कांग्रेसमा उपसभापति र महामन्त्री ३-३ तथा सहमहामन्त्रीको संख्या ५ पुर्‍याउन प्रस्ताव



 

विधान संशोधन प्रतिवेदनमा सहमति जुट्न नसक्दा नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्र प्रभावित भएको छ ।

 

विधानमा सहमति जुटाउन पार्टी पदाधिकारीको बैठक बसिरहेको छ । संस्थापन निकट स्रोतका अनुसार ३–३ उपसभापति र महामन्त्री तथा सहमहामन्त्रीको संख्या ५ बनाउनेबारे छलफल भइरहेको छ ।

 

सभापति शेरबहादुर देउवा उपसभापति र महामन्त्रीको संख्या कम र सहमहामन्त्रीको संख्या बढाउनुपर्ने पक्षमा अडान लिइरहेका छन् ।

 

रामचन्द्र पौडेल पक्षधर भने उपसभापति र महामन्त्रीको संख्या बढाउनु पर्ने प्रस्तावमा अडान लिइरहेका छन् । ʻपदाधिकारीको संख्या १२ पुर्‍याउनेमा दुवै पक्ष सहमत देखिएका छन्,ʼ कांग्रेस स्रोतले भन्यो ।

 

पदाधिकारी बैठकमा सहमति भएमा केन्द्रीय समितिले अनुमोदन गरेर महासमिति बैठकमा पेश गरिने छ । माथिल्लो तहका पदाधिकारीको संख्या आफूलाई फाइदा हुने पौडेल समूहको विश्लेषण छ ।

 

तल्लो तहका पदाधिकारीको संख्या बढाउँदा महाधिवेशनमा नेताको व्यवस्थापन सहज हुने देउवा समूहको निष्कर्ष छ । ʻदुवै पक्ष आसन्न महाधिवेशनको समीकरण मिलाउन विधान संशोधनमा अडान लिइरहेका छन्,ʼ एक नेताले भने ।

 

केन्द्रीय सदस्य रामकृष्ण यादवले पदाधिकारी थप्ने विषयमा अहिलेसम्म सहमति जुटि नसकेको लोकान्तरलाई बताए । पदाधिकारी बैठकमा सहमति भएपछि केन्द्रीय समितिको बैठक बसेर प्रस्ताव महासमिति बैठकमा लगिने उनले बताए ।

 

विधान संशोधन प्रतिवेदन नआई छलफल नगर्ने महासमिति सदस्यहरूको अडानका कारण कांग्रेस महासमितिको बन्दसत्र चल्न सकेको छैन । प्रतिनिधिहरूको विरोधपछि सभापति शेरबहादुर देउवाले विधान संशोधन प्रतिवेदन आएपछि छलफल अगाडि बढाउने भन्दै बन्दसत्र स्थगित गरेका थिए ।

शुक्रवार शुरू भई आज सकिने भनिएको महासमिति बैठक एक दिन लम्ब्याउने तयारी भएको कांग्रेस स्रोतले जानकारी दियो ।

कांग्रेस महासमिति बैठकमा देउवामाथि नै आक्रमण प्रयाश, जोगाउन यसरी भिडे प्रकाशरशण महत

नेपाली कांग्रेसको महासमिति बैठकमा सभापति शेरबहादुरदेउवामाथि नै आक्रमणको प्रयाश भएको छ । आफैमाथि जिल्ला सभापतिले आक्रमण प्रयाश गरेपछि सभापति देउवाले अर्को सूचना जारी नभएसम्मका लागि बैठक नै स्थगित गरीहलबाट बाहिरिनुभएको छ ।

 

महासमिति बैठकस्थलबाट एक प्रतिनिधिले दिएको जानकारी अनुसार आजको बैठक शुरु भएलगत्तै जिल्ला सभापतिहरुले विधान उपलब्ध गराएपछि मात्रै छलफल अघि बढाउनु पर्ने माग गरेका थिए ।

 

