एसपी डिल्ली राज बिष्ट सहित ८ जना विरुद्ध मुद्दा दर्ता
किशोरी निर्मला पन्तलाई बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न अपराधिको प्रमाण मेटाउने काममा प्रहरी सक्रिय देखिएकोले कारवाहीको माग गर्दै बालिका पन्तकी आमा दुर्गादेवी पन्तले कञ्चनपुरका तत्कालीन प्रहरी एसपी डिल्लीराज बिष्टसहित ८ जनाविरुद्ध मुद्दा दर्ता गराएकी छिन् ।
बलात्कारपछि भएको हत्या काण्ड घटनाको अनुसन्धानमा खटिएका कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक बिष्ट, डीएसपी सहित ८
जनाविरुद्ध मंगलवार मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चपुरका प्रहरी उपरीक्षक कुबेर कठायतले मुद्दा दर्ता भएकाले कानून अनुसार नै आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाइने बताए । फौजदारी अभियोग लागेका व्यक्तिलाई प्रहरीले हिरासतमा लिएर कारवाही प्रक्रिया अगाडि बढाउने व्यवस्था रहेको छ ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको अनुसन्धानमा प्रहरीले नै प्रमाण नष्ट गर्ने गरी गम्भीर लापरवाही गरेको भन्दै उजुरी दिएकी हुन् । घटना साउन १० गते घटेपनि प्रहरीले हालसम्म पनि अपराधी पत्ता लगाउन सकेको छैन ।
निर्मला हत्या प्रकरणस् निर्मलाकी आमाले यस्तो कदम चालेपछी फँसे यी आठ प्रहरी अधिकारी
कञ्चनपुरको भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा पुस ३ गते आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायतले तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहित आठ जनाविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले मुद्दा दायर गरेको जानकारी दिए ।
उक्त प्रकरणमा लापरवाही गरेको भन्दै निर्मलाका आमाले घटना अनुसन्धानमा संलग्न आठ जना प्रहरी कर्मचारीविरुद्ध मुद्दा दायर गरेकी हुन् ।
पुस ३ गते नै तत्कालीन जिल्ला प्रहरी कार्यालयका प्रमुख विष्टसहित चार जना प्रहरी अधिकृतविरुद्ध भीमदत्तनगरपालिका–१९ बागफाँटाका खड्कसिंह विष्टले भाइ दिलीपसिंहलाई यातना दिएको भन्दै मुद्दा दायर गरेको प्रहरीले जनाएको छ ।
तत्कालीन प्रहरी प्रमुख विष्टले गत भदौको पहिलो हप्ता खड्कसिंह विष्टका भाइ दिलीपसिंह विष्टलाई निर्मलाको हत्यामा संलग्न भन्दै सार्वजनिक गरेका थिए । तर आरोपित विष्टको डिएनए नमिलेपछि साधारण तारेखमा रिहा भएका थिए ।
खडकले तत्कालीन प्रहरी प्रमुख विष्ट, प्रहरी नायब उपरीक्षकद्वय ज्ञानबहादुर सेटी, अङ्गुर जिसी र वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टविरुद्ध मुद्दा दायर गरिएको छ ।
पाकेटमारको कोड भाषा: मोबाइललाई ‘कान’, समातिए ७७ चोर
प्रहरीले काठमाडौं उपत्यकामा चोरी र लुटपाटमा संलग्न भएको आरोपमा ७७ जनालाई पक्राउ गरेको छ । महनगरीय प्रहरी परिसर काठमाडौंले उपत्यकामा पछिल्लो १५ दिनभित्र चोरी र लुटपाटमा संलग्न रहेको आरोपमा ४ महिलासहित ७७ जनालाई पक्राउ गरेको हो, जसमा १ बच्चासहितकी आमा समेत पक्राउ परेकी छन् ।
काठमाडौंका सार्वजनिक सवारी साधनमा लुटपाट गर्नेदेखि विभिन्न सार्वजनिक स्थल र घर तथा आवासीय क्षेत्रमा समेत उनीहरुको संलग्नता रहेको प्रहरीको दाबी छ । उपत्यकामा चोरी र लुटपाटमा संलग्न उक्त गिरोहले २–२ जनाको दरले ६ जनाको समुह बनाई सार्वजनिक बसहरुमा यात्रारत यात्रुहरुबाट नगद, पैसा, गहना लुटपाट गर्ने गरेको समेत जनाएको छ ।
त्यस्तै प्रहरीले पक्राउ पर्नेहरुबाट बरामद गरिएको ५ लाख ९६ हजार पीडितलाई फिर्ता गरेको छ । दाङको घोराहीमा बस्ने धनीमान रोकामगरको न्युरोडबाट लुटिएको १ लाख ९ हजार पकेट मार्दामादै पक्राउ गरी फिर्ता गरेको छ ।
त्यस्तै प्रहरीले ३९ थान मोबाइल, ४ थान आइप्याड, ५ थान ल्यापटप लगायतका सामानहरु समेत बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि थप आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाइएको छ । पहिलोपटक पकेट मार्नेलाई १ महिना जेल र सोही बराबर बिगो, दोश्रोपटक पकेट मारेको भेटिएमा २ महिना जेल र सोही बराबर बिगो कार्वाही हुने प्रहरीले जनाएको छ ।
सवारी साधनमा पकेट मार्दा यस्ता हुन्छन् सांकेतिक भाषा
प्रहरीले उपत्यकाका सार्वजनिक सवारी साधनहरुमा चोरी र लुटपाट गर्दा पकेटमारहरुले आफ्नै खालको सांकेतिक भाषाको प्रयोग गर्ने गरेको खुलासा गरेको छ । सुरुमा पकेटमारहरु सवारी साधनमा यात्रा गरिरहेका यात्रुहरुको भीडमा घुस्ने गर्छन् । त्यहाँ उनीहरुको २ देखि ६ जनासम्मको समुह हुने गर्दछ । जब भीडमा उनीहरु घुस्छन् तब उनीहरुले सांकेतिक भाषाको प्रयोग गरेर पकेट मार्ने गर्छन् ।
उनीहरुले पैसालाई द, मोबाइललाई कान, पकेटमारी पीडित– रामे, पकेटमारी गर्ने (मास्टर) काशी, पैसा धेरै भएको यात्रु देखिएमा टानको द, पैसा थोरै भएको यात्रु देखिएमा जुटको द भनेर सांकेतिक भाषाको प्रयोग गरेको पाइएको छ ।
त्यस्तै उनीहरुले गाडीलाई काँचा, केटालाई छापा, केटीलाई भद्री, पुलिसलाई आयो ठुलदाई, ड्राइभरलाई माम, खलासीलाई मले, गाडीबाट झरेर भाग्नलाई टप्की, गाडीभित्र अगाडि सर भन्यो भने अकल जा, गाडीभित्र पछाडि सर भन्यो भने चिछल जा भन्ने सांकेतिक भाषाहरु प्रयोग गर्ने गरेको प्रहरीको दाबी छ ।