ओलीमाथी प्रचण्ड पक्षधरको दवाव सुरुः कि पार्टी अध्यक्ष छोड, कि प्रधानमन्त्री !



हाम्रो इकोनोमि

 

नेकपाका प्रभावशाली नेता भीम रावल र घनश्याम भूसालले प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध ‘जेहाद’ छेडिरहेका बेला पुुष्पकमल दाहाल प्रचण्ड निकट नेताहरुले एक पद छोड्न ओलीलाई दवाव दिन थालेका छन् ।

 

प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति वरिष्ठ नेता माधव नेपाल समुहका नेताहरुले सार्वजनिक असन्तुष्टी पोखिरहेका बेला प्रचण्ड पक्षधर नेताहरुले प्रधानमन्त्री वा पार्टी अध्यक्ष मध्ये एक पद छोड्न ओलीलाई आग्रह गरेका छन् ।

 

‘तोकिएकै समयमा महाधिबेशन भएपनि अझै डेढ बर्ष लाग्छ, त्यो बेलासम्म पार्टी बर्वाद हुने निश्चित छ’, प्रचण्ड पक्षधर नेता लेखनाथ न्यौपानेले भने ‘पार्टी र सरकारलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीज्युले एक पद छोड्नु पर्दछ ।’

 

पार्टी अध्यक्ष र प्रधानमन्त्री एउटै ब्यक्ति हुँदा पार्टी र सरकार दुवै चल्न नसकेको उनीहरुले दावी गरेका छन् । सरकार सञ्चालनका लागि पार्टीभित्र एउटा शक्तिशाली सयन्त्र बनाउन पनि उनीहरुले माग पनि गरेका छन् ।

 

प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष पद छोड्नु पर्ने पक्षमा नेकपा नेता बामदेव गौतम, मन्त्री बर्षमान पुन, सभामुख कृष्णबहादुर महरा, चक्रपानी खनाल, मन्त्री शक्तिबहादुर बस्नेतलगायतका नेताहरु रहेका छन् ।

 

कतिपय नेपाल पक्षधर नेताहरु पनि ओलीले पार्टी अध्यक्ष पद छोड्नु पर्ने पक्षमा उभिन थालेका छन् । उनीहरुले न पार्टी न सरकार चलाउन सकेको आरोप लगाउन थालेका छन् ।

 

पार्टी एकताको दिन दुई अध्यक्षत्मक प्रणालीको बचाउ गरेका प्रधानमन्त्री ओलीलाई यतिबेला सकस परेको छ । ‘नेकपा काठमाडौका सडकमा गुड्ने टेम्पु हो र , एउटा मात्र चालक हुने ! यो त जेठ विमान हो, जहाँ दुई पाइलट हुन्छन्’, पार्टी एकताका दिन दुई अध्यक्षत्मक प्रणालीको बचाउ गर्दै ओलीले भनेका थिए । तर उनले पार्टी र सरकारको जहाज चलाउन नसकेको आरोप प्रचण्ड पक्षधर नेताहरुले लगाउन थालेका छन् ।

 

पछिल्लो समय ओलीसँग रुष्ट बनेका प्रचण्डले पनि आफ्नो भूमिका खोजिरहेका छन् । आफु निकटका नेताहरुसँग उनले आफुलाई भूमिकाविहीन बनाइएको भन्दै गुनासो पोखेका छन् ।

 

प्रधानमन्त्री ओलीले समय दिन नसकेका कारण पार्टी एकताको प्रक्रियाले पूर्णता पाउन नसकेको उनले बताउन थालेका छन् । पार्टी एकता भएको ७ महिना पुगिसक्दा पनि जनवर्गिय संगठन र जिल्ला कमिटीको गठन हुन सकेको छैन ।

तीन घण्टा चलेकाे नेकपा स्थायी कमिटी बैठकमा राखे ८ सदस्यले राखे धारणा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा आज पनि जारी रह्यो ।

 

झण्डै तीन घण्टा चलेको उक्त बैठकमा ८ जना स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेको महासचिव विष्णु पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

आजको बैठकमा देवप्रसाद गुरुङ, रघुवीर महासेठ, भीमप्रसाद आचार्य, रघुजी पन्त, बर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प क“डेलले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरेका थिए ।
बैठक बिहिबार पुन बस्नेछ ।

प्रतिक्रिया दिनुहोस
नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...

हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...