जिल्ला सभापतिहरु होहल्ला गर्दै नारावाजीमा उत्रिएपछि सभापति देउवा निकै आक्रोशित बन्नुभयो । उहाँले कसैको कुरा सुनिदैन, चुप लागेर बस्नासे भन्दै मञ्चबाट जंगिनु भयो, जिल्ला सभापतिहरु नारावाजी गरिरहे, त्यही क्रममा नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसी माइक लिएर बोल्न भन्दै सभापति देउवामाथि आक्रमण गर्न अगाडि बढे ।

 

केसीले सभापति देउवामाथि आक्रमण गर्न लागेको संकेत पाएपछि अगाडिपट्टी रहेका सहमहामन्त्री डा प्रकाशशरण महतले गएर केसीलाई देउवामाथि आक्रमण गर्न दिनुभएन । केसी सभापति देउवामाथि आक्रमण गर्ने गरी जाँदा महतले डिफेन्स गर्दै केसीको माइक खोसेर फालिदिनु भयो, ती सदस्यले जनताटाइम्ससँग भने ।

 

उनका अनुसार जिल्ला सभापतिहरुले विधानको मस्यौदा प्रस्तुत नगरेसम्म बैठक सुरु गर्न नदिने अडान राखेपछि केहीबेर घम्साघम्सीको स्थिति सृजना भएको हो ।

 

जिल्ला सभापतिहरुले राखेको अडानलाई वेवास्ता गर्दै पार्टी सभापति देउवाले बैठक सुरु भएको घोषणा गरेपछि जिल्ला सभापतिहरु मञ्चमा नै उक्लिएर होहल्ला गरेका थिए । बैठक स्थगित भएको घोषणा गरेपछि मञ्चमा चढेका जिल्ला सभापतिहरुले आआफ्नो कुरा सुनाइरहँदा नुवाकोटका जिल्ला सभापति केसी माइक सोझ्याउँदै सभापति देउवामाथि जाइलाग्दा महतले जोगाउनु भएको थियो ।

 

यस्तो थियो बिवादको कारण

महासमिति बैठकको सुरुमै नुवाकोट सभापति जगदिशनरसिंह केसीलगायत पार्टी सभापतिहरुले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर बैठक परारम्भ गर्नुअघि विधान संशोधनको मस्यौदा पेश गर्नु पर्ने र मस्यौदाको प्रति सबै महासमिति सदस्यहरुलाई बाड्न आग्रह गरेका थिए । त्यसको जवाफमा सभापति देउवाले विधान मस्यौदा आउँदै गर्छ बैठकमा छलफल सुरु गरौं भनेका थिए ।

 

तर, महासमिति सदस्यहरुले फ्लोरबाट विधान संशोधनको मस्यौदा महासमिति सदस्यहरुले बैठक परारम्भ गर्नु अघि नै पाउनु पर्ने भन्दै नाराबाजी गरेका थिए ।

 

त्यत्तिकैमा नुवाकोट सभापति केसीले माइक हातमा लिएर विधानको मस्यौदा सबैलाई बाड्नु पर्ने भन्दै सभापतितिर अघि बढनु भयो । त्यही बेला आक्रमण हुनु भयो भन्दै सहमहामन्त्री महतले धकेल्दै माइक खोसेर फालि दिई देउवालाई जोगाउनु भयो ।

प्रतिक्रिया दिनुहोस
एमालेबाट कीर्तिपुरको मेयरमा मानन्धर सिफारिस

    नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. सुरेन्द्र मानन्धरलाई नै उम्मेदवार

चुनावी गठबन्धन गर्न एकीकृत समाजवादी खुल्ला

    नेकपा एकीकृत समाजवादीले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा चुनावी

एमालेबाट उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचन

    नेकपा एमालेले लुम्बिनी प्रदेशको रुकुमपूर्वमा रहेको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी

माओवादीको केन्द्रीय कमिटी बैठक नबस्ने

    नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक उपनिर्वाचन अघि नबस्ने भएको छ