाई दिइने राजकीय सम्मान प्रदान गरेन । गिरीले मृत्युअघि सामान्य नागरिक सरह आफ्नो अन्तिम संस्कार गर्न इच्छा जाहेर गरेकाले साेही अनुसार अन्तिम संस्कार गरिएको हो ।

 

उनको अन्तिम संकारका लागि पशुपति क्षेत्र विकास कोषको विद्युतीय शवदाह गृहलाई रु ४ हजार तिरिएको बताइएको छ ।

 

गिरीको मंगलबार कलेजोसम्बन्धी रोगका कारण ९३ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनपछि विभिन्न राजनीतिक दलका नेता तथा सुभेच्छुक अन्तिम श्रद्धाञ्जली दिनका लागि बूढानीलकण्ठस्थित निवासमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...