निर्मलाको हत्यारा खै उपप्रधानमन्त्रीज्यू ?



हाम्रो इकोनोमि

 

‘अजासु’ अर्थात् अति जान्नेसुन्ने हुँदा कहिलेकाहीँ राम्रै बल्ड्याङ खानुपर्दो रहेछ भन्ने कुरा अहिले नेकपाका नेता तथा सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलमा लागू भएको छ । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लागिसकेको उनको अभिव्यक्तिका कारण अहिले आममान्छेले उनलाई उपप्रधानमन्त्री होइन, ‘हावादारी मन्त्री’को संज्ञा दिन थालेका छन् ।

 

उपप्रधानमन्त्री पोखरेलले निर्मला पन्तको हत्यारा पत्ता लागिसकेको र सरकारले छिट्टै सार्वजनिक गर्छ भनेर अभिव्यक्ति दिएको डेढ हप्ता भइसकेको छ । मंसिर २२ गते राजधानीमा आयोजित एक कार्यक्रममा उनले घोषणा गर्दै भनेका थिए, ‘निर्मलाको हत्यारा पक्राउ परिसक्यो, छिट्टै सार्वजनिक गर्छौं ।’

 

उनले सरकारलाई समेत अप्ठ्यारो पार्ने गरी यो वक्तव्य दिएपछि धेरैले पत्याएका थिए कि अब हत्यारा पक्कै पत्ता लाग्ला । तर, डेढ हप्ता बित्दा पनि त्यसबारे कुनै नयाँ कुरा पत्ता नलागेपछि उपप्रधानमन्त्रीजस्तो व्यक्तिले बोलेको कुरा पनि हावादारी साबित भएको छ ।

 

उपप्रधानमन्त्रीजस्तो व्यक्तिले बोलेको कुरा रत्नपार्कको रूखमा बसेर ‘जो पायो त्यो व्यक्तिलाई’ गाली गरिहिँड्ने मुकुन्देको जत्तिको पनि स्तरीय नभएको चर्चा छ । उनले त्यो बेला प्रस्ट शब्दमा निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरू पक्राउ परिसकेको दाबी गरेका थिए । त्यति मात्र होइन, अझ थपेका थिए, ‘राजनीतिक दलको आवरणमा हत्यारा जोगाउन आउने हो कि भन्ने डर लागेको छ ।’

 

१०औं मानवअधिकार राष्ट्रिय महाभेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले भनेका थिए, ‘म यति भन्न चाहन्छु, अपराधी पत्ता लागिसकेको छ, नियन्त्रणमा आइसकेको छ । हामी चाँडै विधिसम्मत ढंगले सार्वजनिक गर्छौं ।’

 

उनले कार्यक्रममा उपस्थित कांग्रेस नेतृ पुष्पा भुसालको नाम लिँदै नेकपाका नेतासमेत रहेका मन्त्री पोखरेलले राजनीतिक आवरणमा हत्यारा जोगाउन नआउन भनेका थिए । उनले आफूलाई एउटा कुराले डर लागेको भन्दै ‘सरकारले त्यसलाई सार्वजनिक गर्दा राजनीचिको ध्येय बोकेकाहरू छाता ओढाउन आउने हुन् कि भन्ने लागेको छ । पुष्पाजी ख्याल गर्नुहोला ।’ भनेका थिए ।

 

उनले प्रतिपक्षी दलका नेता र अखबारका स्तम्भकारले जसरी सरकारले बोल्न नमिल्ने भन्दै सरकारको नजरमा कोही पनि अपराधी उम्कन नसक्ने ठोकुवा गरेका थिए ।

उनले हत्यारा पत्ता लागिसकेको दाबी गर्दै अपराधी बाहिर ल्याउँदा कसैले पनि छाता ओढाउन नआउन चेतावनी दिएका हुन् ।

उनले अन्य दललाई आफ्नो राजनीतिको रोटी सेकाउनकै लागि यो काण्ड बढी नउछाल्न पनि चेतावनी दिएका थिए । तर, उनको कुरा हचुवा र हावादारी नै साबित भएको छ ।बुधबारबाट

 

निर्मला प्रकरणः प्रदीप र विशालको डिएनए रिपोर्ट प्राप्त भएको छैन : एसपी कडायत

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार–हत्या प्रकरणमा पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीको डिएनए परीक्षण सम्पन्न भइसकेको प्रहरीले जनाएको छ ।

 

तर के रिपोर्ट आएको छ भन्नेबारे भने  प्रहरीले केही जानकारी गराएकाे छैन। कञ्चनपुरका एसपी कुवेर कडायतले प्रदीप र विशालको डिएनए रिपोर्ट आफूलाई प्राप्त नभएको बताए ।

रिपोर्ट प्राप्त भएपछि जिल्ला सरकारी वकिलको रोहबरमा खोजिने एसपी कडायतले बताए ।

 

‘प्रदिपसहित तीन युवाको डिएनए रिपोर्ट खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा परिक्षण गरेर बिहान कञ्चनपुर पठाइएको जानकारी आएको छ,’ उनले भने, ‘त्यस्तै नेपाल प्रहरीको विधिविज्ञान प्रयोशालामा परिक्षण गरिएको डिएनए रिपोर्ट भने पठाइएको जानकारी पाएको छैन ।’

 

खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा परीक्षण गरेर पठाइएको भनिएको उनीहरुको डिएनए रिपोर्ट आफूलाई आज दिउँसोसम्म प्राप्त हुनेसक्ने एसपी कडायतले बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...