श्रीमान एयरपोर्ट ओर्लिनु र श्रीमती परपुरुषसँग समातिनु एकैसाथ



हाम्रो इकोनोमि

 

गुल्मी । विदेशबाट श्रीमान विमानस्थलमा ओर्लिनु र श्रीमती परपुरुषसँग रंगेहात पक्राउ पर्नु एकैपटक परेको छ । गुल्मीको एक गाउँमा श्रीमती भने परपुरुषलाई बोलाएर गाउँवासीबाट घरमै समातिनु र श्रीमान विमानस्थलबाट घर फर्किने तयारीमा रहनु एकैपटक परेको हो  ।

फेसबुकबाट लभ चक्कर चलाएका तनहुँ जिल्ला व्यासा नगरपालिका–१० का प्रकाशकुमार जिसी नाम थर बताउने वास्तविक थर भने विश्वकर्मा रहेका प्रकाश गुल्मी बलिथुमकी विदेश श्रीमान भएकी एक महिलासँगै समातिएका हुन् ।

गत ६ महिनादेखि उनीहरु फेसबुकबाट लभ चक्करमा परेका थिए । फेसबुकको चक्करसँगै प्रकाश भेट्न भनि आईतबार महिलाको घर आएका थिए । घरमा एक्लै बसेकी ती महिलालाई घरभित्र अभद्र व्यवहार गर्न लागेको बेला स्थानीय युवाले समातेका थिए ।

गाउँवासीले निजलाई समातेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको र निजलाई  हिरासतमा लिई अदालतमा मुद्दा दायर गरिएको सो कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रविन्द्र खड्काले जानकारी दिए ।

गाउँवासीले विकलाई समातेर उनको मोबाईलमा रहेका फोन नम्वरहरुमा फोन गर्दा दर्जनौं महिलाहरुले उठाउने गरेको र आफूहरुलाई पनि लभ चक्करमा फेसबुकबाटै फसाएको उनीहरुको आरोप छ ।

निजले महिलाहरुसँग लभ चक्कर चलाउने र  लाखौं रकम महिलाहरुबाट ठग्ने गरेको उनको फेसबुकबाट खुलेको वलिथुमका युवाहरु बताउँ छन् ।

उनले धरान, झापादेखि विभिन्न जिल्लाका लाहुरे तथा विदेशमा श्रीमान भएका महिला र युवतीहरुसँग पछिल्लो एक बर्षमै १३ तोला सुन र ४ लाख रुपैयाँ फसाएको कब्जा गरिएको मोबाईलबाट अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

बलिथुमकी ती महिलाले आफूलाई अभद्र व्यवहार गरेको भन्दै उजुरी गरेपछि पक्राउ परेका विकविरुद्ध थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक खड्काले बताए ।  उनले प्रकाश कुमार जिसी नाम बताए पनि उनी विश्वकर्मा रहेको खुलेको खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...