श्रीमान एयरपोर्ट ओर्लिनु र श्रीमती परपुरुषसँग समातिनु एकैसाथ



 

गुल्मी । विदेशबाट श्रीमान विमानस्थलमा ओर्लिनु र श्रीमती परपुरुषसँग रंगेहात पक्राउ पर्नु एकैपटक परेको छ । गुल्मीको एक गाउँमा श्रीमती भने परपुरुषलाई बोलाएर गाउँवासीबाट घरमै समातिनु र श्रीमान विमानस्थलबाट घर फर्किने तयारीमा रहनु एकैपटक परेको हो  ।

फेसबुकबाट लभ चक्कर चलाएका तनहुँ जिल्ला व्यासा नगरपालिका–१० का प्रकाशकुमार जिसी नाम थर बताउने वास्तविक थर भने विश्वकर्मा रहेका प्रकाश गुल्मी बलिथुमकी विदेश श्रीमान भएकी एक महिलासँगै समातिएका हुन् ।

गत ६ महिनादेखि उनीहरु फेसबुकबाट लभ चक्करमा परेका थिए । फेसबुकको चक्करसँगै प्रकाश भेट्न भनि आईतबार महिलाको घर आएका थिए । घरमा एक्लै बसेकी ती महिलालाई घरभित्र अभद्र व्यवहार गर्न लागेको बेला स्थानीय युवाले समातेका थिए ।

गाउँवासीले निजलाई समातेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको र निजलाई  हिरासतमा लिई अदालतमा मुद्दा दायर गरिएको सो कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रविन्द्र खड्काले जानकारी दिए ।

गाउँवासीले विकलाई समातेर उनको मोबाईलमा रहेका फोन नम्वरहरुमा फोन गर्दा दर्जनौं महिलाहरुले उठाउने गरेको र आफूहरुलाई पनि लभ चक्करमा फेसबुकबाटै फसाएको उनीहरुको आरोप छ ।

निजले महिलाहरुसँग लभ चक्कर चलाउने र  लाखौं रकम महिलाहरुबाट ठग्ने गरेको उनको फेसबुकबाट खुलेको वलिथुमका युवाहरु बताउँ छन् ।

उनले धरान, झापादेखि विभिन्न जिल्लाका लाहुरे तथा विदेशमा श्रीमान भएका महिला र युवतीहरुसँग पछिल्लो एक बर्षमै १३ तोला सुन र ४ लाख रुपैयाँ फसाएको कब्जा गरिएको मोबाईलबाट अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

बलिथुमकी ती महिलाले आफूलाई अभद्र व्यवहार गरेको भन्दै उजुरी गरेपछि पक्राउ परेका विकविरुद्ध थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक खड्काले बताए ।  उनले प्रकाश कुमार जिसी नाम बताए पनि उनी विश्वकर्मा रहेको खुलेको खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट

माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं