गृहमन्त्रीका छोरा अझै दलालीमा सक्रिय



हाम्रो इकोनोमि

मन्त्रीमात्र सोझा भएर नहुँदोरहेछ, दायाँबायाँका मान्छे खराब भएपछि ।
गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकले आफूले नभ्याएर मान्छेहरुलाई ‘दलाल’ बनाई ठाउँ–ठाउँमा पठाउन थालेपछि प्रहरीहरु दिक्क भएका छन् । एकजना छन्, उत्साह चन्द । टंगालमा एटिक रेष्टुरेण्ट चलाउने ।

 

उनी प्रतीकको दूत बनेर दिनभरि टेकुस्थित प्रहरी परिसरमा पुग्छन् । आएका ठुल्ठूला मुद्दा मिलाउनेदेखि पोष्टिङ चाहिएका प्रहरीसम्मलाई त्यतै भेट्छन् र प्रतीकमार्फत काम मिलाइदिने भन्दै बैना पनि त्यहीँ बुझ्छन् ।

 

प्रतीकको बास हुने दुई ठाउँ, एउटा दरबारमार्गस्थित किङ्स लाउञ्ज । त्यो म्याच फिक्सिङमा मुछिएका अञ्जन थापाले चलाएका हुन् । अहिले पनि प्रहरीको निगरानीमा छन् । तर, गृहमन्त्रीको छोरो त्यहीँ पुगेर, प्रहरीलाई फोन गर्दै ‘मेरो सुरक्षाका लागि एउटा टोली बाहिर खटाइदिनु’ भन्न भ्याउँछन् । अपराधीलाई निगरानी गर्नु कि मन्त्रीको छोरालाई ?

 

प्रहरीहरु तनावमा छन् । अर्को हो, एटिक लाउञ्ज र सँगै रहेको नीलगिरी थकाली भान्साघर । त्यहाँ प्रहरी हेडक्वार्टरभित्र काममा लागेका प्रहरी अधिकृतहरुलाई बोलाएर कहिलेकाँही त लाइन नै लगाउँछन् । जस्तो कि, नुवाकोटका एकजना क्रसर व्यापारी केही दिनदेखि नक्सालमा बाक्लो आवत–जावत गर्दै थिए ।

 

पहिल्यै त्यहाँका एसपी बसन्त कुँवरलाई तानेर अर्को, सजिलो एसपी पठाउने ती व्यापारीको माग थियो । उनले पैसा दिइसकेका थिए । तर, प्रतीकले बस्याल थरका एसपीलाई पठाउन सकेनन् । गृहसचिवलाई फोन गरेर व्यापारीलाई ह्याण्ड्स फ्रिमा सुनाए । सचिवले ‘मलाई हैन, मन्त्रीज्यूलाई भन्ने हो । म यस्तो काम गर्दिनँ’ भनेपछि फोन काटे ।

 

आइजीले पनि त्यसै गरी फोन गरे । आइजीले ‘मन्त्रालयमा भन्नुपर्छ, उताबाट गर्नु भनेर गरिदिन्छु’ भने । तर, काम भएन । अहिले शान्ति प्रक्रियाको बेला अनमिनमा बसेर काम गरेका कारण गृहमन्त्री बादलसँग पनि राम्रै सम्बन्ध बनाएका कृष्ण पल्ली मगर नुवाकोट पठाइएर बसन्त तानिएका छन् ।

 

कृष्ण पल्लीलाई त्यहाँ पठाउनु केही दिनअघिको दृश्य हो यो, पुलिसको जागिर खाने, थकाली भान्साघरमा समय कटाउने दैनिकी थियो । उता, गाडीका सिण्डिकेट तोड्ने गृहमन्त्रीको घोषणा छ ।

 

तर, बुटवलतिर गयो भने देखिन्छ, पश्चिम नेपाल बस व्यवसायी समितिका पदम गाहामगर मन्त्रीपुत्रको नाममा प्रहरीलाई तनाव दिइरहेका हुन्छन् । यतिमा यो पोष्टिङ, उति कोशेलीमा त्यो पोष्टिङ भन्दै दिन कटाइरहेका हुन्छन् । खासमा प्रतीकले पदम गाहाका दाइकी छोरी विवाह गरेका हुन् र उनलाई ज्वाइँ भन्छन् ।

 

अहिले थकाली भन्साघरमा एसपीबाट एसएसपी हुने व्याचका प्रहरीहरु जम्मा पार्नमा व्यस्त छन् । दरबन्दी थप आउने भयो भने केही समयपछि र अहिले खाली रहेकै दरबन्दीमा गर्नुपर्ने भयो भने आजभोलि नै एसएसपी बढुवाको प्रक्रिया शुरु हुँदैछ ।

 

त्यो व्याचमा गृहसचिवको तर्फबाट टेकप्रसाद राई र आइजिपीको तर्फबाट श्यामलाल ज्ञवाली एक नम्बरका प्रतिस्पर्धी हुन् । यो व्याच  किन पनि छ भने, अहिले जो एक नम्बरमा एसएसपी हुन्छ, उही तीन व्याचपछि आइजिपी पनि हुन्छ । भान्साघरमा अहिले प्रतीक एसपी बुद्धि गुरुङहरुलाई लाइन लगाएर बसेका छन् । जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...