नेकपा अमुक नेताको कम्पनी बन्नु हुँदैन – योगेश भट्टराई



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता योगेश भट्टराईले पार्टी अमुक नेताको कम्पनी बन्न नहुने बताएका छन् । संचारकर्मीसंग उनले कुनै पनि नेताको इशारामा पार्टी चल्नु गलत भएको बताए ।

 

उनले भने, ‘कुनै नेतालाई बलियो बनाउने होइन पार्टीलाई बलियो बनाउने हो ।’ आफू कुनै पनि गुटमा नरहेको भन्दै उनले पार्टीभित्र गुट उपगुट हुन नहुने बताए ।

 

राजधानीमा जारी स्थायी समिति बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना भइरहँदा भट्टराईले पनि यसमा समर्थन गरेका थिए । भट्टराईका अनुसार अहिलेसम्म बोल्ने १८ मध्ये १६ जनाले ओलीको राजनीतिक प्रस्तावको आलोचना गर्दै वामदेव गौतमले प्रस्तुत गरेको राजनीतिक प्रस्तावको समर्थन गरेका छन् ।

 

नेता भट्टराईले गुटबन्दीले पार्टीलाई कमजोर बनाउन खोजेको भन्दै गुटबन्दीको अन्त्य गर्नुपर्ने बताएका छन् । उनले स्थायी समिति बैठकमै पनि आफ्ना र अर्काका नेता बनाइएको भन्दै आलोचना गरेका थिए । उनले पार्टी एकताका नाममा फरक मत राख्ने नेता–कार्यकतालाई लखेटिएको भन्दै नेतृत्वले भविष्यमा चैनको निद्रा सुत्न नसक्ने टिप्पणी गरेका थिए ।

 

ओलीप्रति चर्को आलोचना गर्दै उनले भने, ‘एकताका नाममा एउटा विचार समूहका नेतालाई लखेट्ने, सिध्याउने काम गरिरहनुभएको छ। मान्छे त लखेट्नु होला तर ती मान्छेको भूतले सपनामा पनि लखेट्छ, चैनसँग सुत्न पाउनहुन्न ।

 

म महाधिवशेनवाट निर्वाचित पार्टी सचिव र प्रचार विभाग प्रमुख भएकाले मात्र अहिले यो कमिटीमा छु। तर यो स्थायी समिति एमालेको नेताहरूबाट छनौट हुने भएको भए सायद म यहाँ हुने थिइन ।’

 

पार्टीमा स्थायी समिति सदस्यहरुलाई समेत काम नदिएका ओली सरकार संचालनमा पनि उत्तिकै असफल हुँदै गएका छन् । उनको प्रवृत्तिप्रति नेकपाभित्रै चरम असन्तुष्टि छ ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...