पोखरामा साहित्य महोत्सव पुस ७ देखि



हाम्रो इकोनोमि

 

पोखरामा यही पुस ७ देखि १० गतेसम्म सातौँ संस्करणको साहित्य महोत्सव हुने भएको छ । महोत्सव सफल पार्न गण्डकी प्रदेश सरकारले रु पाँच लाख दिने घोषणा गरेको छ ।
बुक वर्म फाउण्डेशनको आयोजनामा फेवा किनारमा हुने महोत्सवले पोखराको सुन्दरतामा साहित्यिक बहसको उठान गरेर साहित्य र संस्कृतिको संरक्षण, प्रवद्र्धन र विकासमा भूमिका खेल्ने विश्वास गरिएको छ ।
प्रदेश सरकारले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न नेपाल सरकारसँग स्वीकृति माग गर्ने निर्णय गरेको छ । काठमाडौंँपछि धेरै पर्यटक पोखरामा भित्रिने गरेको बताइएको छ । यसैगरी प्रदेशमा अन्तरराष्ट्रिय खेल मैदान बनाउन चाइना रेलवे १४ औँ ब्युरो ग्रुप लिमिटेडले आशय व्यक्त गरेकाले उक्त कम्पनीसँग सम्झौताको स्वीकृतिका लागि सङ्घीय सरकारसँग अनुरोध गर्ने निर्णय पनि भएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...