खुल्यो मलेसिया, अबदेखि निशुल्क जान पाउने, पैसा लिए कारवाही



हाम्रो इकोनोमि

 

विदेशी कामदार ल्याउन बिचौलिया अर्थात् मिडलम्यानको सहारामा रहेको मलेसियाले अब भने मिडलम्यान अर्थात् बिचौलिया हटाउने तयरी गरेको छ । रोयटर्ससँग कुराकानी गर्दै मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरनले मलेसियाको रोजगारमिा बिचौलिया हटाउन लागिपर्ने स्पष्ट संकेत गरेका हुन् ।

 

कामदार आपूर्तिमा मिडलम्यानको प्रयोगका कारण कामदार आपूर्तिमा अत्याधिक रकम खर्च भएको र कामदारलाई समेत आर्थिक भार थपिएको बताउँदै मलेसिया सरकार मिडल म्यान हटाउने होमवर्कमा लागेको कुलासेगरनले बताएका छन् ।

 

कामदारहरुमाथि भएको शोषणविरुद्ध कदम चाल्नैपर्ने दबाबमा परेको मलेसियाले बिचौलियालाई पूर्ण रुपमा निर्मूल गर्नको लागि अगाडि बढ्ने  स्पष्ट संकेत गरेको छ ।  बिचौलियाहरुले करोडौं विदेशी कामदारहरुबाट ठूलो रिक्रुटमेन्ट फि लिने गरेका थिए, जसका कारण कामदारहरु ऋणमा पर्ने र शोषणको खतरामा रहने गरेको देखिएको छ ।

 

मलेसियामा स्थानीयले उद्योगदेखि निर्माण र कृषिमा विदेशी कामदारहरुकै भर पर्ने गरेका छन् । धेरै विदेशी कामदारहरु ठूलो रकम ऋण बिचौलियालाई तिरेर मलेसिया आउने गर्छन् । यसले गर्दा उनीहरुले वर्षौं सम्म गरेका कमाई ऋण चुक्तामै खर्च गर्नुपरेको छ । यसलाई आधुनिक समयको दासताको एक रुप ‘ऋण बन्धन’ भन्दै मलेसियाले धेरै शुल्क असुल्ने मिडल म्यान हटाउने तयारी सुरु गरेको हो ।

 

यो समस्या सम्बोधन गर्नका लागि मलेसियाले कात्तिक १२ गते नेपालसँग सिधै कामदार रिक्रुट गर्ने सम्झौता गरेको छ । यो सम्झौता नेपालले आफ्ना कामदारहरुमाथि गरिने व्यवहार र मलेसिया जाने कामका लागि लाग्ने अत्याधिक शुल्कलाई लिएर केही समय कामदार पठाउन रोकेपछि मलेसिया नेपालसँग श्रम सहमति गर्न बाध्य बनेको थियो ।

 

यसै सहमतिलाई लिएर मानव संशाधनमन्त्री एम कुलासेगरनले रोयटर्ससँग भनेका छन्, ‘यो मानव तस्करी र कामदारहरुको शोषणा रोक्न गरिएको हो पहल हो । कामदारहरु यो देशमा आएर ऋणको बन्धनमा हुने र आफूले लिएको ऋण तिर्न कुचक्रमा फस्ने खतरा बढेपछि गरिएको सहमति हो । ’

 

कात्तिक १२ गते भएको सहमतिअनुसार अब नेपाली कामदारहरुको सम्पूर्ण  खर्च रोजगारदाता कम्पनीले तिर्नुपर्छ । यसमा हवाई भाडादेखि, भिषा र मेडिकल जाँच फिसमेत समावेश छ ।  नेपालसँग भएको जस्तै सम्झौता अब बंगलादेश, इण्डोनेसिया र भियतनामसँग पनि गर्ने तयारीमा मलेसिया रहेको छ ।

 

बंग्लादेश, इण्डोनेसिया र नेपाल मलेसियाका २० लाख कूल कामदारको सबैभन्दा धेरै कामदार पठाउने राष्ट्रहरु हुन् । तर अझै लाखौं बढी सरकारी अनुमति बिना काम गरिरहेको मलेसियाले जनाएको छ ।

 

बढी काम
विश्वको सबै भन्दा ठूलो ग्लोभ निर्माता मलेशियन कम्पनी ‘टप ग्लोभ’ ल यहि महिना खराब रिक्रुटेमेन्ट एजेन्टसँगको सम्बन्धन टुटाउने बताएको छ । उसले आफ्ना केही कर्मचारीहरुले ऋण तिर्नको लागि अत्याधिक बढी समय काम गरिरहेको थाहा पाएपछि यो कदम उठाएको हो ।

 

अभियानकर्मीहरुले वर्षौंदेखि मलेसियालाई बिचौलिया निर्मुल गर्न माग गरिरहेका थिए । उनीहरुका अनुसार बिचौलियाले कामदारबाट २० हजार मलेसियन रिंगिट लिने गर्छन् । यसै कारण कामदारहरु यो रकम तिर्नकै लागि वर्षौं पसिना बगाउन बाध्य हुन्छन् ।

 

ऋण बन्धन आधुनिक दासताको सबैभन्दा प्रचलित माध्यम हो । यसले विश्वभरिका ४ करोड मानिसलाई प्रभावित गरेको अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले जनाएको छ ।  युएस स्टेट डिपार्टमेन्ट (अमेरिकी विदेश मन्त्रालय) ले सन् ‘२०१८ ट्राफिकिङ इन पर्सन’ रिपोर्टमा मलेसियालाई आफ्नो टायर २ (दोस्रो सबैभन्दा न्यून र्याकिङ्गमा) वाच लिस्टमा राखेको छ । ऋण बन्धन समेत मानव तस्करीमा पर्याप्त काम नगरेको भनेर मलेसिया उक्त सूचीमा परेको हो ।

 

यतिबेला मलेसिया सरकार आँफै सफ्टयेवर निर्माणको चरणमा रहेको छ । सफ्टवेयर निर्माणको काम सकिएपछि सम्भवतः सन् २०१९ को जनवरीबाट बिचौलिया हटाई फ्रि भिषा, फ्रि टिकटमै कामदारको आपूर्ति गर्ने गरी यतिबेला होमवर्क गरिरहेको बताइएको छ ।

 

नेपालबाट मलेसिया रोजगारी रोकिएको ७ महिना पूरा भइसक्दा पनि खुल्न सकेको छैन । मेडिलदेखि अन्य सेवा प्रदायक अर्थात् मिडलम्यान हटाउन नेपालले आग्रह गरेपछि त्यसको विकल्प र तयारीमा मलेसिया सरकारले काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...