सीपी गजुरेलले गरे तेस्रो जनआन्दोलनको घोषणा !



हाम्रो इकोनोमि

 

तत्कालीन एमाले र माओवादी एकताकै पृष्ठभूमिमा तेस्रो जनआन्दोलनको विजारोपण भएको भन्दै देशभक्त जनगणतान्त्रिक मोर्चाले तेस्रो जनआन्दोलन सुरु भएको घोषणा गरेको छ ।

 

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर मोर्चाका अध्यक्ष सीपी गजुरेलले तेस्रो र ऐतिहासिक जनआन्दोलन सुरु भएको घोषणा गरेका हुन् । उनले भने, ‘वर्तमा सरकार र कथित कम्युनिष्ट एकताकै पृष्ठभूमिमा जनआन्दोलन विजारोपण भएको छ ।’

 

वर्तमान सरकारले सुरुवातमा सम्वृद्ध नेपाल सुखी नेपालीको नारा दिएर १० महिना नपुग्दै जनतालाई निरास पारेको भन्दै गजुरेलले केपी ओली र प्रचण्डको अब भण्डाफोरले मात्रै नपुग्ने बताए ।

 

सत्ताधारी नेकपाको स्थायी कमिटी बैठक र कांग्रेस महासमिति बैठकमा उठेका कुरा कोट्याउँदै उनले भने, ‘केपी ओली र प्रचण्डको धुमबाराहीमा भण्डाफोर भइरहेको छ । यस्तै, शेरबहादुरको सिंहदरबार अगाडिको पार्टी प्यालेसमा भण्डाफोर भइरहेको छ । तर, के फरक परेको छ । अब भण्डाफोरले मात्रै पुग्दैन । फेरि जनआन्दोलनको खाँचो छ ।’ त्यो पनि ऐतिहासिक जनआन्दोलन ।

 

पटक–पटक भएका आन्दोलनको उपलब्धी खेरगइरहदा फेरि आन्दोलनले सम्वृद्धि ल्याउँछ भन्ने के ग्यारेन्टी भन्ने संचारकर्मीको प्रश्नमा नेता गजुरेलले, ‘हिजो एमाले नेतृत्वको सरकार हुँदा हामीले जनयुद्ध छेडेको हो ।

 

जंगल पसेको हो । तर, अहिले आएर जनयुद्ध लडेको नेता त्यही एमालेसँग विलय हुन पुग्यो । यो अचम्म होइन । संसारमा यस्तो घटना भएको विरलै भेटिन्छ ।’ उनीहरुले आन्दोलन दबाउने क्षेप्यास्त्र प्रहार गर्ने ठाउँ थुप्रै राखेको भएपनि आन्दोलनले त्यसलाई परास्त गर्ने र परिवर्तन सुनिश्चित रहेको गजुरेलको तर्क छ ।

 

पत्रकार सम्मेलनमा नेता गजुरेलले देशभक्त जनगणतान्त्रिक मोर्चाको केन्द्रीय संगठन समितिको पूर्ण बैठकले आउँदो फागुन ७ गतेदेखि फागुन २१ गतेसम्म मेची–महाकाली जनजागरण तथा जनपरिचालन अभियान थाल्ने जानकारी दिए । अभियानको उदघाटन काठमाडौं, चितवन, झापा र कञ्चनपुरमा एकैसाथ गरिने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...